नगेन्द्र उपाध्याय

मन्त्री र सांसदलाई तालिम

शुक्रबार, ११ फागुन २०७४

संघीय संसद सचिवालयले ६ नम्वर प्रदेशका मन्त्री र सांसदका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा छ जना मन्त्रीसहित सांसदहरुको सहभागीता रहेको छ।

‘समृद्धिका लागि सुरक्षा अभियान’

बिहिबार, १० फागुन २०७४

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘प्रदेशको समृद्धिका लागि सुरक्षा अभियान’ को सुरुवात गरेको छ। यो अभियान अन्तर्गत प्रत्येक गाउँपालिका प्रहरी निरीक्षक र नगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी जनशक्तिको व्यवस्था, प्रदेश सदरमुकाम वीरेन्द्रनगरमा अत्याधुनिक कन्ट्रोल रुम, सञ्चार नेटवर्क, दुर्गम जिल्लामा खटिने प्रहरीका लागि रासनमा पुनरावलोकन लगायत छन्।

प्रदेश सरकारले पूर्णता पायो

मङ्गलबार, ०८ फागुन २०७४

प्रदेश ६ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल एमालेका चारसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । ४० सदस्य प्रदेशसभामा ७ मन्त्री हुने व्यवस्था छ।

प्रदेश सरकारले पूर्णता पायो

आइतबार, ०६ फागुन २०७४

६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चारसहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्। ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ।

स्थानीय तहमा सडक र बिजुली

शनिबार, ०५ फागुन २०७४

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेश नम्बर ६ का सबै स्थानीय तहमा सडक र बिजुली पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र विद्युतः मुख्यमन्त्री शाही

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा सडक र विद्युत पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मुख्यमन्त्रीको सपथपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मुल आधार सडक भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

मुख्यमन्त्री शाहीले लिए सपथ

शुक्रबार, ०४ फागुन २०७४

६ नम्वर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा शाहीलाई दुर्गाकेशर खनालले पद तथा गोपनीयताको सपथ खुवाए। सपथ लगत्तै उनले पदभार पनि ग्रहण गरेका छन्।

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

बिहिबार, ०३ फागुन २०७४

नेकपा एमाले आफ्नो अडानबाट पछाडि हटेपछि ६ नम्बर प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढेको छ । एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने अडान राख्दै आएको थियो । एमाले आफ्नो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलनमा लागेको छ।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

बुधबार, ०२ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

मङ्गलबार, ०१ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्वर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिवद्धता जनाए।

सरकार गठनको गृहकार्य सुरु

शुक्रबार, २६ माघ २०७४

संसदीय दलको नेता चयनसँगै माओवादी केन्द्रले ६ नम्वर प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु गरेको छ। माओवादी केन्द्रको संसदीय दलको नेतामा बिहीबार महेन्द्रबहादुर शाही चयन भएका थिए। ‘सरकार गठनका लागि गृहकार्य सुरु गरेका छौं’ ६ नम्वर प्रदेश इन्चार्ज एवम पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने, ‘सत्ता साझेदार नेकपा एमालेसँग सहकार्य गरेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउँछौं।’

तीन ठूलाे पार्टीले छाने संसदीय नेता

शुक्रबार, २६ माघ २०७४

प्रदेश ६ मा प्रमख तीन राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् । एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले बिहीबार संसदीय दलको नेता छानेका हुन्।

एमाले संसदीय दलको नेतामा कँडेल

बिहिबार, २५ माघ २०७४

प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा एमालेले यामलाल कँडेललाई चयन गरेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले पोलिटब्यूरो सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

‘समृद्धि र विकासका लागि एक हुन्छौं’

आइतबार, २१ माघ २०७४

६ नम्वर प्रदेशको पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। क्षेत्रीय सिंचाईको सभाहलमा बसेको पहिलो बैठकमा बोल्ने राजनीति दलहरुले प्रदेशको समृद्धि र विकासमा एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए।

पहिलो बैठकको व्यग्र प्रतिक्षा

शनिबार, २० माघ २०७४

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकको व्यग्र प्रतिक्षा छ। ‘संघीयता कार्यान्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुन्छ’ नगर प्रमुख सुवेदीले भने, ‘संघर्षले प्राप्त प्रदेश भएकाले शहिदहरुको योगदान र उनीहरुले कल्पना गरेको विकासको चाहनामा संसद बैठक केन्द्रीत हुने अपेक्षा गरेको छु।’

पहिलो प्रदेश सभा बैठकको तयारी पूरा

शुक्रबार, १९ माघ २०७४

प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा सचिवालयका कर्मचारीको व्यस्तता बढ्न थालेको छ। २१ गतेका लागि तोकिएको बैठकका लागि कर्मचारीहरु मध्यरातिसम्म काममा खटिरहेका हुन्छन्।

ज्यान मार्ने धम्की दिने ३ जना पक्राउ

शुक्रबार, १९ माघ २०७४

युवतीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिन्धुपोल्चोकबाट ३ जनालाई पक्राउ गरेको छ । सुर्खेत क्याम्पस (शिक्षा) मा अध्ययनरत युवतीलाई २ महिनायता फोन गरेर अस्लील गाली गर्ने, ज्यान मार्ने धम्की दिने, परिवारलाई गाली गर्ने गरेको आरोपमा जाजरकोटका ३ जना युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरिएको हो।

३३ लाखसहित छ जुवाडे पक्राउ

बिहिबार, १८ माघ २०७४

सुर्खेत प्रहरीले ३३ लाख रुपियाँसहित बुधबार राति छ जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रदेश नम्बर ६ : बैठक नजिकियो, तयारी सुस्त

बुधबार, १७ माघ २०७४

प्रदेशसभाको पहिलो अधिवेशन नजिकिँदै जाँदा ६ नम्वर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा तयारी भने सुस्त देखिएको छ। प्रदेशसभाको पहिलो अधिवेशनका लागि अस्थायी केन्द्र तोकिएको सिंचाई विभाग डिभिजनको भवनमा बुधबारदेखि सजावटको काम सुरु गरिएको छ। ६ नम्वर प्रदेशको प्रदेश अधिवेशन आइतबार १ बजेका लागि तोकिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।