ईश्वरी अधिकारी

कुरा वाम गठबन्धनका

आइतबार, २३ पुष २०७४

इश्वी संवत् १८ सयको अन्त्यतिर संसारमा दुई सिद्धान्त प्रारम्भ भयो । एउटा साम्यवाद जसको उद्देश्य थियो– सुकुमवासीलाइ छाना, नाङ्गालाई नाना र भोकालाइ खाना । खान, लाउन र बस्न पाउनुु मानिसको नैसर्गिक अधिकार हो भन्ने कुरामा जोड दिँदै यसले हरेक मानिसलाई यसको परिपूर्ति गरिनुपर्नेमा जोड दियो । त्यसैगरी अर्काे सिद्धान्त थियो– प्रजातन्त्रवाद जसले मानिस जन्मँदै स्वतन्त्र भएर जन्मन्छ त्यही कारण उसलाई सघैँ स्वतन्त्रता चाहिन्छ भन्ने वकालत ग¥यो ।

अपांगमैत्री सरकार कहिले?

बिहिबार, १२ साउन २०७४

सरकार नभएका हैनन्, नबनेका पनि हैनन्। धेरै र उस्तै परे वर्षमै ३–४ वटा सरकारसमेत बन्ने गरेका छन् नेपालमा। यस अर्थमा हामी निकै भाग्यमानी पनि छौँ। धेरैले मन्त्री पाउँछन्। धेरैले विभिन्न नियुक्तिमा भाग पनि पाउँछन्।

निर्वाचन र राजपा

आइतबार, ११ असार २०७४

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमात्र हैन, निर्वाचन भइसकेका र तेस्रो चरणमा हुने भनिएका क्षेत्रसमेत यतिखेर निर्वाचनमय भएका छन्। चुनाव आउन एकाध दिनमात्र बाँकी रहेको सन्दर्भमा यो स्वाभाविक पनि हो। के सहर के गाउँ, के पहाड के हिमाल र तराई, सर्वत्र चुनावप्रति उत्साह छाएको छ।

आवश्यकता अपांगमैत्री बजेटको

बिहिबार, ११ जेठ २०७४

असहाय, अशक्त, वञ्चितीकरणमा परेका आदि वर्गलाई प्राथमिकतामा राख्नु राज्यको मूल कर्तव्य हुन्छ। तर नेपालको सरकार भने यही मुख्य कर्तव्यबाट चुकेको देखिन्छ।

निर्वाचन र अपांगता

मङ्गलबार, ०५ बैशाख २०७४

यतिबेला मुलुक निर्वाचनमय भएको छ भलै यो हुन्छ कि हुन्न भन्ने संशय पनि त्यत्तिकै छ। जे होस्, गणतान्त्रिक नेपालमा पहिलो पटक हुन लागेको निर्वाचन सबैको कौतुहलको विषय भने भएको छ। यसको मुख्य कारण यो पनि हो कि करिब दुई दशकपछि मुलुकको स्थानीय तहले नयाँ नेतृत्व पाउँदैछ।

ध्यान निर्वाचनमा

बुधबार, १६ चैत २०७३

यतिबेला मुलुकमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ। यहीबीचमा मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले मेची–महाकाली अभियान सम्पन्न गरेको छ। उसको यो अभियान मधेसी मोर्चामा आबद्ध दलहरूले बिथोल्न खोजेपछि ५ जनाको ज्यानसमेत गएको छ।

अपांगको अवस्था

मङ्गलबार, २४ फागुन २०७३

नेपाल यतिखेर विश्वमै कम अपाङ्ग भएको मुलुकमा परेको छ। यो तथ्यांक नेपालकै तथ्यांक विभागको हो। जुन युएन र डब्लुएचओको भन्दा कम छ। तथ्यांक ठीक/बेठीक आफ्नो ठाउँमा छ तर पनि कम अपांग हुनु राज्यका लागि भने सुखद् कुरा हो।

कुरा धर्म परिवर्तनको

सोमबार, ११ पुष २०७३

२०६२।०६३ सालको राजनीतिक आन्दोलनपछि नेपालमा पनि युगौंदेखि रहेको हिन्दुसापेक्ष धर्म विस्थापित गरी धर्म निरपेक्षता कायम गरियो। त्यसपछि देशमा व्यक्ति स्वयंको स्वविवेकले धर्म परिवर्तन गर्न पाउने त उसको अधिकार होला तर अनेक प्रकारका डर, त्रास वा प्रलोभन देखाएर जबर्जस्ती धर्म परिवर्तन गराउने होड नै चलेको छ।

नक्कलीको बिगबिगी

आइतबार, ०५ मङि्सर २०७३

अहिले मुलुकमा केही त्यस्ता सामान पाइन्नन् जुन सक्कली होस्। बिजुलीका सामानदेखि दैनिक भान्सामा प्रयोग हुने तरकारी हुँदै औषधिसमेत नक्कलीकै छ्याप्छ्याप्ती छ। लगाउने कपडा होस् या पढ्ने पुस्तक, मुखमा लगाउने मास्क होस् वा मोटरसाइकल, सबै नक्कली सामानको बिगबिगी छ।

अपांगको दसैं

मङ्गलबार, ०४ असोज २०७३

जब हरेक वर्ष दसैं नजिकिँदा हुनेखानेहरू निकै सक्रिय हुन्छन्। खासगरी कर्मचारीलाई सरकारले एक महिनाको तलबसमेत थपेर दिने भएकाले उनीहरू पनि यो पर्व पर्खिरहेका हुन्छन्। राम्रो लाउने, मीठो खाने, विभिन्न ठाउँ डुल्ने र मनोरञ्जन गर्नेजस्ता कार्य प्रतिस्पर्धाकै रूपमा हुन्छ।

रानीपोखरीको स्वरूप

बुधबार, १९ साउन २०७३

हरेक देशले समयअनुसार नयाँ र नौला कुरा सोच्नुपर्छ । नत्र त आजको संसार किन यति सुन्दर र आधुनिक बन्न सक्थ्यो र ? तर यसरी सोचिने विषयवस्तुु भने नवीन र सिर्जनात्मक भने हुनैपर्छ ताकि अरु देशभन्दा यी सिर्जना पृथक होउन्।

बजेट र अपांग

मङ्गलबार, २१ असार २०७३

नेपालका अपांग अपहेलित र पीडित छन्। त्यो पनि आफ्नै परिवारदेखि राज्यबाटसमेत। हुँदाहुँदा केही दिनपछि लागु हुने बजेटले समेत दृष्टि पुर्‍याउन सकेन। सरकारले बजेटमार्फत सामाजिक भत्ता दोब्बर बढाएको उल्लेख गर्‍यो तर अपांगलाई भने यसमा समेटिएन।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।