किसान संगीत नेपाली

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

मङ्गलबार, ०२ माघ २०७४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताएका छन् ।देशभरका घले जाति सदरमुकाम बेंसीसहरमा भेला भएर मनाएको लिःल(घले) ल्होसरको उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

देशभरका घलेहरु लमजुङमा जुटेर मनाए लिःल ल्होसार

सोमबार, ०१ माघ २०७४

देशका विभिन्न जिल्लामा छरिएर रहेका जनजाति अन्तर्गतका घले जातिले यसवर्षको लिःल अर्थात घले ल्होसार लमजुङमा भेला भएर सामुहिक रुपमा मनाएका छन्। लिल फङ(घले समाज) केन्द्रिय समिति, ल्होसार मुलआयोजक समितिको आयोजनामा यसवर्षको ल्होसार बेसीसहरमा मनाईएको हो।

चितुवाको छालासहित तीन पक्राउ

शनिबार, २९ पुष २०७४

सदरमुकाम बेसीसहरमै चितुवाको छालासहित तीनजना युवा पक्राउ परेका छन्। बेसीशहर नगरपालिका वडा ८ झिंगेखोलास्थित घलेगाउँ होटलबाट शुक्रबार राति चितुवाको एकथान छालासहित पक्राउ परेका सुन्दरबजार नगरपालिका ५ तार्कुका २७ वर्षीय बिनोद तामाङ, सुन्दबजार नगरपालिका ४ दुराडाँडाका २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका ६ सुन्दरबजारका २७ वर्षीय कमल तामाङलाई जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

शुक्रबार, २८ पुष २०७४

सिनेमा हलको पर्दा वा टेलिभिजनमा मात्रै देखिएकी नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापालाई एक्कासी आफ्नो स्कुलको खेल मैदानमा देखिए पछि बेसीसहर नगरपालिका, १ उदीपुरस्थित जनकल्याण माविका विद्यार्थीहरु दंग परे। आश्चर्य चकित नजरले उनीतिर हेर्दै विद्यार्थीहरु एकाएक उनलाई घेरा हाल्दै ठूला विद्यार्थीले खल्तीबाट मोबाइल झिकेर भटाभट सेल्फी खिच्न थाले भने साना विद्यार्थी दङ्ग परेर हेरिरहे।

जमिनबाट धुँवाजस्तै वाफ निस्किए पछि…

बुधबार, २६ पुष २०७४

जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउँडीबार चोक नजिकै जमिनबाट एकसाता देखि लगातार धुवाजस्तो वाफ निस्किए पछि अहिले हेर्न आउने दर्शकहरुको भीड बढ्दै गएको छ।

बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

बुधबार, १२ पुष २०७४

सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको २६ औं संस्करण बुधवारदेखि बेसीशहरमा सुरु भएको छ ।

ज्यान हत्केलामा राखेर हिमालपारीको यात्रा

आइतबार, ०९ पुष २०७४

माथी हेर्दा आकाशै छोए झैं लाग्ने अग्लो चट्टाने पहरा, तलहेर्दा आङ्गै सिरिङ्ग हुने छङ्गाछुर भीर अनि मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी। मस्र्याङ्दी नदीको किनारै किनार बेसीसहरदेखि हिमालपारीको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौं यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन्।

समानुपातिकतर्फ लमजुङमा एमाले पहिलो

मङ्गलबार, २६ मङि्सर २०७४

मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको अन्तिम परिणाम अनुसार यहाँ नेकपा एमाले पहिलो स्थानमा रहेको छ।

लमजुङमा वामगठवन्धनका उम्मेदवार विजयी

शनिबार, २३ मङि्सर २०७४

मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट यहाँ प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

माइक्रो दुर्घटना हुँदा एक युवतीको मृत्यु

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौंबाट यात्रु बोकेर फर्किएको माइक्रोबस बेसीसहर आइपुगेपछि दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परेर क्व्होंलासोथर गाउँपालिका ४ भुजुङ घर भई बेसीसहर ७ बस्दै आएकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भएको हो ।

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

शुक्रबार, २२ मङि्सर २०७४

हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

बुधबार, २० मङि्सर २०७४

लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

२ सय जना एचआईभी संक्रमित

शुक्रबार, १५ मङि्सर २०७४

जिल्लामा अहिलेसम्म कूल दुईसय जना एचआईभी संक्रमितको पहिचान भएको छ । स्वेच्छिक परामर्श केन्द्रमार्फत् गरिएको एचआईभी परिक्षण एवं अन्य विमारको परीक्षणको क्रममा ती संक्रमितको पहिचान भएको हो ।

मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

बुधबार, १३ मङि्सर २०७४

मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन्।

बेसीसहरमा अस्पताल नजिकै शंकास्पद वस्तु फेला

शनिबार, ०२ मङि्सर २०७४

प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा बेसीसहरमा शंकास्पद वस्तु फेला परेको छ। सदरमुकाम बेसीसरहस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनमा विद्युतीय तार जोडेको र भित्र चिया पकाउने किट्ली राखेको अवस्थामा उक्त वस्तु भेटिएको हो।

वन्दसूचीमै नपरेकालाई समानुपातिकको उम्मेदवार भन्दै भोट माग्दै

शुक्रबार, ०१ मङि्सर २०७४

मंसिर १० गते हुने संघीय प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हिमाली जिल्ला मनाङका उम्मेदवारहरुले समानुपातिक उम्मेदवारको सूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार भन्दै भोट मागेका छन्।

२६ वर्षपछि मर्स्याङदी पारी पुनःभोट माग्दै गुरुङ

सोमबार, २० कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका देवप्रसाद गुरुङ २६ वर्ष पछि पुनः भोट माग्रदै पूर्वीभेगका गाउँवस्तीमा पुगेका छन्।

लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

बिहिबार, १६ कार्तिक २०७४

जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्।

उम्मेदवारलाई फूलमाला अनि, गुनासोको झटारो हान्दै मतदाता

मङ्गलबार, १४ कार्तिक २०७४

आगमी मंसिर १० गते हुने निर्वाचनका लागि भोट माग्दै गाउँघरमा पुगेका वाम र लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदाताले विभिन्न माग र गुनासो राख्न थालेका छन्।

वाम गठवन्धन ‘तासको घर’: गुरुङ

शनिबार, ११ कार्तिक २०७४

नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवानेता धनराज गुरुङले माओवादी आफैंमा अडान र तौल नभएको पार्टी भएको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।