दीर्घराज प्रसाई

दीर्घराज प्रसाई

पृथ्वीका सार्वकालिक उपदेशहरू

बिहिबार, २७ पुष २०७४

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि यस क्षेत्रमा भएका अनेकौँ साना राज्यहरूका जनता अत्यन्त निरंकुश शासनमा जकडिएका थिए । जब साना राज्य सबै मिलाएर एकीकरण भयो त्यसपछि साना राज्यका रैती र सबै जातजातिले स्वतन्त्रता प्राप्त गरेको महसुुस गरे । ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यहरूमा ठूलो प्रभाव परेको थियो । अर्कोतर्फ नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरूको रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गराइयो । अनेकौँ जातीय भाषाहरूको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरूको साझा भाषाका रूपमा राज्यको सरकारी भाषाका रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गयो । विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्रियता, स्वतन्त्रता र समानताका लागि मार्गदर्शन गर्दै पृथ्वीनारायण शाहले नेपाल राज्यको जिम्मा नेपाली सन्ततिहरूलाई छोडेका थिए ।

असफल नेताहरूको ‘सफल’ चुनाव

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचनको मुख्य उद्देश्य हो, असल र सक्षम जनप्रतिनिधिको छनौट हुन सकोस् । तर अहिलेसम्म पनि असफल नेताहरूकै हालिमुहाली चलेको छ । नेपालको सार्वभौमसत्ताका लागि नेपाली जनता सधैँ रगत बगाउन तयार छन् । तर निर्वाचनको नाममा देशलाई नै दाउमा राख्ने कुरा सामान्यजस्तै बनेको छ । तीन पार्टीका नेताहरू कुनै न कुनै विदेशीको सहयोगमा उप्सिएका र कुनै न कुन गुप्तचर संस्थाको निर्देशनमा आफूहरूलाई महान् नेतासरह ठानेर चौतर्फी भाषण गरिहिँडेका छन् ।

भारतीय प्रभावमुक्त भुटान

बुधबार, २२ कार्तिक २०७४

चीनको रेल्वे मार्गका कारण विस्तारै भुटान भारतको नियन्त्रणबाट फुक्का हुनसक्ने अवस्था भएकाले चीनसँग भारत डराएको हो । भुटानले दरो खुट्टा टेक्न सक्यो भने आफ्नो भाग्यको फैसला गर्न सक्ने अवस्था छ।

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

बिहिबार, १९ असोज २०७४

वाल्मीकि ऋषिको जन्मजयन्ती २०७४ असोज १९ गते परेको छ । हिमवत्खण्ड नेपालमा महान् ऋषिमुनि, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकि जस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल भएकाले यो हामी नेपालीका लागि गौरवको कुरा हो ।

हरे ! देश ‘डुबाउने’ खेलमा सही ?

मङ्गलबार, २० भदौ २०७४

कोशी उच्च बाँध नेपालका लागि मात्र खतरा नभएर बिहारी जनताका लागि पनि उत्तिकै खतरा हो । कोशी उच्च बाँधको कुरा नेपाल–भारत दुवै देशको हितमा छैन भन्ने कुरा नेपाल–भारत दुवै पक्षले बुझ्न अति नै जरुरी छ ।

चार सहिद र राजा त्रिभुवन

आइतबार, १६ माघ २०७३

नेपालमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । अमर सहिदहरुप्रति सम्मान गर्ने यो प्रशंसनीय काम हो ।

चीनको चमत्कार

बुधबार, ०५ माघ २०७३

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो।

इतिहासबाट पाठ सिकौं

बुधबार, २२ मङि्सर २०७३

नेपालमा प्रजातन्त्र स्थापना भएको ६६ वर्ष भइसकेको छ। पचास वर्ष पुगेकाले इतिहास बन्छ। नेपालमा प्रजातन्त्र उदय भएको समय इतिहास भइसकेको छ। सय वर्ष बितेपछि पुरातात्विक हुन जान्छ। इतिहास भनेको देशको ऐना हो। ऐना हेरेर देशको अनुहारमा लागेका दाग हटाउन सक्ने क्षमता हामीमा हुनुपर्छ। बिगतको अध्ययन गर्दा नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नेतर्फ हामी कहिल्यै सचेत भएनौं ।

विश्लेषणहीन राजनीति

बुधबार, ०८ मङि्सर २०७३

अब सम्पूर्ण राजनीतिक दलहरुको संयुक्त सम्मेलन भएर त्यसैबाट नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ गराउन संसद्वादी, साम्यवादी तथा राष्ट्रवादीहरुको संयुक्त सहमतिमा राष्ट्र बचाउन केन्द्रित हुनुपर्छ ।

फराकिलो दशैं

बिहिबार, २० असोज २०७३

दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदिजस्ता चाडपर्व हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन्।

चीन र भारतसँग सन्तुलित सम्बन्ध

बिहिबार, ०६ असोज २०७३

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ।

नागरिक स्वतन्त्रता प्रजातन्त्रको जग

शुक्रबार, ०७ साउन २०७३

प्रजातान्त्रिक व्यवस्थामा नागरिक स्वतन्त्रताको ठूलो महत्व हुन्छ। नागरिक स्वतन्त्रताको लागि संसारमा पटक–पटक आन्दोलन भएका छन्। नेपालमा पनि नागरिक स्वतन्त्रताका लागि पटक–पटक आन्दोलन भएका छन्। राष्ट्रलाई समृद्ध बनाउने देशका नागरिक नै हुन्।

  • 1 (current)