केशव थोकर

टिसर्ट लगाएको व्यक्तिले चलाएको थियो गौचनमाथि गोली (भिडियो/फोटो)

सोमबार, २३ असोज २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन चढेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी सोमबार दिउँसो खरिबोटतर्फ आउँदै थिए। त्यही बेलै उनीमाथि रिभल्वरबाट गोली प्रहार भयो। गोली लागेका उनी गाडीभित्रै ढलेका थिए। अर्धचेत भइसकेका उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, ११ पक्राउ [फोटो-भिडियो]

सोमबार, ०९ असोज २०७४

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

सोमबार, ०२ असोज २०७४

आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो। उनी बुढानिलकण्ठ नगरपालिका वडा नं. २ महादेव खोला टोलका बासिन्दा हुन्। उनको घरसँगै एउटा कम्पाउन्ड भएको घर छ। चारैतिर पर्खाल लगाइएको त्यो घर मासिक करिब ४० हजार तलब थाप्ने राष्ट्रसेवक सहसचिव चुडामणि शर्माको हो। सधैँ झै आइतबार साँझ शर्मा परिवार खाना खाएर सुत्यो।

‘राइड काष्ठमण्डप टु खोकना (फोटो फिचर)

शनिबार, ०३ भदौ २०७४

उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन शनिबार साइक्लिङ भएको छ।

होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो

आइतबार, २४ पुष २०७३

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहेको थियो।

यस्ताे देखियाे एमालेकाे माेटरसाइकल र्याली (फाेटाे फिचर)

बिहिबार, २१ पुष २०७३

नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्याे।

त्रिविका ९ हजार ७ सय विद्यार्थी दीक्षित

बिहिबार, १४ पुष २०७३

त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजको खेल मैदानमा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले विभिन्न शंकामा उत्कृष्ट हुने विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरे।

युवा विद्यार्थीद्वारा बालुवाटार घेराउ

बुधबार, २२ मङि्सर २०७३

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका थिए।

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

सोमबार, २० मङि्सर २०७३

संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

चन्द्रागिरिबाट हिमाल नियाल्दा (फोटो फिचर)

सोमबार, २९ कार्तिक २०७३

सुन्दर प्राकृतिक छटाले भरिएको चन्द्रागिरि शिखरमा पुगेर काठमाडौं उपत्यकालाई नियाल्ने जो कोही प्रकृतिको सुन्दर रचना देखेर आश्चर्य चकित हुन्छन्। न हुन् पनि किन ? कुनै काल्पनिक स्वर्गभन्दा के कम छ र चन्द्रागिरि ? २२/ २४ राज्यहरुलाई जित्दै देश एकीकरणमा निश्किएका पृथ्वीनारायण शाहले चन्द्रागिरि शिखरमा पुगेर यही उपत्यकालाई नियालेपछि उनले उपत्यका जितेर आफ्नो बनाउने अठोट गरेको इतिहास छ।

अमेरिकी चुनावको सरगर्मी नेपालमा

बुधबार, २४ कार्तिक २०७३

समारोहमा सभामुख ओनसरी घर्तीमगर, मन्त्रिपरिषद्का सदस्यहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, उद्योगपति, व्यापारी, सञ्चारकर्मीलगायत उपस्थित थिए। त्यसअघि समारोहमा उपस्थित सबैले अमेरिकी निर्वाचनकै शैलीमा नमूना मतदान गरेका थिए ।

'सिमली छायाँमा...' यसरी नाचे एमाले नेताहरु (फोटो फिचर)

शनिबार, १३ कार्तिक २०७३

तिहारको रमझम सुरु भएको छ। सहर देउसी भैलोले संगीतमय बनेको छ। टोल टोलमा साना देखि ठूला देउसी भैलो समूह देउसी खेल्दै रमिरहेका छन्। यसबाट राजनीतिक पार्टी पनि अछुतो रहन सकेका छैनन्। शनिबार नेकपा एमाले मुख्यालय धुम्वाराहीमा देउसीमा नेता तथा कार्यकर्ता रमाए।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

सोमबार, २४ साउन २०७३

काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।