डा. तारानाथ शर्मा

गरुडको मूर्ति पनि अकस्मात् भागेर हराउँदा

शनिबार, १७ भदौ २०७४

राष्ट्रव्यापी गर्जन र होहल्ला साथ राजधानीमा वैदिक सनातनी धर्मावलम्बीले विराट सम्मेलन भव्यतापूर्ण सम्पन्न गरेका मात्र थिए, अकस्मात हाम्रो काठमाडौं राजधानीकै छातीमा रहेको हाँडी गाउँमा सयौँ वर्षदेखि गौरवसाथ उभिएर जनतालाई स्नेह साथ आशीर्वाद दिँदै र मन्त्रमुग्ध बनाउँदै आएको गरुडको मू¨त हाम्रो वैदिक परम्पराका प्रबल प्रवक्ता र प्रतिपादकलाई हाँक दिँदै पखेटा चालेर क्षितिजपारि उडेर बेपत्ता भयो । उक्त सम्मेलनमा तीन–चार सय कट्टर सनातनी भेला भएका थिए ।

नेपालका युवा

शनिबार, ०३ भदौ २०७४

'युवा'को शाब्दिक अर्थ 'बाल्यकाल' सकिएर प्रौढकालमा नपुगुन्जेलको कर्मठ समय हो। यसरी युवा भन्नाले त्यस उमेरका नरनारीलाई बु‰नुपर्छ, जो क्रियाशील, साहसी र हरेक सामाजिक गतिविधिमा उत्सुक र उन्मुख हुन्छन्।

हाँस र हात्तीको कथा

शनिबार, २१ साउन २०७४

ती मू¨त हामीले झैँ बोल्न सक्तैनन् र अमानवीय तथा असंास्कृतिक व्यवहारको पोल खोल्न सक्दैनन् भन्नेहरू पनि आजभोलि देखापर्दै छन्। तर मान्छेको मुख थुनिन सक्छ वा मृत्युद्वारा निर्जीव हुन सक्छ अनि मान्छे झूटो बोल्न सक्छ वा विदेशीका पैसामा बिक्न सक्छ, मू¨तहरूको कलात्मक मुख भने अभिव्यक्तिको सशक्त माध्यम हुँदोरहेछ।

हाम्रा स्रष्टाको जीवन

शनिबार, ०७ साउन २०७४

थोरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायले लेखक बन्नेहरू पनि प्रशस्त छन् भने तिनकै हाराहारीमा धेरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायद्वारा बनेका लेखक भने कमै पाइन्छन्। प्रतिभा प्रशस्त भएर पनि अध्ययन र अध्यवसायतर्फ नलाग्ने अथवा प्रतिभा र अध्ययनको अभावमा हिरिक्किए पनि अध्यवसायमा मरिमेट्ने नै जाँगरिला भइदिनु राष्ट्रको दुर्भाग्य हो।

चरिकोटको तीर्थ यात्रा

शनिबार, २४ असार २०७४

मन्दिर बाहिर बली दिएका कुखुरा र बोकाको रगतले समस्त क्षेत्र रातै रहेछ र हाम्रो नेपाली सांस्कृतिक परम्परामा मन्दिरका प्रांगणभित्र यसरी निरीह पशुपक्षीका घिच्रा छिनालेर छर्छती रगत निकाली देवमूर्तिमा चढाउने प्रणाली मलाई पटक्कै मन पर्दैन, तापनि म एक्लै त्यहाँ चिच्याएर यो पुरानो प्रथा हट्ने थिएन ।

विमोचन

शनिबार, १० असार २०७४

विमोचन भन्ने शब्दको सामान्य अर्थ दासताबाट मुक्ति हो । यसको लक्ष्य कसैले थुनेर, समातेर वा बाँधेर राखेको मान्छे, प्राणी वा कुरालाई खोलेर, फुकालेर वा छोडेर स्वतन्त्र तुल्याउने काम हो । यता केही वर्षदेखि यस शब्दको प्रयोग विशेष अर्थ प्रकट गर्ने रुपमा हुन थालेको छ । यसलाई छापिसकेको पुस्तक कुनै समारोहमा सार्वजनिक रुपले देखाई लौ छापिएर तमतयार छ, पढ्नुहोला भन्ने सूचना दिने वा प्रचार गर्ने अर्थमा लगाइन थालेको छ । विमोचनको यो प्रयोग लगातार वर्षौंसम्म भइरहेकाले र पुस्तक मुद्रित भइसकेपछि कुनै समारोहको आयोजना गरेर त्यसलाई विमोचन गराउने प्रथा व्यापक भइरहेकाले यस्तो कार्यप्रति ध्यान खिचिने नै भयो ।

‘हिन्दू’को परिचय

सोमबार, २५ पुष २०७३

हाम्रो नेपाल वेदभूमि हो। चारै वेदको र तिनका उपनिषद्हरूको रचना हाम्रै पवित्र मातृभूमिमा भएको हो। कुनै वेदको कुनै ऋचामा (अर्थात् श्लोकमा) पनि तथा कुनै पनि उपनिषद्मा कतै पनि ‘हिन्दू’ शब्द र त्यसको अर्थ, इतिहास वा व्याख्या पाइँदैन। पाइयोस् पनि कसरी? त्यो त त्यसबाट निर्मित ‘हिन्दी’ पनि हाम्रो संस्कृत परम्पराबाट विकसित शब्दै होइन।

कवि कुलमणिको सम्झना

शुक्रबार, १४ असोज २०७३

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो।

नेपाली नै हो हाम्रो सम्पर्क भाषा

शुक्रबार, ३१ भदौ २०७३

अङ्ग्रेजी भाषालाई आजसम्म हामी एक मात्र बहुसम्मत अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्दै आएका छौँ। हामी भारतका अत्यन्त निकट छिमेकी हुनाले तथा भारतमा अङ्ग्रेजीको महŒव भने अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मात्र नभई त्यहाँ भित्रका विभिन्न प्रान्तहरुका अनेकौँ भाषाभाषी बीचको सम्पर्क भाषाका रुपमा समेत हिन्दीका साथसाथै मानिदै आएको प्रत्यक्ष देख्तै आएका छौँ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।