हिमाल लम्साल

हिमाल लम्साल

ठेकेदार म्याद मागेको मागै, सरकार थपेको थप्यै

शुक्रबार, ०५ माघ २०७४

सम्झौताअनुसार काम भएको भए यस बेलासम्म काठमाडौंको बिजुली बजारमा ५० मिटरका दुईवटा ‘आर्क ब्रिज’ निर्माण भइसकेका हुन्थे । सडक विभागले खानेपानी तथा विद्युतीय ‘युटिलिटिज’को व्यवस्थापन नगरिदिँदा निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । ठेकेदारले बारम्बार अनेक बहानाबाजी गरेर ढिलासुस्ती गरे पनि सरकारले भने म्याद थप्ने प्रक्रिया अघि बढाएको छ।

सडक विस्तारमा सरकारी निकायकै अवरोध

सोमबार, ०१ माघ २०७४

आयोजनाका अनुसार प्राधिकरणले साँधसीमा कायम नगराइदिने, विद्युत् प्राधिकरणले पोल नहटाउने, टेलिकमले एक्सचेन्ज नहटाइदिने, वन कार्यालयले रूख काट्न नदिने तथा महानगरपालिकाले स्ट्रिट लाइटका पोल नहटाउने गर्दा सडक विस्तारमा अवरोध देखिएको हो ।

पार्किङ नै मुख्य चुनौती

शुक्रबार, २८ पुष २०७४

भित्री सहरमा चारपांग्रे सवारी निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा पार्किङस्थल अभावले चुनौती थप्ने देखिएको छ।

काठमाडौंको भित्री सहरमा गाडी निषेध

बिहिबार, २७ पुष २०७४

काठमाडौं महानगरपालिकाले काठमाडौंको भित्री सहरमा चार पांग्रे सवारीसाधन निषेध गर्ने भएको छ ।

काठमाडौंको कोर सिटीमा चार पाङग्रे सवारी निषेध

बुधबार, २६ पुष २०७४

काठमाडौं महानगरपालिकाले काठमाडौंको ‘कोर एरिया’ (भित्री सहर)मा चार पाङ्ग्रे सवारीसाधन निषेध गर्ने भएको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन चलाउन निषेध गर्न लागेको हो।

उपत्यकामा बन्दै छ भूमिगत बिजुलीको लाइन

बुधबार, २६ पुष २०७४

विद्युत् प्राधिकरणले मुख्य सडकमा ११ केभी र चार सय भोल्टको विद्युतीय प्रणालीलाई भूमिगत रूपमा व्यवस्थापन गर्न लागेको हो । बिजुलीका तार युटिलिटी टनेलअन्तर्गत जमिनमुनि राखिने योजना छ । जसमा विशेष प्रकारको पाइपभित्र बिजुलीको तार राखिनेछ।

सडक मर्मतको अर्बाैं पैसा अन्यत्र

बुधबार, २६ पुष २०७४

सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बाैं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मत सम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

पोल र तारको धराप !

शनिबार, २२ पुष २०७४

‘सडकमा पेटी नबसेसम्म पोल सार्न मिल्दैन, ११ हजार भोल्टेजको तार जथाभावी राख्नसमेत मिल्दैन, मापदण्डअनुसार घरबाट कम्तीमा सवा मिटर दूरीमा बिजुलीको पोल राख्नुपर्ने हुन्छ, तर सडक विभागले भने घरकै आडमा पोल राखिदेउ भन्दै आउँछ, त्यसले जोखिम बढाएको छ ।’

सम्पत्ति विवरण बुझाउँदैन् जनप्रतिनिधि

शुक्रबार, १४ पुष २०७४

निर्वाचित भएको ६ महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण पेस नगरेको पाइएको छ । आर्थिक वर्ष सकिएको ६० दिन अर्थात् दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियमको धज्जी उडाउँदै उनीहरूले विवरण नबुझाएका हुन् ।

रानीपोखरी विवाद: गेटमा ताला लगाउने उपमेयर, तोड्ने मेयर

मङ्गलबार, ११ पुष २०७४

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ।

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

सोमबार, १० पुष २०७४

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

नियम विपरीत कार्यालय समय परिवर्तन

सोमबार, १० पुष २०७४

चन्द्रागिरि नगरपालिले नियमविपरीत वडा कार्यालयहरूको कार्यालय समय फेरेको पाइएको छ।  चन्द्रागिरि नगरपालिकाको कार्यपालिका बैठकले नियमविपरीत कार्यालय खुल्ने समय फेरेको हो । गत कात्तिक २९ गतेको कार्यपालिका बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी नगरपालिकाका १५ वटै वडामाकार्यालय समय बिहान७ बजेदेखि दिउँसो १२ बजेसम्म तोक्ने निर्णय गरेको थियो।

किन बारम्बार धकेलिन्छ मेलम्ची ?

शुक्रबार, ०७ पुष २०७४

सुरुङ खनिसकेपछि सुरुङको इन्भर्ट अर्थात् भुइँको ढलान, ‘फिनिसिङ’, ‘गेट भेन्टिलेटर’ निर्माण, ‘अप्टिकल फाइबर’ बिछ्याउने, ‘क्लोज सर्किट क्यामेरा’ अर्थात् सिसिटिभी क्यामेरा राख्ने र ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउने काम बाँकी नै रहन्छन् । यी सबै काम सकेपछि मात्र सुरुङमा पानी हाल्न सकिन्छ ।

‘रानीपोखरीको ठेक्का तोडिँदै’

शुक्रबार, ०७ पुष २०७४

महानगरपालिकाले ‘वल्र्ड वाइड कँडेल केएन जेभी’सँगको ठेक्का रद्द गर्ने भएको हो । सन्तोषजनक काम नगरेको भन्दैे कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुनर्निर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।

कंक्रिट संरचनाले रानीपोखरीको मौलिकता मासिँदै

मङ्गलबार, ०४ पुष २०७४

काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउँदा पोखरीको मौलिक पहिचान गुम्ने भएकाले संस्कृतिविज्ञहरू विरोध गरेका छन् ।

उपत्यकामा अझै पनि राणाकालीन ढल !

शुक्रबार, २९ मङि्सर २०७४

काठमाडौं महानगरपालिका वडा– २६ को वडाध्यक्षभएदेखि नै ख्यामराजतिवारीलाई ठमेलवासीको सदावहार गुनासो आउने गर्छ–ढल फुट्यो बनाइदिनुपर्यो । दुई दशकपछि जनप्रतिनिधिपाएका सर्वसाधारण उनलाई बिहानदेखि रातिसम्मढल फुटेको गुनासो गरिरहेका हुन्छन् । ‘कहिलेकाहीँ त ढल जामभयो भनेर राति सुतिरहेकाबेलाफोन गर्छन्,’ उनले भने, ‘हामीमन्त्री, सांसदजस्तो नभएकाले सान्त्वनादिनभएपनि राति नै दौडनुपर्छ ।’

भूकम्पले लुटेको विद्यार्थीको हाँसो फर्कियो

मङ्गलबार, १९ मङि्सर २०७४

समुद्रिसतहदेखि तीन हजार सात सय ९० मिटर उचाइमा रहेको खुम्जुङ गाउँ विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा छ । सगरमाथाको चिसो हावा ठोक्किन खुम्जुङ आइपुग्छ । यहाँ वर्षैभरि हिउँ देख्न पाइन्छ । प्राकृतिक र पर्यटकीय दुवै हिसाबले रमणीय यो गाउँ पनि २०७२ वैशाख १२ को भूकम्पबाट अछुतो रहन सकेन ।

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

शुक्रबार, १५ मङि्सर २०७४

काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन् । ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मोर्निङ वाक’का लागि निस्कन्छन्।  ‘मर्निङ वाक’मा उनकै उमेर समूहका अरू वृद्ध पनि भेट हुन्छन् । कसरतका लागि निस्केका उनीहरू मन्दिरलाई दुई–चार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन्।

उपत्यकाका उम्मेदवारले कसरी जुटाउँदै छन् चुनावखर्च ?

सोमबार, ११ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारले निश्चित रकम खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिदिएको छ भने प्रदेशसभा उम्मेदवारका लागि १५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ ।

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०८ मङि्सर २०७४

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ती जडान कार्य अघि बढाउन निर्देशन दियो ।