सुरेश किरण

सुरेश किरण

पप कर्न

शनिबार, ०७ असोज २०७४

अब जेहोस्, आयल निगमले जग्गा किनी नै सकेको छ । सुनिन्छ, निगमले जुन जग्गा किनेको हो, त्यहाँ पेट्रोल भण्डारण गर्न मिल्दैन । ठीकै छ, पेट्रोल भण्डारण गर्न नमिले मकै रोप्न त मिल्छ होला । मकै नै रोपौँ । मकै उत्पादन गरौँ । र, पप कर्न बनाएर बेचौँ । आयल निगमद्वारा उत्पादित पप कर्न !

सम्पत्ति विवरण

शनिबार, ३१ भदौ २०७४

नेता सरकारमा गएपछि उनीहरुले जनतालाई दिने एउटै मात्र वस्तु हो, आफ्नो सम्पत्ति विवरण । अरु केही दिँदैनन् । विडम्बना हेर्नुस्, उनीहरू यतिबेला त्यही सम्पत्ति विवरणसम्म पनि दिन सकिरहेका छैनन् । अरु योगदान दिने त कुरै छोड्नुस् ।

भ्रष्टाचारी भेला

शनिबार, २४ भदौ २०७४

उही मोटे भ्रष्टाचारीले जवाफ दिए, ‘हेर्नुस्, भ्रष्टाचारलाई उनीहरूले आजसम्म बुझ्नै सकेका छैनन् । भन्न त देश सरकारले चलाउँछ भनिन्छ । तर भ्रष्टाचार नभइदिएको भए सरकार पनि चल्दैन । सरकार चल्ने भनेकै भ्रष्टाचारले गर्दा हो । देश चलाउने सरकारले हो । सरकार चलाउने भ्रष्टाचारले हो । अब सरकारबाट भ्रष्टाचार झिकिदिनुस् त, सरकार ठप्पै हुन्छ ।’

दुई नम्बर

शनिबार, १७ भदौ २०७४

सबै नेताको ध्यान यतिबेला दुई नम्बर प्रदेशमा गएर अडेको छ । ठूला नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन्, साना नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन् । उनीहरूले ताकिरहेको देख्दा त यस्तो लाग्छ, मानौँ यो प्रदेश नम्बर दुई होइन, बरु देश नम्बर दुई हो ।

व्यंग्य : चुनाव र भ्रष्टाचारी

शनिबार, १० भदौ २०७४

सत्तारूढ पार्टी नेपाली कांग्रेसका श्रद्धेय सांसद यति बेला अत्यन्त क्रुद्ध मुडमा छन्। त्यो पनि एकजना, दुईजना वा तीनजना होइन, सबै सबै नै। यसको कारण हो, हालै सदनमा आएको एउटा विधेयक। अब भ्रष्टाचार मुद्दामा परेका कुनै पनि व्यक्तिले चुनाव लड्न नपाइने रे। यसैका लागि विधेयक आएको रहेछ। त्यसमा कांग्रेसका सबै सांसदले विरोध गरे। भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुनप्रति कांग्रेसले विरोध गरेको रहेछ।

व्यंग्य : बाढी

शनिबार, ०३ भदौ २०७४

केही दिनअघिको कुरा हो, भारतले नेपालको अदुवा रोकेको थियो। किन रोकेको हो, कसैलाई थाहा छैन। भारत जान ठिक्क भएको अदुवा जम्मै सीमामै रोकिदियो। कहिले अलैँची रोकिदिन्छ। कहिले चिया रोकिदिन्छ। कहिले तयारी पोसाक रोकिदिन्छ त कहिले गलैँचा रोकिदिन्छ। यसपालि पानी रोकिदियो। त्यो पनि बाढीको पानी। पानी रोकेपछि गाउँ डुबानमा पर्नु स्वाभाविकै हो।

गीतको चोरी

शनिबार, २१ साउन २०७४

नेपाली  फिल्म क्षेत्रमा अहिले एउटा चोरीको घटना बहुत चर्चित छ। गएको केही हप्तादेखि यही चोरीबारे चर्चा चलिरहेको छ। खासमा भएको के भने एउटा नेपाली फिल्मले कुन्नि कसको गीत चोरेको रहेछ। गीत चोरेकोबारे पूरा फिल्म इन्डस्ट्रीमै हल्लाखल्ला छ। गीत चोर्‍यो? कसले? कुनचाहिँ? कहिले? किन? अहिले इन्डस्ट्री यही प्रश्नको उत्तर दिँदै हैरान छ।

गाउँमा सिंहदरबार

शनिबार, १४ साउन २०७४

'पहिले भनेको गाउँपालिका हो। अहिले त सिंहदरबार हो, सिंहदरबारलाई तपाईं गाउँपालिकासँग दाँज्ने? सिंहदरबार र गाउँपालिका एउटै हुन्छ?'

मोनोरेल र खाल्डो

शनिबार, ०७ साउन २०७४

साँच्चै भनुँ भने काठमाडौंको सडकमा पिचभन्दा खाल्डो नै बढी हुनुपर्छ। त्यसमाथि अहिले काठमाडौंमा सडक विस्तार भइरहेको छ। त्यो सडक विस्तार भनिए पनि खासमा त खाल्डोकै विस्तार हो। किनभने जतिजति सडक बढ्छ, त्यतित्यति खाल्डो पनि बढ्दै जान्छ। यसरी बाटोभरि खाल्डैखाल्डो मात्र भएको ठाउँमा मोनोरेल नचलाई भयो त?

व्यंग्य : १६ करोडको गाडी

शनिबार, ३१ असार २०७४

कमरेड ओलीले साँच्चै बचाउ गर्न खोज्नुभएको त वास्तवमा गाडीको हो। किनभने उहाँ टाढाको यात्रा गर्ने हो भने गाडी नै चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ। बयलगाडामा यात्रा गरी कहीँ पुग्न सकिँदैन भन्ने उहाँको मान्यता छ। बयलगाडामा यात्रा गर्नेलाई त उहाँ घृणा नै गर्नुहुन्छ।

शेरको अन्तर्वार्ता

शनिबार, २४ असार २०७४

आऽऽ कति मात्रै मान्छेको अन्तर्वार्ता लिनु ! अब एकचोटि जंगली पशुपक्षीको पनि अन्तर्वार्ता लिनुपर्ला । आखिर पृथ्वी ती पशुपक्षीको पनि साझा वासस्थान हो । यो पृथ्वीबारे उनीहरू के विचार राख्छन् ? पृथ्वीका मानिसबारे उनीहरू के सोच्छन् ? आफ्नो जंगलबारे उनीहरूको के धारणा छ ? यो पनि त पत्रकारितामा ‘स्कुप’ हुन सक्छ नि । एउटा नयाँ प्रयोग, नयाँ टेस्ट ।

उता कतार, यता बालुवाटार

शनिबार, २७ जेठ २०७४

उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ।

बधाई छ है बधाई!

शनिबार, २० जेठ २०७४

उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

कछुवा

शुक्रबार, ०५ जेठ २०७४

घटना हिजो बिहानैको हो । अझ बिहान सबेरै भन्दा पनि हुन्छ होला । म त ओछ्यानमै थिएँ । कसैले ढोका ढक्ढक्याएको आवाजले म ब्युँझिएँ । हुन त गेटमा घन्टी पनि थियो तर घन्टीको सट्टा ढोकामै ढक्ढक्याएकाले म जुरुक्क उठेँ । बत्ती आइरहेकै थियो । फलतः घन्टी बजाउन कुनै समस्या थिएन तर पनि आगन्तुक घन्टीको सट्टा ढोकैमा बल गरिरहेका छन् । को होलान् यी ?

टोल-टोलमा सिंहदरवार

शुक्रबार, २९ बैशाख २०७४

स्थानीय चुनाव सकिएपछि गाउँ/गाउँमै सिंहदरवार पुग्छ। नेताहरूले ठाउँ कुठाउँ भन्ने गरेको यो कुरा सुनेर सुरुमा त म पनि चकितै भएको थिएँ। कसरी पुग्छ गाउँ गाउँमा सिंहदरवार? सिंहदरवार त सिंहदरवारमा छ। गाउँ कसरी पुग्छ? नेता जस्तो झुट अरु कसले बोल्न सक्छ र? धेरै सर्वसाधारणले जसरी म पनि यही सोच्थेँ।

स्मार्टीकृत नेता

शुक्रबार, २२ बैशाख २०७४

स्मार्ट भनेपछि त्यो गाडी होस् वा नेता, त्यसको सञ्चालन त अर्कै ठाउँबाट भइरहेको हुन्छ। नेता नेपालमा भए पनि रिमोटचाहिँ अर्कै ठाउँमा हुन्छ। फलतः त्यसको सञ्चालन पनि उतैबाट भइरहेको हुन्छ। अब उता भनेको कता हो त्यो नेतालाई पनि थाहा हुँदैन।

छाता

आइतबार, १७ बैशाख २०७४

अन्ततः छातामा आएर फेरि कुरा बिग्रिएला जस्तो देखियो । सबै कुरा मिलिसक्यो । तर छाताको कुरा भने अझै मिलिसक्या छैन । सामान्यतया छाताको काम वर्षातमा पानी छेक्ने हो । गर्मीमा घाम छेक्ने हो । तर यहाँ चुनाव पो छेक्ला कि जस्तो भइरहेको छ । कति शक्तिशाली छाता होला यो ? चुनावै छेक्न सक्ने छाता सानो त पक्कै होइन होला ।

चारैतिर उपलब्धि

शुक्रबार, ०८ बैशाख २०७४

कस्तो भिखारी सरकार होला यो? त्यसरी दिइसकेको बिदा पनि कहिल्यै फिर्ता लिनुहुन्छ? यो बिदा फिर्ता लिनु भनेको त भ्रमणको आधा उपलब्धि तुहाइदिनु हो।

चोर-पुलिस

शुक्रबार, २५ चैत २०७३

उताबाट भनियो, 'ल त्यो पछि मिलाउँला, अहिले यहाँ सुन्, त्यहाँ तेरो एरियातिर भर्खरै एउटा चोर पक्रेको छ रे। घरबेटीले यहाँ फोन गर्‍या गर्‍यै छ। लोकेसन पनि टिपाएको छ। तुरुन्तै गएर लिएर आ त्यो चोरलाई।

प्रधामन्त्रीको कार्यभार

शुक्रबार, १८ चैत २०७३

प्रधानमन्त्रीको कार्यभार उहाँसँग भए पो दिएर जानु। उहाँ आफैसँग नभएको कार्यभार कसरी दिएर जानु?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।