डा. रमेश ढुंगेल

डा. रमेश ढुंगेल

अभियानको सांस्कृतिक घोषणापत्र

मङ्गलबार, २८ कार्तिक २०७४

झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए ।

शुक्रसागरको सम्झना

मङ्गलबार, १६ जेठ २०७४

धेरैले शुक्रसागरलाई अप्ठेरो व्यक्तिका रुपमा देखाउँछन् तर मेरा लागि चाहे लन्डनमा अध्ययन गर्दाताका उहाँले गरेका सहयोग होऊन् या बेलाबेलाको घरैमा भेटघाट, कहिल्यै अप्ठेरो महसुस गराएनन्।

कर्मकर्ग्यु बौद्ध परम्परा

शनिबार, २३ बैशाख २०७४

हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् 'पुरातन पद्दति' को रुपमा चिनाउने चलन बस्यो।

अपहेलित राष्ट्रियता र देशभक्ति

सोमबार, ११ बैशाख २०७४

हे भगवान! हे वज्र देवता! हे समग्र मस्ट र वोन देवता! यो देशको अस्तित्वसंँगै बचेको हाम्रो साझा धर्म, सभ्यता, संस्कृति र नेपालको राष्ट्रियता बचाउन हामी सारा नेपालीलाई थप सुबुद्धि र वर्गत देऊ!  हामीमा राष्ट्रभक्तीय राष्ट्रवादको अवशान कहिल्यै नहोस्!

चार शताब्दीअघिको थिति

मङ्गलबार, २९ चैत २०७३

तिब्बतीको छुङ्–ख्युग लिपि र लोक्ये भाषिकामा लेखिएको वेम्छ्यग् धेरै महत्वपूर्ण पुरानो राजकीय बन्दोबस्तको एउटा उल्लेखनीय नमुना हो।

थकाली परिचयको खोजी

आइतबार, २० चैत २०७३

जातीय समुदायगत चिनारीको खोजी कठिनाइ झेल्ने यात्राभित्र नेपालको थकाली समुदाय पनि परेको देखिएको छ ।

मुस्ताङ घारावजोङ र मार्फा-पुन्डी

मङ्गलबार, १५ चैत २०७३

मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका यार्–लुङ् सैन्यको साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्यको अस्तित्व त्यस भेगमा थियो, जसको केन्द्र अहिले भग्नावशेषका रूपमा रहेको ठिनी नजिकैको गारावजोङ भन्ने स्थानमा थियो।

पाँच शताव्दीअघिको ताम्रपट्ट शासन

शुक्रबार, ०४ चैत २०७३

हिजोआज इतिहासकै राम्रो अध्ययन नगरिकन लहैलहैमा वा सतही ढंगले अघिको व्यवस्थाप्रति एकोहोरो नकारात्मक ढङ्गले व्याख्या गर्ने चलन नेपालमा चलेको छ जुन अत्यन्त दुर्भाग्यपूर्ण र देशको र परम्पराको इज्जत लुटाहा पद्धति हो।

मधेस : सीमान्तीकरण कि समावेशी?

शुक्रबार, २७ फागुन २०७३

इतिहासलाई अलिकति पनि दृष्टि नदिई सारा तराईका धर्म, सभ्यता, संस्कृति तथा समाजसहितको संरक्षणकर्ता याचे खसलाई बाहिरिया सम्झने मनोविज्ञानले अहिलेको वर्तमान तराईका कतिपय नेपाली नागरिकलाई कुण्ठित बनाएको छ।

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

बुधबार, २५ फागुन २०७३

करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी ( आनी) ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण पाइएको छ। विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र परिवारमा महिलाको स्थान एवं आफूले त्यसविरुद्ध छेडेको विद्रोहसमेत उल्लेख गरेर कृति लेखेको इतिहास अन्वेषणका क्रममा फेला परेको हो।

हाम्रो समावेशिता र मलसाँप्रो

शुक्रबार, २० फागुन २०७३

अहिले समावेशी वा सामेली आदर्शको परिभाषा नै कुण्ठित बनाउँदै हामी अगाडि बढिरहेका छौं। देशलाई उचित दिशाबाट अगाडि बढाउने हो भने यस गलत बाटो तुरुन्त रोक्नु जरुरी छ।

परिवर्तन, संघीयता र कृत्रिमता

बिहिबार, १२ फागुन २०७३

संघीयताले देश टुक्रनबाट जोगिनुपर्ने धारणाका विपरित नेपालमा संघीयता घोषणापछि पो व्यवस्थामात्र असफल नभई देशै टुक्रने, असफल हुने वा लोपसमेत हुन सक्ने अशुभ संकेतसमेत देखिनु विडम्बना हो।

नेपाल-भारतका साझा कुरा

बुधबार, ०४ फागुन २०७३

'ग्रेटर नेपाल'को मुद्दाले नेपाल–भारत सम्बन्धमा केही मात्रामा 'बार्गेनिङ' बुँदाको काम त गर्ला, तर यस्ता असम्भव लक्ष्य बोकेका अभियानले साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ।

धरोहर धान्ने धारणाहरू

सोमबार, २४ माघ २०७३

नेपालको इतिहासमा २०४६ सालदेखि अहिलेसम्मको एक शताब्दीको चौथाइ भाग पूरै राजनीतिक अस्थिरता र अन्योलको युग बनेर रह्यो। राजालाई पूर्ण संवैधानिक बनाउने र अन्ततोगत्वा राजसंस्था अन्त्य गरेर देशलाई संघीय गणतन्त्र घोषणा गर्ने काम पनि यसैबीचमा भयो।

बडामहाराजा र नेपाली राष्ट्रियता

बुधबार, २७ पुष २०७३

सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क–वितर्क तथा विचारविमर्श गर्ने अवसर फेरि आइपुगेको छ ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।