शान्ति लामा

रेलको गीति लिक

शनिबार, ०२ मङि्सर २०७४

नेपाली गीतमा रेल शब्दको इतिहास लामो छ । तथापि रेल गीतको हरि, सन्तोष अनि राजन भर्सन भने एक अर्थमा फरक छ । फरक यस अर्थमा कि उनीहरुको गीतमा नेपालमै रेल गुडाउने सपनाको प्रतिविम्ब छ । तर, पहिलेपहिलेका लोकगीतमा भारततिर कतै रेल चढेका नोस्टाजिक कथा हुन्थे । तिनमा नेपालकै हिमाल, पहाडमा रेल चलाउने सपना थिएनन् । त्यस मानेमा मनीष अनि राजनहरूलाई रेल गीतको सन्दर्भमा स्वप्नद्रष्टा स्रष्टा भन्दा फरक नपर्ला ।

पुरस्कार प्रभाव

शनिबार, १८ कार्तिक २०७४

हुन त साहित्यका लागि अनेकौँ पुरस्कार छन् । यद्यपि नेपालमा मदन, पद्मश्रीजस्ता केही पुरस्कार जितेपछि किताब र लेखकको सम्मान अर्काे उचाइमा पुग्ने गरेको छ । पुरस्कार पाएपछि किताबको बिक्री मात्र बढ्दैन, लेखकको करिअरमा समेत कायापलट आउँछ ।

लोकप्रिय तिब्बती परिकार

शुक्रबार, १७ कार्तिक २०७४

काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वाद थपिरहेका छन्।

डम्फुको गीत

शनिबार, ११ कार्तिक २०७४

डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो ।

मट्का कुल्फीमा मन

शुक्रबार, १० कार्तिक २०७४

पाटन दरबार क्षेत्रनजिकै लगनखेल जाने बाटोमा छ, नेमकृष्ण ताम्राकारको सानो आइसक्रिम पसल । उनले यहाँ आइसक्रिम र कुल्फीको व्यापार गर्न थालेको २० वर्षभन्दा बढी भइसक्यो । उनी त्यस क्षेत्रमा आफूले नै आइसक्रिमको व्यापार सुरु गरेको बताउँछन् । ‘कसैले पनि व्यापार नगर्दादेखि नै आइसक्रिम बेच्न थालेको हुँ,’ उनी भन्छन्, ‘अहिले त जहाँतहीँ पनि आइसक्रिम पाइन्छन् ।’

तिहारको समाजशास्त्र

शनिबार, २८ असोज २०७४

तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र कार्की । वातावरणसँग मानिसको सम्बन्धको अर्थमा व्याख्या गर्दै कार्की भन्छन्, ‘सिंगो इकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्बोल हो ।’

गैरहिन्दूको दसैँ

शनिबार, ०७ असोज २०७४

पर्यटन व्यवसायी तथा लेखक लाक्पा फुटी शेर्पाको घरमा दसैँका बेला कुनै पूजाआजा हुँदैन । दसैँको लामो बिदामा पनि उनी कामकै चटारामा हुन्छिन् । ‘यही बेला ट्रेकिङको सिजन पर्छ,’ उनी भन्छिन्, ‘यो बेला पनि हामी व्यवसायमै व्यस्त हुन्छौँ ।’

शताब्दी पुरुषको अभिनन्दन

शनिबार, ३१ भदौ २०७४

जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय । बग्गीका अघिपछि बाजा तथा नाच समूह लामबद्ध थिए । त्यस्तै लामबद्ध थिए नेवार समुदायले मान्ने अष्टमात्रिकाका साथै अन्य देवीदेवताका झाँकीहरू ।

बिलाउँदैछन् छोरीहरू

शुक्रबार, ३० भदौ २०७४

छोरीको संख्या कम भएपछि मारवाडी समुदायमा बुहारीको हाहाकार हुन थालेको छ, भन्ने आशयको ‘परिवार’ मासिकमा छापिएको खबरले एक ठूलो खतराको संकेत गर्छ । भदौ अकंमा अजित तिवारी यस्तै लेख्छन्- जवान छोराहरूका लागि मारवाडी समुदायमा बुहारी नभेटिएपछि छोराहरूको विवाह भारततिरका केटीसँग हुन थालेको छ ।

कालिगडको गाउँ

शनिबार, २४ भदौ २०७४

आज पनि शाक्य अनि बज्राचार्यका ज्यासःबाट साना–ठूला ढुंगाका सुन्दर मूर्ति निकालिन्छन् र स्थापित गरिन्छन् मन्दिरदेखि गुम्बासम्म । कुनै आकार नभएको कोरा ढुंगालाई जीवन्त मूर्ति बनाउन पारंगत शाक्य र बज्राचार्यका सन्तानले पाटनको यो क्षेत्रलाई अझै पनि कालिगडको गाउँका रूपमा चिनाइरहेका छन् ।

मन जित्दै मटका चिया

शुक्रबार, २३ भदौ २०७४

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् ।

मुखै रसाउने जापानी परिकार

शुक्रबार, १६ भदौ २०७४

दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो ।  युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ ।

कफी अल्टरनेटिभ्स

शुक्रबार, ०९ भदौ २०७४

धेरैका लागि लत बनिसकेको छ, कफी । बढ्दो छ, कफी सप र क्याफे खुल्ने क्रम पनि । विभिन्न नाम र ब्रान्डमा खुलेका कफी हाउसले तातो र चिसो कफीका स्वाद ग्राहकलाई चखाउँदै आएका छन् । कफीका लागि क्याफे धाउनेको संख्या पनि उकालो लाग्दै छ।

किताबी हाट

शनिबार, ०३ भदौ २०७४

किताब पसल नै एउटा–दुइटा हुन्थे। विदेशी किताब चाहिए पनि त्यहीँ गइन्थ्यो। अहिले असंख्य किताब पसल छन्। कुन किताब कुन पसलमा पाइन्छ भन्ने पत्तो हुन्न। त्यसैले किताब प्रदर्शनीमा आएपछि कसले के किताब ल्याएछ? कहाँ पाइने रहेछ भन्ने समेत थाहा पाउन सजिलो भएको छ।

रुद्राक्ष फेसन

शुक्रबार, २७ साउन २०७४

शिवको आँसुबाट फलेको भन्दै हिन्दू धर्मावलम्बीले रुद्राक्षलाई पवित्र र शक्तिशाली फल मान्छन् । रुद्राक्ष धारण गरे रक्षात्मक शक्ति प्राप्त हुने विश्वासका कारण यसलाई विभिन्न रूपमा प्रयोग गरिन्छ । आध्यात्मिक महत्त्वका कारण धारण गरिने रुद्राक्षलाई नयाँ पुस्ताले भने स्टाइलका लागि लगाउन थालेका छन्।

सटरमा पानीपुरी र चटपटे

सोमबार, २३ साउन २०७४

पानीपुरी चटपटे भन्नेबित्तिकै धेरैले ठेलामा राखेर बेचिने फुटपाथे खानेकुरा बुझ्छन् । काठमाडौंमाचलनपनि यस्तै छ । चटपटे रुचाउनेहरूसडकछेउका ठेलापसलपुग्छन् ।

गर्भवती आमाको उत्सव

शनिबार, १४ साउन २०७४

बेबी सावर गर्भवती आमालाई साथीभाइ र आफन्तले दिने पार्टी हो। यो एक प्रकारको उत्सव हो, जुन दिन गर्भवती आमाले आफन्तको सहयोग अनुभूति गर्छिन्।

साउनमा खाने खीर

सोमबार, ०९ साउन २०७४

मीठो खानाको रूपमा खीर खाने चलन नेपाली संस्कृतिमा पुरानो हो । पूजाआजा र भोजमा समेत मिष्ठान्नको रूपमा खीर समावेश गरिन्छ । जुनसुकै मौसममा खान सकिने भए पनि विशेष गरी साउनमा खीर खाने चलन छ । तीजको दरमा पनि दूधका अन्य परिकारसँगै खीर समावेश गर्ने चलन छ ।

हरियो महिना

शुक्रबार, ०६ साउन २०७४

चुरासँगै साउनमा हरियो पोते पनि धेरै बिक्ने गर्छ । विवाहित हिन्दू महिलाले गलामा पोते लगाउने चलन छ । अरू बेला रातो वा अन्य रङका पोते लगाउनेले साउनमा भने हरियो रङको पोते लगाउँछन् ।

नारीवादको भर्चुअल झन्झावात

शनिबार, २४ असार २०७४

महिलाका मुद्दाको वकालत गर्ने राम्रो प्लेटफर्म बनेको छ, सामाजिक सञ्जाल। एकैपटक धेरै जना सहभागी हुन सक्ने भएकाले महिलाका मुद्दाबारे बहस गर्न पनि महत्वपूर्ण माध्यम बनेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।