हरि अधिकारी

हरि अधिकारी

नयाँ व्यवस्थाको पहिलो निर्वाचन

शुक्रबार, १५ मङि्सर २०७४

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वैधानिक प्राणप्रतिष्ठा सम्पन्न हुने क्रममा छ । नयाँ संविधानले परिकल्पना गरेको राज्य संरचनाको गठनका लागि आयोजना गरिएको पहिलो आम निर्वाचनको पहिलो चरण सामान्यतः निर्विघ्न भन्न सकिने गरी पूरा भएको छ भने आगामी २१ गते हुने दोस्रो चरणको मतदानका लागि पनि निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरूका तर्फबाट गरिनुपर्ने सबैखाले तयारी पूरा भएका छन् ।

वाम नेताहरूको खतरनाक इरादा

बिहिबार, ०७ मङि्सर २०७४

ओली र प्रचण्ड दुवैले असल स्वास्थ्य शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीको अथक जागरण अभियानका कारण संसद्बाट पारित भई तकनिकी कारणले राष्ट्रपति महोदयाबाट जारी भएको स्वास्थ्य शिक्षा विधेयकसम्बन्धी अध्यादेशको उग्रताका साथ विरोध गरेका छन् ।

सन्दर्भ निर्वाचन : अलिकति आफ्नै कुरा

बिहिबार, ३० कार्तिक २०७४

२०४८ सालमा भएको देशकै दोस्रो संसदीय आमनिर्वाचनदेखि २०७० सालमा संविधानसभाका लागि दोस्रो पटक गराइएको चुनावसम्म पनि दायाँबायाँ नहेरी नेपाली कांग्रेस पार्टीका पक्षमा मतदान गर्दै आएको हो तपाईँहरूको यस लेखकले । सुखद संयोगले गर्दा मेरी पत्नी पनि कांग्रेसी पृष्ठभूमिको परिवारबाट आएकीले मतदानका हकमा हाम्राबीच मत्यैक्य रहँदै आएको छ ।

आमनिर्वाचन २०७४ को सेरोफेरो

बिहिबार, २३ कार्तिक २०७४

आमनिर्वाचनको छेको पारेर देशमा मौजुद प्रमुख राजनीतिक दलहरूका बीचमा विचारधाराका आधारमा जसरी ध्रुवीकरण हुन थालेको छ त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

बालकृष्ण ढुंगेलवादीलाई प्रश्न

बिहिबार, १६ कार्तिक २०७४

फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा एकथरी वामपन्थी कार्यकर्ताहरू बालकृष्ण ढुंगेललाई पक्रिएकामा उग्र रोषसाथ उत्रेका छन् । ती रुष्टहरूको भीडमा एकजना त एकेडेमीको सदस्य पनि रहेछन् । ती प्राज्ञलगायत सबै ढुंगेल पक्षधरहरूसँग एउटै मात्र प्रश्न सोध्नु छ— अदालतको आदेश नमान्ने पनि कुनै शासन व्यवस्था हुन्छ ? हुन्छ भने त्यो कहाँको जस्तो हुन्छ, उत्तर कोरियाको ?

चतुर केपीलाई समेत झुक्याउन सक्ने महाचतुर पीके

शुक्रबार, १० कार्तिक २०७४

आसन्न निर्वाचनमा वाम गठबन्धनका बीच चुनाव लड्ने स्थानहरूको बाँडफाँड गर्दा तुलानात्मक रूपले कमजोर नेकपा माओवादी केन्द्रका लागि ४० प्रतिशत स्थान दिने भन्ने जुन कुरामा गठबन्धनका मुख्य नेता एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भए अहिले आएर उनका लागि त्यो नै घाँटीमा अड्किएको हाड बन्न पुगेको छ ।

बहुरूपी दलका आ–आफ्नै डम्फु

बिहिबार, ०२ कार्तिक २०७४

योग्य र अयोग्य, राम्रो र नराम्रो, गर्न हुने र नहुनेका बीचको विभाजनरेखा पूरै मेटिएको छ । सत्तास्वार्थको एउटै जुवामा साह«ै नै अमिल्दा राजनीतिक गोरूहरू नारिएको दृश्य आम हुन पुगेको छ ।

द्विविधाग्रस्त नेपाली कांग्रेस

बिहिबार, २६ असोज २०७४

वामपन्थी गठबन्धनको प्रतिक्रियामा देउवाले बनाउन खोजेको कथित लोकतान्त्रिक गठबन्धन अस्तित्वमा आउनु अगाडि नै जोखिममा परेको छ । त्यसो हुनु स्वाभाविक नै थियो किनभने लोकतान्त्रिक भन्ने बिल्ला दिएर आफ्नो कित्तामा ल्याउन खोजेकाहरू वास्तवमा सत्ताखोर अवसरवादी झुन्ड मात्र थिए ।

वाम एकता अभियान र भावी दिशा

बिहिबार, १९ असोज २०७४

यथार्थमा नक्कली सक्कली जस्तो होस्, टिकाउ वा चाइनिज सामान जस्तै छिट्टै बिग्रने नै किन नहोस् एउटा ऐक्यबध्द कम्युनिस्ट पार्टी उभारमा आउनु धेरै हिसाबले फलदायी हुनेछ ।

अल्झै अल्झोमा जेलिएको उल्झन

शनिबार, ०७ असोज २०७४

उल्झन अल्झै अल्झोमा जेलिएको औपन्यासिक कृति हो, जसको न मूल कथ्य प्रस्ट छ, न त दार्शनिक पक्ष नै सुस्पष्ट ढंगले उभारमा आउन सकेको छ । लेखक हेमप्रभासले कथावस्तुको बनावटमा ध्यान पु¥याउन सकेको भए, थिमलाई प्रस्ट्याउन सकेको भए, अति नाटकीयताबाट बच्दै घटनाक्रमलाई सहज किसिमले अगाडि बढाउन सकेको भए र पात्र–पात्राको चरित्र चित्रणमा स्वाभाविकताको पुट दिन सकेको भए यो कृति नेपाली आख्यानको क्षेत्रको उपलब्धि बनेको देख्न पाइन्थ्यो ।

आयल निगम भ्रष्टाचार सन्दर्भमा

बिहिबार, ०५ असोज २०७४

सरकारी ओहोदाका आडमा खड्काले गरेको अपचलन र भ्रष्टाचारको मुद्दा अब कसरी अगाडि बढ्छ ? भ्रष्टाचार भएको विशाल अंकको रकम कलम उनबाट कहिले र कसरी असुलउपर गरिनेछ ? वा पदमुक्तिलाई नै पर्याप्त दण्ड सम्झिएर मुद्दा फासफुस पारिनेछ ? यी प्रश्नको चित्तबुझ्दो उत्तर नआउन्जेलसम्म यो मामिलाको पटाक्षेप हुन सक्दैन ।

जम्बो मन्त्रिपरिषद् : न आवश्यकता, न औचित्य

बिहिबार, २९ भदौ २०७४

प्रम देउवासँग राज्य सञ्चालनका लागि आफ्नै कुनै दृष्टि, अठोट, कौशल र अनुशासन छैन । उनी त आफ्नो पक्ष र विपक्षको शक्ति सन्तुलनको जोडघटाउमा भर पर्न रुचाउने र केही लाभ दिएपछि मात्र मानिसलाई आफ्नो बनाउन सकिन्छ भन्ने विशुद्ध उपयोगितावादबाट डोरिएका, औसत दर्जाका तर दैव दाहिना भएका नेता हुन् ।

‘नो भोट’ नहुनु, खाए खा, नखाए...

बिहिबार, २२ भदौ २०७४

दशकौँदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व गरिरहने, शक्तिशालीहरूले आफूपछि भाइ–छोरा, पत्नी र निकट आफन्तलाई नेता बनाउने र ब्रह्मनालमा खुट्टा नतेर्सियुन्जेलसम्म कसैले पनि राजनीतिबाट सन्यास नलिने परम्परा स्थापित भएको मुलुकमा जनताले तिनै खोटा सिक्काहरूलाई कति पटक भोट दिनुपर्ने हो ?

गहन अन्धकारमा रुमलिइरहेको राष्ट्र

बिहिबार, १५ भदौ २०७४

आयल निगमका प्रमुख गोपाल खड्काले निगमले गर्ने एक होइन अनेक कारोबारमा प्रस्ट देखिने गरी भ्रष्टाचार गरेका मामिला प्रकाशमा आइसकेका छन् तापनि उनीमाथि कार्बाही गर्न भ्रष्टाचार निवारणका लागि भनेरै गठित कुनै पनि निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

खनियाको चुनौती देउवालाई

बिहिबार, ०८ भदौ २०७४

बौद्धिक सम्पत्ति चोरीको आरोप लागेका त्रिविका उपकुलपति डा. तीर्थ खनियाको प्रशासकीय टिमले मेडिकल कलेज सञ्चालन गर्न सक्षम छ भनी सम्बन्धन दिएको प्रस्तावित संस्था कस्तो झुर छ भने न त्यससँग एउटा व्यवस्थित र स्तरीय मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार छन् न त आवश्यक संख्यामा प्राज्ञिक र दक्ष प्राविधिक जनशक्ति नै।

अनशन त स्थगित, तर...

बिहिबार, ०१ भदौ २०७४

डा. केसीले सुरु गरेको लडाइँ एउटा तात्विक टुंगोमा नपुर्‍याई बीचमा छोड्न न उनी तयार हुन्छन् न त उनलाई नैतिक समर्थन दिने ती लाखौँ सर्वसाधारण जनता नै चूप लागेर बस्नेछन्।

भरतपुरको निर्वाचन सेरोफेरो

बिहिबार, २६ साउन २०७४

प्रधानमन्त्री तथा सत्ता गठबन्धनको एउटा घटकका प्रमुखकी छोरीलाई जसरी पनि जिताउनुपर्छ भन्ने सर्वसत्तावादी सोचबाट डोरिएर उनका कार्यकर्ताले जसरी मतपत्र च्याते र त्यस दलका नेताले च्यात्ने तिनै हुल्याहालाई साथ दिए, त्यो घटना बामे सर्दै गरेको हाम्रो लोकतन्त्रले ओढेको सेतो मजेत्रोमा लागेको कहिल्यै नमेटिने गाढा कालो दाग बनेको छ।

प्रदीप खतिवडा र भ्रष्टाचारमुक्त प्रशासन

बिहिबार, १९ साउन २०७४

देशको राजश्व मार्ने एकमात्र उद्देश्यसाथ गठित कर फर्छ्यौट आयोगका परिकल्पनाकार तत्कालीन अर्थमन्त्रीले गरेका गिरफ्तार र भगौडा आयोग पदाधिकारीको बचाउ भ्रष्ट कर्मचारी र नेताबीचको अपवित्र साँठगाँठको क्लासिक दृष्टान्त हो।

विवेकशून्यता र ढिलासुस्तीको परिणाम

बिहिबार, १२ साउन २०७४

आजको स्थिति बिपीले अनुमान गरेकोभन्दा धेरै गुना खराब छ भन्दा अत्युक्ति हुने छैन। सारा राज्य प्रणाली थोरै मन्दबुद्धि मानिसले निहित स्वार्थलाई केन्›मा राखेर लहडका भरमा चलाएको अवस्था छ।

विकास अभियानमा सार्थक प्रयोग

बिहिबार, ०५ साउन २०७४

व्यवहारतः फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनाको काँधमा आइपुग्ने वातावरण तत्कालीन प्रधानमन्त्री केपी ओलीले बनाइदिएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।