मेघराज तामाङ

अखेटोपहार चितवन पठाइयो

मङ्गलबार, ०८ फागुन २०७४

संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।

ढिस्कोले पुरिएर सासु, बुहारीको मृत्यु

सोमबार, ०७ फागुन २०७४

संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

मङ्गलबार, ०१ फागुन २०७४

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ।

‘कालो सुन’ले जीवन समृद्ध

बुधबार, २४ माघ २०७४

सभापोखरी ८ का मनबहादुर लिम्बु ५१ वर्ष पुगिसकेका छन्। तर अहिले पनि युवाजस्तो जाँगरका साथ आफ्नो अलैंची बगानमा काम गरिरहेका भेटिन्छन्। ४ छोरा, ३ छोरी र २ नाता नातिनाका धनी मनबहादुरले झन्डै ३ दशक समय अलैंची खेतीमा बिताई सकेका छन्।

‘संखुवासभा प्रदेशकै धनी जिल्ला’

आइतबार, २१ माघ २०७४

सिंचाई राज्यमन्त्री अमरसिंह पुनले संखुवासभा प्रदेश नम्बर १ कै धनि जिल्ला हुने बताएका छन्। सदरमुकाम खाँदबारीमा नेपाल प्रेश युनियनले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले जोगवनी–किमाथांका सडक खण्ड जिल्लासंग जोडिए जिल्ला प्रदेशकै धनी  हुने बताएका हुन।

संखुवासभामा ९५ प्रतिशत साक्षर

आइतबार, २१ माघ २०७४

संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो।

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान बन्द

बिहिबार, १८ माघ २०७४

संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडान भर्न सकेको छैन। उडान भर्न नसकेपछि दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार, ०५ माघ २०७४

संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।

जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित पाँचको मृत्यु

आइतबार, ३० पुष २०७४

संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि दुर्घटनामा मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

जोगवनी–किमाथांका पूर्वको आशा

आइतबार, ३० पुष २०७४

प्रदेश नम्बर १ को मुख्य व्यापारिक मार्गको रुपमा हेरिएको जोगवनी–किमाथांका सडक निर्माणको गति सुस्त छ । त्रिदेशीय लिंकरोड (भारत, नेपाल र चीन) का रुपमा २०७० मा निर्माण थालिएको यो सडक २०७६ मा सम्पन्न गर्ने सरकारको लक्ष्य हो । यसले मुलुकलाई भारत–चीनसँग जोड्नुका साथै छोटो र सहज मार्ग हुने मानिए पनि त्यही रुपमा निर्माण कार्यले गति लिन सकेको छैन ।

वडाध्यक्षमाथि हातपात गर्नेलाई मुद्दा

शुक्रबार, २८ पुष २०७४

चिचिला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङमाथि हातपात गर्ने ३ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। वडाध्यक्ष गुरुङ समेतले दिएको जाहेरीका आधारमा अनिल राई, तारा राई र पुजन राईविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

मङ्गलबार, २५ पुष २०७४

जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन्। निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए। मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको चुनावमा २७ जनाले उम्मेदवारी दिएका थिए।

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

आइतबार, ०९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

हसाउँदै रुवाउँदै विदा भए म्यादी प्रहरी

शुक्रबार, ०७ पुष २०७४

शुक्रबार विदाई हुँदै गर्दा म्यादी प्रहरीहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरे। प्रतिभा प्रस्तुत गरेका केही म्यादी प्रहरीले क्यारिकेचर गरेर हँसाए भने कोहीले विदाईमा लेखिएका कविता वाचन गरेर रुवाए।

दशक पछि संखुवासभा 'लालकिल्ला'

मङ्गलबार, २६ मङि्सर २०७४

संखुवासभाको मतगणना सोमबार साँझ सम्पन्न भएको छ। १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा बाम गठबन्धनका उम्मेदवारहरुले विजय हाँसिल गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटै निर्वाचन क्षेत्र बाम गठबन्धनका उम्मेदवारहरुले जीते पछि दशक पछि संखुवासभा पुन: लालकिल्ला स्थापित भएको छ।

संखुवासभामा एमालेका राजेन्द्र गौतम विजयी

सोमबार, २५ मङि्सर २०७४

संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।