शुष्मा बराली

ठेलागाडा परिकार

शुक्रबार, ११ फागुन २०७४

मःमः काठमाडौंको प्रचलित खानेकुरा हो । कहावत नै बनेको छ, ‘नेपालीहरु रेस्टुरेन्ट गएर मेनु हेर्छन् मात्रै मगाउने त मःमः र चाउमिन नै हो ।’ काठमाडौंका हरेक गल्लीमा मःमः पसल खोज्न धेरै धाउनुपर्दैन, नजिकै भेटिन्छन् । त्यसमाथि पछिल्लो समय ठेलागाडामा मःमः बेच्नेहरु पनि बढेका छन्।

सेलमै खाेजिन्छ फेसन

सोमबार, ०७ फागुन २०७४

रमनराज श्रेष्ठ इन्जिनियर हुन् । उनी शुक्रबार कुमारीपाटीस्थित एन्टा सपमा लुगा किन्दै गरेको भेटिए । त्यो पसलमा ‘वाई टु गेट वान’, ४० प्रतिशत छुटलगायत अफर राखिएको थियो ।चिसो मौसमको सकिनै लाग्दा पनि उनको हातमा भने तीन ज्याकेट थियो । ‘मेरो घर विराटनगर हो, घरमा पठाउन एकैचोटि अफरका बेला किनेको हुँ,’ उनले भने । मौसम परिवर्तन हुँदा ‘सेल’ र छुट अफर भएकाले घरका सदस्य सबैलाई किनेको उनी बताउँछन् ।

मेमोरी किङ अर्पण

शनिबार, ०५ फागुन २०७४

गत बुधबार राष्ट्रिय सभागृहको हलमा माइन्ड पावर सम्बन्धी एक कार्यक्रम सञ्चालन गरियो । हल विद्यार्थीले भरिभराउ रहेको उक्त कार्यक्रमका वत्ता थिए, मेमोरी किङ भनेर चिनिने झापाका २६ वर्षीय अर्पण शर्मा ।

ल्होछार पहिरन

शुक्रबार, ०४ फागुन २०७४

कीर्तिपुरकी उर्मिला तामाङ यो वर्षको ल्होछार मनाउन निकै उत्साही छन् । सोनाम ल्होछारमा उनी तामाङ समुदायको पोसाकमा सजिने योजनामा छन् । ‘हामी तामाङ समुदायको नयाँ वर्ष हो ल्होछार, निकै रमाइलो गरेर मनाउँछौँ,’ उनले भनिन् । तामाङ पहिरन स्यामा (लुंगी), आंग्रे (चोली), केई (पटुकी), थोप्कु (गम्छा), पागी (टोपी) मा सजिने योजनामा रहेको उनले बताइन् । ‘गरगहनामा कानमा चेप्टे सुन, घाँटीमा जन्तर, हरियो पोते लगाउनेछु,’ उनले भनिन् ।

ल्होछारका परिकार

शुक्रबार, ०४ फागुन २०७४

नेपालका तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार । सोनाम ल्होछारमा तामाङ समुदायले विभिन्न परिकार बनाएर खान्छन् । ल्होछारमा खाइने परिकार:

गुलाबको मौसम

सोमबार, २९ माघ २०७४

फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । प्रेम गर्ने नयाँपुस्ताले यसलाई प्रेम सप्ताहकै रूपमा मनाउन थालेका छन् । यो सप्ताहमा प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिएर प्रेम अभिव्यक्त गर्छन् ।

अविवाहितको प्रेम

शनिबार, २७ माघ २०७४

प्रेम विवाहित जोडीले मात्र गर्छ भन्ने आम बुझाइ छ । तर, साहित्यकार सरुभक्तको जीवनमा भने यो कुरा लागू हुँदैन। लामो समयदेखि साहित्यमा क्रियाशील उनको पाठकसँग ‘प्रेम’ सम्बन्ध छ । उमेरले ६ दशक पार गरेका उनी अविवाहित समेत हुन्।

प्रेममा उपहार

शनिबार, २७ माघ २०७४

प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन । तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। उपहार आदान–प्रदानले सम्बन्ध बलियो हुने मानिन्छ । १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ।

राेजाइमा फेसनेवल भित्री वस्त्र

सोमबार, २२ माघ २०७४

भित्री वस्त्रले बाहिरी पहिरनको सुन्दरता र स्टाइल समेत बढाउने हुनाले हिजोआज भित्री पोसाकको छनोटमा मानिस सचेत हुन थालेका छन् । भित्री पोसाक लगाउने तरिकाले बाहिरी पोसाकको आकर्षणमा निखार ल्याउँछ । भित्री बस्त्र लगाउँदा सहज, हलुका र आकर्षक हुन जरुरी रहेको न्युरोडमा रहेको कम्र्फट जोन स्टोरकी सञ्चालक इन्द्रा दोङ बताउँछिन् । उनका अनुसार महिला स्तनको स्वास्थ्यसँग समेत सम्बन्ध राख्ने भएकोले ब्राको छनोटमा सजग हुनुपर्छ।

इन्टरनेटमार्फत कोदो–फापर परिकारको प्रचार

शनिबार, २० माघ २०७४

गाउँघरमा कुअन्न भनी हेपिएका खाद्यान्नबाट बनाइएका परिकारलाई इन्टरनेटको माध्यमबाट विश्वभर प्रचार गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल (हान) र सेफ एसोसिएसन आफ नेपालको पहलमा यस्ता खाद्यान्नबाट बनेका परिकारलाई विश्वभर प्रचार गरिने भएको हो । मकै, कोदो, फापरबाट बन्ने परिकारका साथै विभिन्न नेपाली खानेकुरालाई इन्टरनेटका माध्यमबाट प्रचार गर्नुका साथै तिनका रेसिपीलाई समेत विश्वव्यापी बनाउन लागिएको छ।

बर्तको सारंगी संघर्ष

शुक्रबार, १९ माघ २०७४

उनीसँगैका साथी स्कुल जान्थे । उनी भने सारंगी बोकेर घर–घर चहार्थिन् । सारंगीको धुनमा गीत गाउँथिन् । र, छाकको जोहो गर्थिन्। स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो।

टीका ट्रेन्ड

सोमबार, १५ माघ २०७४

मनका हरेक इच्छा, माया, प्रेम, मान, प्रतिष्ठा, इज्जतकोे संकेतका रूपमा आफ्नो टीकालाई अथ्र्याउन रुचाउँछिन् रागिनी । टीकामा उनको धार्मिक आस्था पनि प्रकट हुने गरेको छ । उनी शिवभक्त हुन् । नारीशक्ति देखाउन उनी त्रिशूल आकृतिको टीका लगाउँछिन्।

लेडी बाइक राइडर

शनिबार, १३ माघ २०७४

कतिपयलाई बुलेट बाइकको चर्को आवाज मन पर्दैन । सडकमा ‘भ्वाँ–भ्वाँ’ गर्दै बाइक आउँदा कान थुन्नेहरू पनि छन् । सामाखुसीकी दिव्या थापा (२२)लाई भने त्यही बुलेटको आवाज मन पर्छ । आफ्ना साथीहरू र दिदीले समेत सुस्तरी स्कुटर चलाइरहेका बेला दिव्या भने बुलेट ‘भ्वाँ–भ्वाँ’ पारेर तिनलाई तर्साउँदै हिँड्छिन् ।  मानविकी संकाय स्नातक तहमा अध्ययनरत दिव्या ‘बाइक राइडर’ हुन् । त्यसैले त उनी अधिकांश नेपाली युवतीभन्दा फरक छन्।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।