नागरिक

नागरिक

किर्गिजस्तानमा विमान दुर्घटना हुँदा बत्तीसको मृत्यु

सोमबार, ०३ माघ २०७३

किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन्। उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन्।

'विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा'

सोमबार, ०३ माघ २०७३

डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ।

ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

सोमबार, ०३ माघ २०७३

महोत्तरीको गौशाला नगरपालिका-७ हनुमानचोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सोमबार, ०३ माघ २०७३

सर्लाहीको फुलपरासीमा ६५ वर्षीया महिलाको धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ। आइतबार राती फुलपरासी–४ की ६५ वर्षीया नुनु देवी रायलाई धारीलो हतियारले काटेर विभत्स हात्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

सोमबार, ०३ माघ २०७३

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

अब चैत्रमा चुनाव हुने संभावना टर्यो: मन्त्री पाण्डे

सोमबार, ०३ माघ २०७३

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन्।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह

सोमबार, ०३ माघ २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ ।

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

सोमबार, ०३ माघ २०७३

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित कृति सरसर्ती संसार जर्मनीमा लोकार्पण गरिएको छ।

स्थानीय निर्वाचनका लागि कर्मचारीलाई तयारी रहन आग्रह

सोमबार, ०३ माघ २०७३

कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीहरु तयारी भएर बस्न अाग्रह गरेका छन्।

पुर्नवाहालीको माग गर्दै सुशील ज्ञवाली सर्वोच्चमा

सोमबार, ०३ माघ २०७३

सरकारद्वारा हटाइएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्ववत् अवस्थामा काम गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ज्ञवालीले आफूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको रिटमा उल्लेख गर्दै अन्तरिम आदेश माग गरेका छन्।

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

सोमबार, ०३ माघ २०७३

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्।

जसले जित्छ त्यसलाई टिकट दिने होः देउवा

सोमबार, ०३ माघ २०७३

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताएका छन्।

नयाँ शक्ति र संघीय गठबन्धनबीचको कार्यगत एकता अन्तिम चरणमा

सोमबार, ०३ माघ २०७३

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको शक्ति नेपाल र संघीय गठबन्धनबीच कार्यगत एकता हुने भएको छ। छलफलमा आगामी ६ गते सोही ठाउँमा अर्को बैठक बसी कार्यगत एकता भएको संयुक्त विज्ञप्ति निकाल्ने तयारी भएको छ।

ब्राण्डेड कपडा शोरुम अब मैतीदेवीमा

सोमबार, ०३ माघ २०७३

ब्राण्डेड लेडिज कपडाहरुको विक्रेता आरपी ग्रुपले आफ्नो सेवा मैतिदेवीमा संचालनमा ल्याएको छ। आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा ग्रहकवर्गको सुविधालाई ध्यानमा राखेर आरपी ग्रुपले आफ्नो फेशन स्टोर नामक आउटलेट मैतिदेवीमा संचालनमा ल्याएको बजार व्यवस्थापक रोशन भण्डारीले बताए।

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

सोमबार, ०३ माघ २०७३

राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

मेसी र स्वारेजको फर्म निरन्तर

सोमबार, ०३ माघ २०७३

लियोनेल मेसीले आफ्नो उच्च फर्म तथा लुइस स्वारेजको गोल गर्ने क्रमले निरन्तरता पाएको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले लस पाल्मसमाथि ५–० को रबाफ जमाएको छ ।

जुत्ता चप्पल उद्योगको अध्यक्षमा कटुवाल

सोमबार, ०३ माघ २०७३

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा नरेश कटुवाल निर्वाचित भएका छन्। संघको गत पुस १३ गते सम्पन्न भएको दोेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा कटुवाललाई निर्वाचित गरेको हो ।

मेडिकल शिक्षामा अर्को पाइला

सोमबार, ०३ माघ २०७३

‘तिमी काटेजस्तो गर्नु, म मरेजस्तो गर्छु’ भन्ने एउटा उखान अहिले सरकार र निजी मेडिकल कलेजले व्यवहारमा उतारिरहेका छन् । सरकार नियम बनाएर कार्यान्वयन गरेजस्तो गर्ने, वास्तवमा कार्यान्वयन नगर्ने, मेडिकल कलेज नियम मानेजस्तो गर्ने तर व्यवहारमा ठ्याक्कै त्यसको उल्टो गर्ने ।

लक्ष्मी परियारका छोरालाई सहयोग

सोमबार, ०३ माघ २०७३

सानो वाङथलीकी लक्ष्मी परियारको हत्यापछि उनका तीन छोराको अध्ययनका लागि विदेशमा रहेका नेपालीले आर्थिक सहयोग पठाएका छन् ।

तत्काल निर्वाचन मिति घाेषणा गर्न एमालेकाे माग

सोमबार, ०३ माघ २०७३

नेकपा एमालेले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले स्थायी कमिटीको आइतबार सम्पन्न बैठकले संसद्मा प्रस्तुत निर्वाचनसम्बन्धी विधेयक पनि तत्काल पारित गराउन माग गरेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।