रघुनाथ लामिछाने

रघुनाथ लामिछाने

अनिष्टको सङ्केत !

शुक्रबार, २० असोज २०७४

नेपाली कङ्ग्रेस अहिलेसम्म टिकेको उसको पौरखले हुँदै होइन । वामपन्थीहरूको फुट र पुर्खे कङ्ग्रेसले धर्म नछाडिदिएका कारण मात्र उसको आकार अलि ठूलो देखिँदै आएको थियो । अब भने ऊ वास्तविक आकारमा आउनेवाला छ ।

स्थानीय सरकारमाथि ब्युरोक्रेसीको गिद्धेदृष्टि

मङ्गलबार, १० साउन २०७४

कार्यपालिकीय, व्यवस्थापिकीय र न्यायपालिकीय अभ्यास गर्ने अधिकार भएकै कारण स्थानीय तह स्थानीय सरकारको हैसियतमा छ । त्यसैले एउटा सरकारले अर्को सरकारलाई दिने निर्देशन नै अवैधानिक छ । र, भत्र्सनायोग्य पनि ।

अन्तर्घातको आत्मरति

सोमबार, २६ असार २०७४

कमजोरी औल्याउने, दलले लिएका नीतिमाथि समीक्षा गर्ने र सच्याउने वाचा गर्दै अघि बढ्नुपर्नेमा कङ्ग्रेसमा यो इच्छाशक्ति ठ्याम्मै देखिएन। यस्ता कुरालाई पाखा लगाउँदै उसले अहिलेको समस्याको सम्पूर्ण दोष थोपरेको 'अन्तर्घात' ले मनको लड्डुको काम त गर्ला तर डुब्नबाट बचाउने हैसियत भने राख्ने छैन।

देउवा सरकारको जग

मङ्गलबार, ३० जेठ २०७४

दुई वर्षीय बालक हत्या गर्नेलाई उन्मुक्ति दिने, प्रधान मन्त्री पुत्रीलाई जसरी पनि जिताउने खेलमा लोकतन्त्रकै खिल्ली उडाउने, क्षमताबाहिरको कुरामा सहमति गरेर भ्रम सिर्जना गर्ने, प्राथमिकतामा शून्य प्रगति हासिल गर्नेलाई नै 'सफल र इमानदार' ठान्ने मानसिकता स्वस्थताको परिचायक हुनै सक्दैन।

धन्यवाद सर्वोच्च

आइतबार, २४ बैशाख २०७४

संशोधन अब छिमेकीलाई मन्त्री बनाउन हैन, संविधानमा व्यवस्था भएको महाभियोगको धारामा गर्नुपर्छ। जसमा भनिनुपर्छ– आरोप पुष्टि भएन वा महाभियोग पारित भएन भने हस्ताक्षरकर्तालाई नै महाभियोग लगाइनेछ।

'परीक्षामा अनियमितता गर्नेलाई १ लाख जरिवाना र ६ महिना कैद'

बिहिबार, ०३ चैत २०७३

८२ वर्षदेखिको परम्परा तोड्दै संशोधित शिक्षा ऐनले आइन्दा कक्षा १२ को परीक्षालाई एसएलसी नामाकरण गरेपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइइ ग्रेड १०) भनिने भएको छ। एसएलसीकै प्रक्रिया तथा शैलीमा बिहीबारदेखि मुलुकभर सञ्चालन हुने एसइइको सम्पूर्ण तयारी पूरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

मधेसी दलका अस्पष्ट गन्तव्य

सोमबार, ३० फागुन २०७३

यतिबेला नेपालको राजनीति संविधान संशोधनको विषयमा घुमिरहेको छ। जसका कारण सिङ्गो मुलुक दुई ध्रुवमा विभाजित छ। संशोधनको वकालत गरिरहेको पक्षको नेतृत्व मधेसका क्षेत्रीय दलले गरिरहेका छन्।

द्वन्द्वपीडितका पक्षमा

शनिबार, २१ फागुन २०७३

सत्य निरूपण र बेपत्ता छानबिन आयोगबाट न्याय नपाउनेहरू पनि अन्ततः जाने मानव अधिकार आयोगमै हो, त्यसैले यी आयोग असफल हुँदा अर्थात् प्रभावकारी नहुँदा त्यसको भार मानव अधिकार आयोगले नखेपी सुखै छैन।

किसान निषेध अभियान

मङ्गलबार, १९ पुष २०७३

ऐन किसानसँग सम्बन्धित। कार्यक्रम किसानका लागि। बजेट सिध्याउनुपर्ने किसानको नाममा। तर झारफुक गर्ने झाँक्रीदेखि कूलपतिसम्म अटाउँदा पनि किसानैचाहिँ निषेध। आखिर किन?

हात्ती मिलनको परिणाम

बुधबार, २९ मङि्सर २०७३

सत्तासीन कङ्ग्रेस नेता नै विरोधमा, माओवादी नेता पनि विरोधमा, राप्रपासमेत विरोधमा । अनि जसका लागि भनिएको हो ऊ पनि विरोधमा । प्रतिपक्ष त नामैले पनि विरोधी हुने भइहाल्यो । त्यसैले संशोधन प्रस्ताव भ्रुण हत्याका लागि योग्य छ ।

संविधान संशोधनको विकल्प

आइतबार, १२ मङि्सर २०७३

प्रमुख प्रतिपक्षदेखि संशोधन माग गर्नेसम्म वेखुस हुने र मधेसी दल त्यसपछि पनि चुनावमा आउने निश्चितता नभएको अवस्थामा यो संशोधन कसको इशारामा कसलाई खुसी पार्न गर्न खोजिँदैछ ? अहिलेको मूल प्रश्न यही हो ।

दाहालको परिपक्वता परीक्षण

बिहिबार, १३ असोज २०७३

पहिलो, अब म पुरानो प्रचण्ड हैन, धेरै परिपक्व भइसकेँ भनेर दोस्रो पटक सत्ता सम्हाल्न पुगेका वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहालले सुरुमै एमालेले मन्त्रीको भाग पु¥याउन टुक्राएका दुई मन्त्रालय जोड्ने निर्णय सुनाए । मानौं, उनी आफ्नै दलको मात्र एकमना त्यो पनि चुस्त सरकार बनाउँदैछन् ।

चाहना र बहानाको मिलन

बुधबार, २६ साउन २०७३

हिंसात्मक गतिविधिले संसार परिवर्तन गर्ने भ्रमका पछि लागेर घर न घाटका पारिएका सर्वसाधारणको सङ्ख्या हजारौँमा छ अहिलेको माओवादी केन्द्र भनिने दलमा । कतिको त रोटीकै लागि सङ्घर्ष गर्नुपर्ने अवस्थासमेत छ।

कच्चा खेलमा कांग्रेसको ‘च्याट्रिक’

बुधबार, २२ असार २०७३

प्रधान मन्त्री चुनाव संसद्मा दोस्रो ठूलो दल एमालेको १८३ मत थियो । तेस्रो ठूलो दल एमाओवादीको ८३ मत थियो । चौथो ठूलो दल राप्रपा नेपालको २५ मत थियो ।

कृषि विकासका तगारा

सोमबार, १३ असार २०७३

रुपन्देहीस्थित किसानका लागि उन्नत वीउविजन कार्यक्रमले २०७२ असार २० गते अमेरिकाबाट ४१ लाख रुपियाँको ७ हजार डोज जर्सी सिमेन किन्यो। तर त्यो ६ महिनासम्म प्रयोगमै आएन। किनकि किन्नुअघि न यस्तो सिमेन प्रयोग गर्ने किसान पहिचान गरिएको थियो न त यसलाई प्रयोग गर्ने प्राविधिककै व्यवस्था।

कृषि विकासका तगारा

सोमबार, १३ असार २०७३

रुपन्देहीस्थित किसानका लागि उन्नत वीउविजन कार्यक्रमले २०७२ असार २० गते अमेरिकाबाट ४१ लाख रुपियाँको ७ हजार डोज जर्सी सिमेन किन्यो। तर त्यो ६ महिनासम्म प्रयोगमै आएन। किनकि किन्नुअघि न यस्तो सिमेन प्रयोग गर्ने किसान पहिचान गरिएको थियो न त यसलाई प्रयोग गर्ने प्राविधिककै व्यवस्था।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।