उपेन्द्र लामिछाने

‘माया गरौँ कि नगरौँ ?’

शनिबार, २९ पुष २०७४

विपत्तिपछि मान्छेको मन बुझाउने अनेक बाटा हुन्छन्। आस्तिकहरू भगवान् सम्झेर मन बुझाउँछन् भने नास्तिक प्राकृतिक नियम ठानेर। भूकम्पमा छोरो गुमाएका भक्तपुरे एक दम्पत्ती भने छोराको काखमा बाँचेको कुकुरसँग रमाउँदै मन बुझाइरहेका छन्।

जो व्रत बस्न एक महिना घर छाड्छन्

शनिबार, २२ पुष २०७४

एक सय ८८ महिला गत मंगलबारबाट शालीनदीमा  स्वस्थानी व्रतमा सहभागी भइरहेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका महिला रातो पहिरनमा सजिएर बत्ती कात्दै बस्दा शालीनदी क्षेत्रको माहोल नै अर्कै देखिएको छ।

‘पुनर्निर्माण बाटोतर्फ’ सुनकुमारको यात्रा

शनिबार, २२ पुष २०७४

सवारी साधनमा लेखिएका भावना कस्ता हुन्छन् ? सडक यात्रा गर्ने अधिकांशले सहजै उत्तर दिन सक्छन्– माया पिरतीका रमाइला र ठट्यौली भावना वा यस्तैयस्तै ।

‘रिपब्लिक’ नेपालमा ‘रोयल’ रहर

शुक्रबार, १४ पुष २०७४

हरेक दिन सुन्धारास्थित ‘नेपाल एयरलाइन्स’ (आरएनएसी) भवनअगाडि उपत्यकाका विभिन्न स्थानका लागि छुट्ने गाडीको ताँती लाग्छ । मिनिबस, माइक्रोबस र टेम्पोका सहचालकहरू ‘गोंगबु गोंगबु’, ‘बालाजु बालाजु’, ‘कोटेश्वर कोटेश्वर’, ‘लगनखेल लगनखेल’ जस्ता रुटको नाम लिँदै यात्रु बोलाउन व्यस्त हुन्छन् ।

क्रिसमसमा रमाउँदै युवा

सोमबार, १० पुष २०७४

पश्चिमा संस्कृतिको रूपमा नेपाल भित्रिएको क्रिसमस अहिले नेपालमा ‘लोकप्रिय’ हुँदै गएको छ । क्रिस्चियन धर्मावलम्बी मात्र होइन, गैरक्रिस्चियन पनि क्रिसमसमा रमाउन थालेका छन्।

भन्सारमा दलालकै दादागिरी

शनिबार, ०८ पुष २०७४

अमेरिकाबाट साथीले उपहार पठाइदिँदा नयाँबजारकी निशा अमाई जति खुसी थिइन्, उपहार लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्दा भने असाध्यै दुःखी बनिन्।

मादलको जितमा धिमेको गुञ्जन

शुक्रबार, २९ मङि्सर २०७४

‘यो जित कसको ? मादलको ! मादल कसको ? जनताको !’ एकातिर मादलको नारा लाग्दै गर्दा अर्कोतर्फ भने धिमे बाजा घन्कँदै थियो । भक्तपुर प्रतिनिधिसभा क्षेत्र– १ र प्रदेशसभा क्षेत्र– १ (ख) मा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेपछिको दृश्य हो यो ।

मधेसको चुनावी रङ (फोटो फिचर)

सोमबार, १८ मङि्सर २०७४

मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा  छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन्।

किसानका समस्या सम्बोधन गर्नेलाई भोट

सोमबार, १८ मङि्सर २०७४

चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो । पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।

‘चुनावपछि घोषणापत्रै बिर्सन्छन् नेता’

शुक्रबार, १५ मङि्सर २०७४

काठमाडौंको जैशीदेवलका सुरेन्द्रकुमार क्षेत्रीलाई चुनावका बेला नेताले बाँड्ने ठुल्ठूला आश्वासनको मतलब छैन । उनलाई आफ्नो टोलको जैशीदेवल मन्दिर चाँडै पुनर्निर्माण भइदिए हुन्थ्यो भन्ने चिन्ता छ । अरू आश्वासन बाँड्नुको साटो साढे दुई वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण गर्नेलाई भोट दिने सुरुमा छन् उनी।

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

सोमबार, ११ मङि्सर २०७४

बालाजुको भाटभोटेनीनजिकै विमला भण्डारीको खाजा पसल छ । विभिन्न पार्टीका उम्मेदवार उनको पसलमा भोट माग्न आइसकेका छन् ।

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

शुक्रबार, ०८ मङि्सर २०७४

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

‘हाम्रालाई होइन, राम्रालाई भोट’

सोमबार, ०४ मङि्सर २०७४

चुच्चेपाटीबाट महांकाल पानी ट्यांकी हुँदै कपनतर्फ लाग्दा बाटोमा भेटिन्छ, एउटा ठूलो चौतारो । अग्लो स्थानमा रहेको चौतारोबाट हेर्दा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ४ का अधिकांश भूभाग प्रस्टै देखिन्छन् ।

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

सोमबार, २७ कार्तिक २०७४

नांलेभारेकी सानीमैयाँ भुजेल शनिबार बिहान धुलाम्मे सडक हुँदै बारीतर्फ जाँदै थिइन् । त्यसैदिन साँझ कोटेश्वरका सुनिल ढकाल भने सडक पार गर्न पेटीमा उभिइरहेका थिए । बिहान सानीमैयाँलाई कोदो टिप्ने हतारो थियो भने साँझ भेटिएका ढकाललाई सडक पार गरेर क्याफेमा कफी पिउने धोको ।

मतदाता भन्छन्- ‘कुरा होइन, काम गर्नेलाई भोट’

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये धेरैले ग्रामीण क्षेत्रलाई छोएका छन् । क्षेत्र– १ ले भने काठमाडौंका कुनै पनि ग्रामीण क्षेत्रलाई छुँदैन ।

बाग्मतीमा मिलिजुली छठ

शुक्रबार, १० कार्तिक २०७४

फरक स्थान र समुदायका झा र पौडेलले प्रसादका रूपमा नरिवल, केरा र ठेकुवा चढाउँदै सूर्यलाई अर्घ दिँदा एकै परिवारका सदस्यजस्तै देखिन्थे । अघ्र्य दिइसकेपछि एकअर्काको निधारमा रातो टीका लगाइदिँदै उनीहरूले आफन्तझैँ आत्मीयता साटासाट गरे । झा र पौडेलका साथ उनीहरूका पारिवारिक सदस्यसमेत छठ पर्वमा सहभागी थिए ।

मखमली सपना !

सोमबार, ३० असोज २०७४

माला उनिरहेका किसानले मालासँगै आफ्ना मखमली सपना पनि गाँस्छन् । अचेल गुन्डुका किसान फूल टिप्न र माला गाँस्न व्यस्त छन् । कोही भने बजारीकरणमा लागेका छन् । तिहारअगावै उनीहरूका घरमा मालाका भारी छन् । गुन्डुका महिलाका मुहारमा आत्मनिर्भरताको खुसी समेत झल्केको छ ।

तबलाको तालमै जीवन

सोमबार, १२ भदौ २०७४

उनको तबलाको तालले समाजलाई समेत जोड्ने काम गरेको छ। कक्षा ६ मा पढ्दै गरेकीजनकपुरकी सुजिता मण्डल र कक्षा ३ मा पढ्दै गरेका राजधानीका मणि रिमालसँगै बसेर तबला बजाउँछन्। रौतहटकाचन्दनकुमार चौधरी भक्तपुरका सुजललाई ताथै सिकाउँछन्। 'सबै समुदायकामानिसको तबलाको तालमा रमाएका छन्,' भण्डारी भन्छन्, 'यो दृश्यनियाल्दापनिखुसी मिल्छ।'

खुर्सानीमय खोकना

शुक्रबार, ०९ भदौ २०७४

खोकनाका किसानले साउनदेखि टिप्न थालेका हुन्, खुर्सानी । उनीहरू टिपेका खुर्सानीलाई डोरीमा उनेर घरका झ्याल र बार्दलीमा झुन्ड्याउने गर्छन् । ‘यहाँ सबैजसो घरमा खुर्सानी झुन्ड्याइएको छ,’ खोकनाकी ६२ वर्षीय अष्टमाया महर्जन भन्छिन्, ‘हरेक वर्ष यसरी नै खुर्सानी सुकाइन्छ ।’

नातिनीको झोलाभित्र गुणमायाका सपना

शुक्रबार, ०२ भदौ २०७४

सिन्धुपाल्चोक बाह्रबिसेकी गुणमायाको कथा उनले हिँड्ने बाटोजस्तै टेढोमेढो छ। यस्तै वक्ररेखामा जीवनका धेरै   वसन्त पार गरेकी गुणमायाको जीवनमा भने कहिल्यै वसन्त आएन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।