सुरेन्द्र पौडेल

सरकारी प्राथमिकता एकातिर दाताको सहयोग अर्काेतिर

मङ्गलबार, ०२ माघ २०७४

नेपालले निर्धारण गरेको प्राथमिकताको सूचीमा क्रमशः बजेट सहायता, क्षेत्रगत पहुँच, कार्यक्रम सहायता, परियोजना सहायता, मानवीय सहायता र अन्य रहेका छन् । तर दातृ निकायले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउँदा भने क्रमशः परियोजना सहायता, मानवीय सहायता, कार्यक्रम सहायता, बजेट सहायता र क्षेत्रगत पहुँचलाई प्राथमिकतामा राखेको देखिएको छ । सरकारले निर्धारण गरेको प्राथमिकता सूची र दातृ निकायको प्राथमिकता सूची ठीक उल्टो देखिन्छ।

दाताको सहयोग सम्पन्नलाई नै बढी

शुक्रबार, २८ पुष २०७४

दातृ निकायले मानव विकास सूचकांक (एचडिआई) सबैभन्दा उच्च भएका जिल्लामा नै सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने गरेको पाइएको छ । आर्थिक वर्ष सन् २०१६÷१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडिआई सबैभन्दा उच्च भएका प्रदेश नम्बर १ र ३ मा दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ ।

आइएनजिओ र दातृ निकायको खर्च डेढ खर्ब

मङ्गलबार, २५ पुष २०७४

दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा नेपालमा १ खर्ब ५८ अर्ब ११ करोड ४० लाख रुपैयाँ (करिब १ अर्ब ५८ करोड ११ लाख ४० हजार अमेरिकी डलर) खर्च गरेका छन् । उनीहरुले यो रकम आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालको विकासमा खर्च गरेका हुन् । यो रकम उक्त आर्थिक वर्षमा विनियोजन भएको नेपालको कुल बजेटको २८.७७ प्रतिशत हो ।

उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक

आइतबार, २३ पुष २०७४

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् । बिहानदेखि बेलुकीसम्म भट्टाको चिम्नीबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् । उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् ।

यस्तो छ डेढ करोडको पार्क

बुधबार, १९ पुष २०७४

खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै रात्रिबस। ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

रकम फिर्ता नपाउँदा पीडित तनाबमा

सोमबार, १७ पुष २०७४

नेपालमा ठगी गरी जापान बस्दै आएका गोविन्द तिवारीलाई स्वदेश फर्काउन जापानस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल नगर्दा पीडित झन् पीडित बनेका छन् । परराष्ट्र मन्त्रालय मौन बस्दा र तीवारीलाई लुकाउन गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारी नै लाग्दा पीडितमध्ये केही मानसिक रोगीसम्म बनेका छन् त केहीले आत्महत्याको प्रयाससमेत गरेका छन् ।

एक वर्षमा पहुँचवालालाई सरकारले बाँड्यो ८३ करोड

सोमबार, १७ पुष २०७४

मन्त्रिपरिषद्को बिहीबार (पुस १३) को बैठकमा ऊर्जा मन्त्री कमल थापाले यस्तो प्रस्ताव लगे जसको विरोध कुनै पनि सदस्यले गरेनन् । उनको प्रस्ताव थियो– मन्त्रिपरिषद्का तत्कालीन उपाध्यक्ष तुलसी गिरीलाई आर्थिक सहायतास्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने । प्रधानमन्त्री शेरबहादुर देउवाले टाउको हल्लाएर सो प्रस्तावको समर्थन गरे ।

जोखिममा अग्नि नियन्त्रक, सुरक्षा भगवान् भरोसा

शुक्रबार, ०७ पुष २०७४

वीरगन्जको पटेलनगरपस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान ग्यास चुहावट भएको खबर आएपछि वीरगन्ज महानगरपालिकाको दमकल सेवा (जुद्ध वारुणयन्त्र) का कर्मचारी घटनास्थलतर्फ हुइँकिए । घटनास्थलमा दमकल रोकेर अग्नि नियन्त्रक (फायर पाइटर) बाहिरमात्र के निस्केका थिए ग्यास विस्फोट भयो र आगोको मुस्लो छुट्यो । मुस्लोमा परी २ जना अग्नि नियन्त्रकको मृत्यु भयो भने अन्य दुईजना गम्भीर घाइते भए ।

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

बिहिबार, ०६ पुष २०७४

दुईवटा जहाज खरिद गर्न बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको सरकारले भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय ग¥यो भने असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । सेनाले अहिले फेरि ३ अर्ब ४० करोड रुपैयाँमा दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

सरकारले कार्यकर्तालार्इ बाँड्याे १६ कराेड

बिहिबार, १४ मङि्सर २०७४

निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेका छन् ।

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

सोमबार, ११ मङि्सर २०७४

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

१९ महिनामा साढे चार अर्बको सम्पत्ति नष्ट

आइतबार, १० मङि्सर २०७४

विपद्का घटनाबाट मात्र पछिल्लो १९ महिनामा नेपालले साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । यसमा बाढी, पहिरो, चट्याङ, महामारी र आगलागीका घटनाबाट भएको व्यत्तिगत सम्पत्तिको क्षतिमात्र समावेश छ । सार्वजनिक सम्पत्ति र ठूला पूर्वाधारमा पुगेको क्षतिलाई यसमा समेटिएको छैन ।

सीमामा सधैँ त्रास

सोमबार, १३ कार्तिक २०७४

लेबनानको पूर्वमा पर्ने सानो सहर मेस एल जाबेल नजिक छ– शोहेब वेल (इनार) । शोहेब इनार लेबनान र इजरायलको ठ्याक्कै सिमानामा पर्छ । इनार एउटा छ, मुख तीनवटा । तीन मुखमध्ये एउटा लेबनानमा पर्छ भने बाँकी दुई इजरायलमा । एउटा इनारको तीन मुखलाई लेबनानतर्फ एउटा र इजरायलतर्फ दुईटा पार्न संयुक्त राष्ट्रसंघले बीचमा ‘ब्लु लाइन’ (काल्पनिक सीमारेखा) कोरिदिएको छ । सीमारेखाको एकातर्फ इजरायली सेनाको उपस्थिति छ भने अर्कोतर्फ लेबनानी सेना छ।

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

बिहिबार, ०९ कार्तिक २०७४

आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन् ।

रोहिन्जा रोक्न सीमामा कडाइ गर्न निर्देशन

बुधबार, २८ भदौ २०७४

सरकारले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिन्जालाई नेपाल प्रवेश गर्न नदिन भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भारत हुँदै रोहिन्जा नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि गृह मन्त्रालयले भारतसँग जोडिएका सीमा नाका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सतर्क रहन निर्देशन दिएको हो।

नेपालसँग कनेक्टिभिटी बढाउन चाहन्छौं : ली

शुक्रबार, २३ भदौ २०७४

चिनियाँ प्रधानमन्त्री ली खछयाङले चीन नेपालसँग कनेक्टीभिटी (सम्पर्क सञ्जाल) बढाउन चाहेको बताएका छन् ।

‘म नेपाल फर्कन चाहन्छु’

शनिबार, १७ भदौ २०७४

भाइ नरेन्द्रलाई स्वदेश फर्काउन अहिले रणबहादुर दिनहुँ कसै न कसैको घरमा पुगैकै हुन्छन् । दुई हात जोडी भाइ र उनको परिवारलाई नेपाल ल्याउन सहयोग गरिदिनु प¥र्यो भन्दै याचना गर्छन् उनी सबैसँग । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्याको पोको खोल्ने उनको धोको भने पूरा भएको छैन ।

कूटनीतिक कर्मचारीले २२ करोड कर तिर्न बाँकी

शुक्रबार, १६ भदौ २०७४

विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई बुझाएका छैनन् । कूटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रूपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ । यो बक्यौताबारे मौन बस्दै परराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।

नेपालको संविधानप्रति भारतीय असन्तुष्टि कायमै

शुक्रबार, ०९ भदौ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब दुई वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानप्रतिको असन्तुष्टिलाई निरन्तरता दिँदै नेपालसँग सम्बन्ध सुधारका लागि ‘नयाँ बाटो र अवसर’ माथि विशेष ध्यान दिएको बताएका छन्। उनले संविधानमा सबै वर्गका आकांक्षा समेटी सफल कार्यान्वयन गर्र्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याए।

दिल्लीसँग तीन प्रधानमन्त्रीका तीनथरी धारणा

शुक्रबार, ०९ भदौ २०७४

नयाँ संविधान जारी भएपछि भारत भ्रमणमा गएका तीन प्रधानमन्त्रीले संविधानबारे फरकफरक धारणा व्यक्त गरेका छन्। सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। संविधान जारी भएलगत्तै सरकार परिवर्तन भएकाले कोइराला प्रधानमन्त्रीको हैसियतमा भारत गएनन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।