अमृत भादगाउँले

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

सोमबार, २९ माघ २०७४

पूर्वको रमणिय डाँडा टेम्के आफैंमा विशाल टावर हो। त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले टावर निर्माण अभियान बीचमै अलपत्र परेको छ ।

अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

सोमबार, २९ माघ २०७४

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

हलेसी हुँदै रुपाकोट

शनिबार, २७ माघ २०७४

पछिल्ला केही वर्षदेखि बर्सेनी लाखौं नेपालीले हलेसी दर्शन गर्न थालेका छन् । मोटर बाटो जोडिएसँगै पूर्वको पवित्र भूमीमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । केही समय अघि जयरामघाटमा पक्कि पुल बनेकाले यात्रा झन् सहज भएको छ । हलेसीधाम त्रिधार्मिक संगम मानिन्छ । हिन्दुका भगवान शिव लुकेको ठाउँ, बौद्धमार्गीका गुरु पद्मसंभवले सिद्धि प्राप्त गरेको भूमी र किराती सभ्यतासँग जोडिएको ठाउँ भएकाले साझा तीर्थका रुपमा यसको महिमा ठूलो छ । तिर्थालु आ–आफ्ना आस्था र विश्वास अनुसार त्यसमा श्रद्धा दर्शाउँछन्।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल

मङ्गलबार, २३ माघ २०७४

वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले मुन्दुम पदमार्ग एक्सप्लोर गरिएको छ । काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो ।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल’

सोमबार, २२ माघ २०७४

पूर्वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्धेश्यले मुन्दुम पदमार्ग सुरु गरिएको छ। काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो।

ताङतिङ–याङ्जाकोट एक्सप्रेस (फाेटाे फिचर)

शनिबार, १३ माघ २०७४

होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्यका रुपमा चम्केका कास्कीका गाउँ हुन्–ताङतिङ र याङ्जाकोट । केही वर्ष अघिसम्म त्यहाँ पुग्न पोखराबाटै हिँड्नु पथ्र्यो । अचेल दुबै गाउँलाई सडक सञ्जालले जोडेको छ । काहुँखोलाबाट बस र जिप ओरीदोरी गर्छन । मोटर बाइकमा पनि सजिलै जान सकिन्छ।

फेमिली ट्रेक

शनिबार, २२ पुष २०७४

नेपालीमा पनि फेमिली ट्रेक गर्ने चलन सुरु भैसक्यो । पारिवारीक पदयात्राले आत्मीयता बढाउँछ । मातृभूमिको कला, संस्कृति, प्रकृती र जीवनशैली बुझ्न सिकाउँछ । खासमा पदयात्रा सबै उमेर समूहले गर्न सक्छन् । तन्नेरीहरु टफ यात्रा रुचाउँछन् । बुढापाका र बालबालिकालाई चाहिँ कम उचाई भएका ठाउँ राम्रो हुन्छ । परिवारै घुम्न मिल्ने धेरै पदमार्ग छन् हाम्रो देशमा । होटल, लज र रेष्टुँरा सुविधा भएका गोरेटामा हिँड्दा सजिलो हुन्छ । बयस्कहरु दिनमा ८ घन्टासम्म पदयात्रा गर्छन । बालबालिकासँग हिँड्दा चाहिँ दिनमा तीन–चार घन्टा बेस हुन्छ ।

हिउँ खेल्ने ?

शनिबार, १५ पुष २०७४

पुस–माघमा पहाडी थुम्काहरु हिउँको बर्को ओढेर सुत्छन् । हिउँ खेल्दा रमाइलो हुन्छ । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । नेपालमा धेरै छन् हिउँ खेल्ने ठाउँहरु । तीन ठाउँको यहाँ चर्चा गरिएको छ ।

लाली चढ्यो पूर्वमा

शनिबार, ०१ पुष २०७४

माझ किरात क्षेत्रको सिलिचुङ (४,१५५ मिटर) पुग्दा मकालु हिमाल आँखैमा टाँसिन्छ । सोलुखुम्बु सीमाको भोजपुरे डाँडाबाट सोलुका गाउँघर र साल्पा पोखरी छयाङै देखिन्छन् । सिलिचुङ बेस क्याम्प साल्पा पोखरी (३,७५०मिटर) हिन्दु, बौद्धमार्गी र किरातीको साझा तिर्थ मानिन्छ । जहाँ भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा मेला लाग्छ । मेलामा झाँक्रीको बाक्लो चहलपहल हुन्छ । भाकल पुरा भएपछि तिर्थालु नुहाउँछन् । पूजाअर्चना गर्छन । बलि पनि चढाउँछन् ।

मायालु पित्लेक

शनिबार, ०९ मङि्सर २०७४

अग्र्यानिक स्वादका लागि स्याङ्जाको पित्लेक गाउँ कहलिएको छ । ब्रेकफास्टमा कोदोको रोटी र मह पाइन्छ । फर्कंदा मह राम्रो कोसेली हुन्छ ।

७६औँ जिल्लाको खबर

शनिबार, १८ कार्तिक २०७४

नयाँ संविधानको भावनाअनुसार राज्य पुनर्संरचना गर्दा मुलुकभित्र दुई जिल्ला बढेका छन् । पहिला ७५ जिल्ला थियो, अहिले संख्या ७७ पुगेको छ । नवलपरासी जिल्ला नवलपुर र नवलपरासीमा बाँडिएको छ भने रुकुमलाई पूर्वी र पश्चिम रुकुमका रूपमा फुटाइएको छ।

सधैँ घुमफिर वर्ष

आइतबार, २२ असोज २०७४

बर्सेनि लाखौं नेपाली मुलुकभित्र घुम्छन् । कसैको आग्रहमा घुमेका होइनन् उनीहरु, स्वेच्छाले घुम्दैछन् । आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रमा पुर्याएको योगदानको कहिँकतै चर्चा गरिँदैन । कस्तो बिडम्बना ! आन्तरिक पर्यटन लक्षित नीति बनेका छैनन् । त्यसैले अब आन्तरिक पर्यटनको विषयमा राष्ट्रियरुपमै बहस छेड्नु पर्छ ।  पोहोर सामाजिक सञ्जालमा आन्तरिक पर्यटनका तस्बिर निकै छापिए । कोही मनाङको तिलिचो ताल पुगेका, कोही मुक्तिनाथ । कोही राराताल अनि कोही खप्तड डुलेका । घुमफिरका सुन्दर तस्बिर देख्नेहरुको टिप्पणी थियो, ‘अब नेपाली पनि घुम्न थाले ।’

खप्तड कसरी पुग्ने ?

शनिबार, ३१ भदौ २०७४

धेरैले सुनेको र घुम्न चाहेको सुन्दर सुदूरपश्चिमको भूमि–खप्तड । अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य । प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ । तनाबबाट मुक्ति मिल्छ । आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे । स्कन्द पुराणमा खप्तडको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । त्यहाँ त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा छन् ।

अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

शुक्रबार, २३ भदौ २०७४

दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।

अनायासै गीतकार

शनिबार, १७ भदौ २०७४

डोट्याली युवा हिमाल साउदले पहिलो पाइलामै सफलताको शिखर चुमे । संगीतकार कालीप्रसाद बाँस्कोटाको सहकार्यमा लेखिएको ‘सुन साइँली’ बोलको गीतले उनलाई गीतकारको चिनारी दियो । उनका केही गीत रेकर्ड हुने क्रममा छन् ।

साहसिक उपचार

सोमबार, २३ साउन २०७४

साहसिक खेलले मनलाई एकाग्र बनाउँछ । तनावबाट मुक्ति मिल्छ । आत्मविश्वास बढ्छ । मनमा आनन्द छाउँछ । तन र मन दुवैमा स्फूर्ति बढ्छ । त्यसैले त छाँगावरोहण, पदयात्रा, राफ्टिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बञ्जी जम्पजस्ता गतिविधिमा झुम्मिँदैछन् नेपाली । स्वस्थ शरीर र आँटिलो मन भएकाहरु एडभेन्चरमा रमाउँछन् ।

साउने झरीमा...

शनिबार, ३१ असार २०७४

सूर्यले गति परिवर्तन गरेको समयका हिसाबले नेपाली समूदाय तीनवटा संक्रान्तिलाई बिशेष महत्व दिन्छ, वैशाख संक्रान्ति, माघे संक्रान्ति र साउने संक्रान्तिलाई । साउनमा सूर्य उत्तरबाट दक्षिणतिर लाग्छन् ।

बिरामी बचाउने म्याग्देली मोडल

शनिबार, १७ असार २०७४

आर्थिक अभावले अकालमा कसैले मर्नु नपरोस् भनेर उपचारमा सघाउन डेढ करोड रूपैयाँ राशीको ओमकुमारी शान्ति कोष बनाइँदैछ । आजसम्म कोष मातहत ३२ जनाको उपचार भइसकेको छ ।

म्यागसेसे पुरस्कार लिलामीमा

शनिबार, १३ जेठ २०७४

राष्ट्रिय आविष्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँनयाँ आविष्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपछि उनले यस्तो जुक्ति निकालेका हुन् ।

चम्किरहेछ बन्दीपुर

सोमबार, २८ चैत २०७३

नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ । त्यहाँ बजारमा नेवार शैलीका घर छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।