पवित्रा सुनार

पवित्रा सुनार

राजधानीको प्रदूषणले बढायो श्वास–प्रश्वासका बिरामी

सोमबार, ०४ मङि्सर २०७४

विभिन्न भौतिक संरचना निर्माणका क्रममा निस्किने धुलोको प्रदूषणले राजधानीका बासिन्दालाई रोगी बनाउँदै लगेको छ । प्रदूषणले राजधानीवासीमा मुख्यतया श्वास–प्रश्वास सम्बन्धी विभिन्न रोग बढाउँदै लगेको छ ।

प्रचार सामग्री बनाउन भ्याइनभ्याई

मङ्गलबार, २१ कार्तिक २०७४

नजिकिँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरूलाई भ्याइ नभ्याइ छ । बागबजारका आर्ट पसल पार्टी कार्यलय नै हुन् कि भन्ने भान पर्छ । माग आउन् या नआउन् उनीहरू माग पूरा गर्ने तयारीमा छन् ।

दुई सय प्रदूषित सवारीलाई कारबाही

बुधबार, १५ कार्तिक २०७४

प्रदूषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् ।

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

शनिबार, ११ कार्तिक २०७४

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचनमा ठूला दलहरुले नै ऐनअनुसार महिला उम्मेदवार नदिएकामा अन्तरपार्टी महिला सञ्जालले आपत्ति जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले सो आपत्ति जनाएको हो।

तनावले बढाउँदै सडक दुर्घटना

शनिबार, ११ कार्तिक २०७४

पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडकछेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिषद्का प्रहरी निरीक्षक सीताराम हाछेथूले भने।

बुटवलका डेंगु बिरामी राजधानी धाउँदै

बिहिबार, ०९ कार्तिक २०७४

स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि  बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने।

चिकित्सक र अस्पतालविरुद्ध दर्जनौं मुद्दा

मङ्गलबार, ०७ कार्तिक २०७४

क्षतिपूर्ति समितिमा पुगेका मुद्दा पनि निर्णय प्रक्रियामा हुने ढिलाइका कारण वर्षौ सचिवलायमै थन्किन्छन् । निर्णय प्रक्रिया ढिला र लामो भएकै कारण कतिपय वादी पक्ष नै बीचैमा सम्पर्कमा नआउने गरेको अभिलेखमा देखिन्छ । पाँच वर्षको अवधिमा दर्ता भएका १८ वटा मुद्दामध्ये एकमा क्षतिपूर्ति निर्णय भएको छ ।

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

सोमबार, ०६ कार्तिक २०७४

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

शनिबार, २८ असोज २०७४

चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो ।

मनोरोगीको संख्या बढ्दै

बुधबार, २५ असोज २०७४

नेपालमा डिपे्रशन र एन्जाइटीका रोगी बढेको मानसिक रोग विशेषज्ञहरूले जनाएका छन् । २५ औं विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनीहरूले सो जानकारी दिएका हुन् । तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको पाँचदेखि सात प्रतिशत यी रोगका बिरामी छन् अर्थात् आठदेखि दश लाख मानिसमा मनोरोगको प्रकोप परेको छ । त्यसमा पनि महिलाहरू बढी प्रभावित छन् । तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिपे्रशनका बिरामी मध्ये दुई जना महिला पर्छन् ।

अस्पताल र चिकित्सकविरुद्ध ११ करोड क्षतिपूर्तिको माग

शुक्रबार, २० असोज २०७४

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सकविरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

बुधबार, १८ असोज २०७४

सडकै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म झोल्लिएका बिजुली र टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडकचोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू ।

‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’

बुधबार, ११ असोज २०७४

नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।

दशैका खाना कस्तो हुनु पर्छ ?

शनिबार, ०७ असोज २०७४

दशैंमा राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खान सकेमा स्वस्थ र स्वादिलो दसैं बन्छ । यी परिकार मांसाहारीले पनि खाएमा फाइदा पुर्याउँछ ।

मौलाउँदो ‘डिनर कल्चर’

सोमबार, ०२ असोज २०७४

गायक कमलमान सिंह पहिला साथीभाइसँग रमाइलो गर्न रेस्टुरेन्ट जान्थे । अहिले भने उनी प्रायः आफ्ना बाबुआमासँग छुट्टीको दिन रेस्टुरेन्ट जान्छन् । चिनियाँ खानाका लागि ज्याठा र कोरियनका लागि ठमेल जाने गरेको उनी बताउँछन् । अनि नेपाली र इन्डियन खानाका लागि भने उनी पुग्छन्, गैरीधाराको तामा रेस्टुरेन्ट।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

बिहिबार, २९ भदौ २०७४

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

शनिबार, २४ भदौ २०७४

मःमः संसार रेस्टुराँ पुग्ने जो कोहीको नजर भित्तामा लेखिएका सन्देशमा जाने गरेको छ । ‘स्टप क्यान्सर’, ‘नो स्मोकिङ’, ‘धूमपानको कारण प्रत्येक दिन १५ हजार मानिसलाई मर्छन्’, ‘क्यान्सरको पीडा एक जनाले मात्र सामना गर्नुपरेको छैन त्यसैले सबै मिलेर क्यान्सर निर्मुल गरौं’लगायत सन्देश भित्तादेखि कम्पाउन्डसम्म लेखिएका छन् ।

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

शुक्रबार, २३ भदौ २०७४

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

आइतबार, १८ भदौ २०७४

बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

चाडपर्वमा कसरी खाने ?

शनिबार, १७ भदौ २०७४

अब चाडबाडको मौसम सुरु भएको छ । भदौ लाग्नेबित्तिकै हामी नेपालीलाई विविध किसिमका चाडपर्वले छपक्क छोप्छ । विविध जातजाति र तिनका चाडपर्वलाई हेर्ने हो भने वर्षभरि नै कुनै न कुनै पर्व पर्छन् । नेपालीको क्रय शक्ति बढ्दै जाँदा पर्वैपिच्छे भोजमा सामेल हुने, भोजका लागि डाक्ने चलन पहिलेभन्दा बढ्दै गएको छ । यस्तोमा हामी टन्न खाने गर्छौं तर खानपिन गर्न नजान्दा हामीले हाम्रै स्वास्थ्यलाई असर पारिरहेका हुन्छौँ । के हामीले चाडपर्वमा उचित तरिकाले खाइरहेका छौं त ?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।