चाँदनी हमाल

अझै पास भएन ललितकला आर्थिक नियमावली

बिहिबार, २७ पुष २०७४

२०६८ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सुरु भयो । त्यस बेलाको प्राज्ञ र परिषद्को सिंगो सभाले कर्मचारी नियमावली र आर्थिक नियमावली बनाएर सम्बन्धित निकायमा पठायो । कर्मचारी नियमावली सामान्य प्रशासन मन्त्रालयबाट पारित भएर आयो । प्राज्ञहरूको एक कार्यकाल चारवर्षको रहने गर्छ । तर अर्थ मन्त्रालयमा पुगेको नियमावली दोस्रो कार्यकाल सकिन लाग्दासमेत पारित भएर आएको छैन ।

ओझेल हुँदै राष्ट्रिय गीत

सोमबार, २४ पुष २०७४

नेपाल सरकारले आफ्नो राष्ट्रिय नीतिमै देशको कला, संस्कृति, गीत संगीत जस्ता राष्ट्रिय धरोहरलाई अनुत्पादक विषयवस्तु भनेर राखेको छ ।कला अन्तर्गत गीत संगीतभित्र पर्ने राष्ट्रिय गानलाई त झन् कला संगीतको बजारले नै अनुत्पादक घोषणा नै गरेको अवस्था छ ।

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

बुधबार, १९ पुष २०७४

कलाकार शंकरराज सिंह सुवालले आफ्नो ६० वर्षे कलाकारिमा कोरेका कलाकृतिको दोस्रो संस्करणको प्रदर्शनी सुरु गरेका छन् । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको ‘६० वर्षे सृजनशिल यात्रा’ शिर्षकको कला प्रदर्शनीले उनका कलाको पुनरावलोकन गरेको छ ।

आँखा देखाउने विकटका डाक्टर

मङ्गलबार, १८ पुष २०७४

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल । तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो । ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

हल नपाउँदा सेवाग्राहीलाई सास्ती

शुक्रबार, १४ पुष २०७४

दुई वर्ष अघिको भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गत असारदेखि चलिरहेको छ । पुनर्निर्माणका कारण सभाहल बन्द हुँदा सभाहलमा हुने ठूला कार्यक्रममा प्रत्यक्ष असर परेको छ । ‘प्रतिष्ठानको सभाहलमा स्कुलको वार्षिकोत्सव गर्नलाई हल बुक गर्न आएको खाली हात फर्किनुप¥यो,’हल बुक गर्न भनि आएका सुरेश कर्णिकारले भने, ‘अब अर्को हल कहाँ खोज्न जानु ।’ उनीजस्तै कार्यक्रम गर्न खोज्नेहरू यसरी नै प्रतिष्ठानबाट निराश फर्कने गरेका छन् ।

कार्यविधिबिना चल्छ ललितकला

बुधबार, १२ पुष २०७४

सरकारी वा गैर सरकारी निकाय संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिका आधारमा चल्नुपर्ने प्रावधान छ । तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादन कार्यविधी र निर्देशिका भन्दा ठिक उल्टो छ । ऐन नियमसँग नबाझिने गरी हरेक निकायले कार्यविधि र निर्देशिका बनाएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

आइतबार, ०९ पुष २०७४

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

संक्रमणकालीन न्याय पनि सकियो ?

मङ्गलबार, ०४ पुष २०७४

संक्रमणकालीन न्यायको सिद्धान्तअनरूप गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद आउँदो माघ २६ गते सकिँदै छ । कामभन्दा बढी समय तलबमात्र लिएर समय बिताएका आयोगका पदाधिकारीहरू समय लम्ब्याउने ध्याउन्नमा छन् । केहीले त द्वन्द्व पीडितलाई आयोगको समय बढाउन धर्ना दिन आउनुस्समेत भन्न भ्याइसकेका छन् । केही भने नयाँ आयोग गठन गरेर काम थाल्नुपर्छ भन्नेमा छन् ।

जीवनको खुशी खोज्दै नम्रता चित्र

सोमबार, ०३ पुष २०७४

प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको अवस्था सम्झाउन कलाकार नम्रता सिंहले कला प्रदर्शनीकै बाटो रोजेकी छन् । ललितपुरको नेवा छेँ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु उनको दोस्रो एकल कला प्रदर्शनी ‘फ्र्यागनेन्स अफ लाइफ’ मा नम्रताले जीवनका स–साना खुशीलाई चित्रमा उतारेकी छिन् ।

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

बुधबार, २७ मङि्सर २०७४

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको ‘सेड्स अफ ह्युस’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा रानीसहित नेपाल–भारतका झण्डै दुई दर्जन कलाकारका कला राखिएका छन् ।

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

बुधबार, २० मङि्सर २०७४

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए । सोही अवसरमा आधा दर्जन गीतकारलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

भोट हाल्न सिकाउँदै कलाकार

बुधबार, १३ मङि्सर २०७४

यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको देशभर चटारो छ । पहिलो चरणको निर्वाचन सकेपछि दोस्रो चरणमा भोट हाल्न कलाकार पनि व्यग्र छन् । यस्ता कलाकार  कोही घरमा आएकासँग त कोही आफ्नै प्रयासले मतदान गर्ने विधि सिकिरहेका छन्।

६० हजार मुद्दाको छानबिन

मङ्गलबार, १२ मङि्सर २०७४

चितवनको माडीस्थित बाँदरमुढे बम विस्फोटका घाइते कृष्ण अधिकारीलाई न्याय पाइन्छ भन्ने आशा मरेको थिएन । तर असारदेखि सुरु भएको छानबिन प्रक्रिया निकै सुस्त हुँदा उनी निरासिए । ‘खै हाम्रो पालो कहिले आउला, पहिलो चरणकै काम सकिएको छैन भन्छन्,’ उनलाई सोध्ने अरू द्वन्द्वपीडितलाई उनी यस्तै जवाफ दिन्छन् । माडीको सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए । ७० बढी घाइते भएका थिए ।

सेरामिक्स प्रेमी गोपाल

शुक्रबार, ०८ मङि्सर २०७४

झण्डै २७ वर्ष अघि गोपाल कलाप्रेमीलाई भक्तपुरका कुमाले समुदायलाई तालिम दिन पठाइयो । त्यतिबेला गोपाल ललितकला पढ्थे र रत्नकाजी महर्जन उनका गुरु थिए । नेपालमा सेरामिक्स प्रवद्र्धन परियोजना सुरु भएको थियो । त्यसैमा महर्जनले गोपाललाई भक्तपुरका कुमालेलाई सेरामिक्सका भाँडा सिकाउने जिम्मेवारी दिएका थिए ।

बहसमा ‘शैव र शाक्त’ दर्शन

सोमबार, ०४ मङि्सर २०७४

स्त्रीत्वलाई महत्व दिने शाक्त दर्शन र शिव भाव बोल्ने शैव दर्शनबारे नेपालका दार्शनिकहरुले बहस गरेका छन् । पूर्वीय दर्शनका बलियो पात्रका रुपमा रहेका शाक्त र शैव दर्शनले नेपाली समाजको इतिहास र वर्तमानलाई समेत बलियो बनाउने दाबी उनीहरुको छ ।

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शुक्रबार, ०१ मङि्सर २०७४

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।

वेपत्ता भएकी ‘झ्यालिन्चा’

मङ्गलबार, २८ कार्तिक २०७४

युवतीलाई झ्यालिन्चा (गाइनेकिरा) एकदमै मनपर्ने । सानीछँदा युवती झ्यालिन्चा वरिपर खुब कुद्ने । पछि, उनका आमाबाले उनलाई झ्यालिन्चा नै भन्न थाले । सशस्त्र द्वन्द्व कालमा गाउँघरमा झ्यालिन्चाको धून र गतिलाई बमबारुदले छोपिदियो ।

बाल नाटक महोत्सव सुरु

मङ्गलबार, २१ कार्तिक २०७४

बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

डायस्पोरिक कवितामा गुणस्तरको चिन्तन

सोमबार, ३० असोज २०७४

पछिल्लो समय नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई विश्व सामु चिनाउन डायस्पोरिक साहित्य एउटा माध्यम बन्दै गएको छ । राजधानीमा यतिबेला विदेशमा बस्ने नेपालीहरूको विश्वसम्मेलनको माहोल छ । यही माहोलकै बीच नेपाली डायस्पोराका कवितामाथि राजधानीमा बहस गरिएको छ।

रंगशाला बनाउन सहयोग

मङ्गलबार, २४ असोज २०७४

विदेशमा बसेर काम गर्ने गैरआवासिय नेपालीहरुले चितवनमा बन्न लागेको राष्ट्रिय स्तरको रंगशाला निर्माणमा हात हालेका छन् । उनीहरुले चितवन स्थित रंगशाला निर्माणका लागि प्रत्यक्ष आर्थिक सहयोग हातहातै दिन जुटेका हुन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।