रमेशकुमार पौडेल

चितवनमा विवेकशिल कतै तेस्रो कतै चौथो

मङ्गलबार, २६ मङि्सर २०७४

वैकल्पिक शक्तिको नारा दिएर भर्खर गठन भएको नयाँ दल विवेकशिल साझा पार्टीका उम्मेदवारहरुले चितवनमा निकै कम मत ल्याएका छन् । तर सो पार्टीका उम्मेदवारहरु कुनै क्षेत्रमा तेस्रो स्थानमा त कुनैमा चौथो भएका छन् ।

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

सोमबार, २५ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

चितवनका सबै प्रदेशमा वामपन्थी विजयी

सोमबार, २५ मङि्सर २०७४

चितवनका छवटा प्रदेशसभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको छ । छ प्रदेशमै वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । पछिल्लो पटक घोषणा भएको चितवन क्षेत्र नं. ३ को प्रदेश सभा १ को अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण भुर्तेलले नेपाली काँग्रेसका दिनेश कोइरालालाई पराजित गरेका छन्।

पछिल्लो परिणाममा यस्तो छ दाहालको अवस्था

सोमबार, २५ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये सोमबार बिहानसम्म लगभग दुई तिहाई मत गनेर सकिएको छ।  सो क्षेत्रको ६२ हजार १३२ मत गणना हुँदा दाहालले ३२ हजार ६७३ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको २४ हजार २६० मत आएको छ।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

चितवन क्षेत्र नं. २ मा एमालेका पोखरेल विजयी

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गरेका हुन् । प्रतिनिधि सभाको क्षेत्र नं. १ र ३ मा मत गणना जारी नै छ । सोमबार अबेलासम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

दाहालले लिए ५ हजार मतको अग्रता

आइतबार, २४ मङि्सर २०७४

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब पाँच हजार मतको अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार उनी १९ हजार ७२६ मतसहित अग्र स्थानमा छ।

दाहालले मतान्तर ४ हजार बढी पुर्‌याए

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना प्रतिद्वन्द्वी विक्रम पाण्डेसँग ४ हजार भन्दा बढी मतान्तर बनाएका छन् । दाहालले अहिलेसम्म १७ हजार १६१ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

आइतबार, २४ मङि्सर २०७४

चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र गरी सबै नौ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन् । धेरैले चासो दिएको चितवन क्षेत्र नं. ३ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेभन्दा चार हजार बढी मतले अगाडि छन् ।

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

शनिबार, २३ मङि्सर २०७४

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डै २ हजार मतको अग्रता लिएका छन्। प्रतिनिधि सभा सदस्यमा चितवन-३ बाट उम्मेदवार रहेका उनले निकटम प्रतिद्वन्द्वीसँग ३ हजार ८१८ मतको अग्रता लिएका हुन्।

चितवन ३ : दाहाल फराकिलो अग्रतातर्फ

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुवाती परिणाममा पछाडी परे पनि अहिले उनले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर बढाउँदै लगेका छन् ।

चितवन ३ मा दाहालको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

चितवन ३ मा झिनो मतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन्। दाहाले १००३ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ९८० मत प्राप्त गरेका छन्। दाहाल पाण्डे भन्दा २३ मतले अगाडि छन्। दाहाललाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ।

चितवन ३ मा विक्रम पाण्डेको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन्। पाण्डेले ६८७ प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४७३ मत प्राप्त गरेका छन्। यो परिणाम १२३९ मत गणना हुँदाको हो।

चुनावको उत्साह (फोटो फिचर)

बिहिबार, २१ मङि्सर २०७४

चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

जुन भए पनि गठबन्धनको बहुमत आउँछ : दाहाल (भिडियो)

बिहिबार, २१ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो निर्वाचनबाट जुन गठबन्धनको भए पनि बहुमत आउने बताएका छन्। चितवनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

चितवनमा २० प्रतिशत मतदान

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनमा आज बिहानदेखि भइरहेको मतदानमा लगभग २० प्रतिशत मतदाताले मत हालिसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ‘अघि १० बजेसम्म ठाउँ ठाउँका साथीहरुले गरेको रिपोर्टिङअनुसार २० प्रतिशतको हाराहारीममा मतदान भइसकेको बुझिन आएको छ’ कार्यालयका प्रमुख हरि ढकालले भने ।

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

बिहिबार, २१ मङि्सर २०७४

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

मतदाताहरु झिसमिसेमै मतदान केन्द्रमा

बिहिबार, २१ मङि्सर २०७४

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज हुने मतदानका लागि मतदाताहरु झिसमिसेमै मतकेन्द्रमा लामबद्ध हुन सुरु गरेका छन् ।

दाहाल मतदाता पनि चितवन क्षेत्र नं. ३ कै

बुधबार, २० मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुन आफ्नो पुरानो थलो चितवन क्षेत्र नं. ३ मात्रै फर्केका छैनन् मतदाता पनि सोही ठाउँका भएका छन् । यसअघि सम्पन्न तीनवटा निर्वाचनमा दाहालले हाल भरतपुर महानगरपालिकाको वडा नं. ४ मा पर्ने लक्ष्मी माविमा मतदान गर्दै आएका थिए । यो पटक उनी उम्मेदवार हुन चितवन आउनुका साथै मतदाता पनि भरतपुर महानगरपालिका वडा नं. १४ का भएका छन् । सो वडामा शिवनगर पर्छ ।

'काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं'

बुधबार, २० मङि्सर २०७४

चितवनको शक्तिखोर बजार नपुग्दै गैरीबारी चोकमा एउटा सामान्य चिया पसल छ। सो पसलमा मिठो जेरी पनि बन्ने गर्छ। निर्वाचनको मौन अवधि सुरु भएको दिन मंगलबार बिहान सो पसल पुग्दा मान्छेहरु कोही थिएनन्। पसल मालिक जयबहादुर प्रजा अर्थात चेपाङ भन्दै थिए ‘हेर्नु न आज चीनी नभएर न चीया पकाउन पाइयो। न जेरी बनाउन।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।