टेकनारायण भट्टराई

टेकनारायण भट्टराई

उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)

बिहिबार, २८ पुष २०७३

मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।

आकासबाट हिमाल नियाल्दा (फोटो फिचर)

शुक्रबार, ०८ पुष २०७३

काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्।

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

शुक्रबार, १७ मङि्सर २०७३

नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।

‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’

बिहिबार, ०९ मङि्सर २०७३

‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’

पहाडकाे खाेँचमा साँघुराे रन वेः 'ताल्चा, द डेन्जरस एयरपाेर्ट' (फाेटाे-भिडियाे)

शुक्रबार, ०३ मङि्सर २०७३

विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू।  ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो।

चन्द्रमा पृथ्वीको नजिक अाउँदा (फाेटाे/भिडियाे)

मङ्गलबार, ३० कार्तिक २०७३

करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे। पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे? हेराैं फाेटाे र भिडियाेः

साहासिक उडानको एक झलक-ताल्चा एयरपोर्ट (भिडियो)

शनिबार, २७ कार्तिक २०७३

मुगुको ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य उतारिएको विशेष नागरिक शोः

रारा तालमा 'नागरिक शो'

बिहिबार, २५ कार्तिक २०७३

अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ। प्रस्तुत छ रारा तालको प्रचुर सुन्दरता झल्काउने नागरिक शोः

रुप फेरिरहने रारा

सोमबार, २२ कार्तिक २०७३

सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन। रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ।

माधव अंकल, इमेल पाउनु भो ? रिप्लाइ प्लिज !

मङ्गलबार, ११ असोज २०७३

‘फेसबुक म्यासेन्जरमा मैले इमेल एड्रेस पठाउँछु, मेरो इमेलमा फोटो पठाउनुस् है।’ जाँदाजाँदै उहाँले दोहोर्याएर आफ्ना फोटोहरु पठाउन आग्रह गर्नुभयो। अंकल, मैले खिचेका तपाईँका तस्बिर हेर्दा यतिबेला मेरा आँखा रसाइरहेका छन्। म हजुरको जवाफ कुरिरहेको छु, तपाईँ कहाँ हुनुहुन्छ अंकल? एउटा प्रश्न सोधुँ? –फोटो पाएँ भनेर इमेलमा कहिले रिप्लाइ गर्नुहुन्छ? –रिप्लाइ प्लिज !

कमल थापाको ठहरः दिल्लीमा ‘प्रचण्ड विलय’

बिहिबार, ०६ असोज २०७३

सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

दाहालले बोलाएको पूर्वप्रधानमन्त्री बैठकमा अाेली अनुपस्थित

मङ्गलबार, २८ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग राय लिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पूर्वप्रधानमन्त्रीसँगको छलफलमा दाहालले भारत भ्रमणकासम्बन्धमा सुझाव लिएका हुन्। पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध र सम्झौताहरु अगाडि बढाउन सुझाव दिएका छन्।

अधुरो रह्यो दुई पाइलटको भेट

मङ्गलबार, २५ साउन २०७३

यो वर्ष बर्षातयाम सुरू भएपछि रञ्जनले पृष्ठभूमिमा बाक्लो कुहिरो देखिने भिरालो ठाउँमा हेलिकप्टर ल्याण्ड गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका थिए- ‘ह्याप्पी मनसुन, स्टे र एण्ड सेफ।’ पाइलटहरूका लागि मनसुन सिजन जोखिमपूर्ण मानिन्छ। लामा भन्छन्- ‘अहिले म उसको त्यो पोष्ट सम्झिरहेको छु, ऊ बादलमै अलमलिएर दुर्घटनामा परेको जस्तो लाग्छ।

मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

आइतबार, २३ साउन २०७३

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।

‘लाइभ’ पहिरो पछ्याउँदा...

आइतबार, १६ साउन २०७३

एउटा घत लाग्दो कुरा के छ भने नारायणगढ–मुग्लिन सडकमा प्रायः देखिने एउटा दृश्य अचेल लगभग लोप भएको छ। त्यो के हो भने यो सडकमा नेता, मन्त्री र उच्च तहका कर्मचारीहरु अचेल हिड्नै छाडेका छन्। त्यसैले यहाँ चिल्ला गाडीमा स्कर्टिङमा हिड्नेहरु हिजोआज भेटिदैनन्। उनीहरुसँग आरामदायी विकल्प छ–त्यो हो हवाई यात्रा। त्यसैले भुक्तभोगी यात्रुहरु के पनि गुनासो गर्छन् भने–यहाँको दुःख साधारण नागरिकलाई मात्र थाह हुन्छ, नेता, मन्त्री र उच्च तहका कर्मचारीहरुलाई यहाँको पीडाबोध पटक्कै छैन।

नेपाली राजनीतिमा भारतलाई उछिन्दै चीन, नयाँ रणनीति रच्दै भारत

मङ्गलबार, ०४ साउन २०७३

नेपालको राजनीतिमा चीन प्रत्यक्ष भूमिकामा उत्रिएको भन्दै भारतमा भय र सतर्कता बढेको छ। नेपालमा सरकार टिकाउने र ढलाउने खेलमा चीन प्रत्यक्ष संलग्न हुन थालेको भारतको बुझाइ छ। पछिल्ला केही समययता नेपाली राजनीतिमा चीन अभूतपूर्व सक्रिय रहेको भन्दै भारत त्यसको काउण्टरमा उत्रने तयारीमा देखिन्छ। नेपाल मामिलाका जानकार भारतीय सेनाका पूर्व रथी अशोक मेहताले यसको स्पष्ट खुलासा गरेका छन्।

मुस्ताङको पहरामा नुनः मन्त्रीले चाख्दै भने– चर्को छ

आइतबार, ०२ साउन २०७३

सरकारी तहबाट मुस्ताङको नुन खानीलाई थप व्यवस्थित गर्ने र त्यसबाट लाभ लिनेबारे पटक्कै चासो पुगेन। उल्टै आयोडिन नभएको नुन नखानु भनेर सरकारी तहबाटै प्रचार गरियो। विस्तारै मानिसहरुले यहाँको नुन खान छाडे। केही पछिसम्म घर पालुवा चौपायालाई खुवाउनमा मात्रै यो नुनको प्रयोग खुम्चियो। झन्झन् पछि नुन उत्पादक स्थानीय निरुत्साही भए र यो नुनको बजार एकाएक सुक्यो।

कोरला कैरन

शनिबार, २५ असार २०७३

यो साता उपल्लो मुस्ताङ दुई कारणले अधिक चर्चामा रह्यो– युरेनियम खानीबारे मन्त्रीको भ्रमण र अभिव्यक्ति एवं कोरला नाका। उद्योगमन्त्री सोमप्रसाद पाण्डे खानी तथा भूगर्भ विभागका विज्ञसहित युरेनियम खानी रहेको लोमान्थाङ् पुगेर फर्किएलगत्तै तीन उपप्रधानमन्त्रीसहितको अर्को टोली कोरला नाकाबारे बुझ्न पुगे।

कोरला नाकामा छिट्टै सीमा सुरक्षा बल र सेनाको ब्यारेक राखिने

बिहिबार, २३ असार २०७३

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल-चीन जोड्ने कोरला नाकामा छिट्टै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक स्थापना गर्ने बताएका छन्। बिहीबार कोरला नाका पुगेर फर्केपछि उनले सीमा क्षेत्रमा तत्काल सुरक्षा उपस्थिति हुने बताए।

तीन उपप्रधानमन्त्री, सुरक्षा प्रमुख र सडक विभागको टोली कोरला नाकामा !

बिहिबार, २३ असार २०७३

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलको नेतृत्वमा दुई उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सडक विभागका प्रतिनिधिसहितको टोली आज नेपाल–चीन सीमा क्षेत्र कोरला नाकातर्फ प्रस्थान गरेको छ। टोलीमा उपप्रधानमन्त्री द्वय टोपबहादुर रायमाझी र विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।