जनक केसी

एमाले उम्मेदवार उठ्ने निर्णयप्रति माओवादी नेताको आपत्ति

शुक्रबार, ०३ कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रदेश सभाको चुनावका लागि  जाजरकोटका दुवै सीटमा  एमालेका उम्मेदवार उठाउने वाम गठवन्धनको निर्णयप्रति  माओवादीका  नेताहरुले चर्काे विरोध जनाएका छन् ।  माओवादी केन्द्रको  ६ नम्वर प्रदेशका संयोजक  मायाप्रसाद शर्माले  वाम गठवन्धनका नाममा  आफ्नो पार्टीका सयौं कार्यकर्ताले बगाएको रगतको अवमुल्यन भएको भन्दै  उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

जाजरकोटमा बस दुर्घटना हुँदा एककाे मृत्यु, २९ घाइते

शुक्रबार, ०३ कार्तिक २०७४

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

बिहिबार, ०२ कार्तिक २०७४

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

जाजरकोट दरवार जीर्ण बन्दै

बिहिबार, ०२ कार्तिक २०७४

ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नगरपालिकाविरुद्ध स्थानीयको देउसी भैलो

बुधबार, ०१ कार्तिक २०७४

यहाँको एक नगरपालिकाले  निर्धारण गरेको  सम्पति कर चर्काे, अवैज्ञानिक र कानुन विपरित भएको भन्दै स्थानीयले देउसीभैलो मार्फत विरोध जनाएका छन्।   नगर कार्यपालिकाले निर्धारण गरेको  करका विरुद्ध नगर क्षेत्र भित्र चर्काे विरोध भएको  छ । देउसी भैलो खेलेर चन्दा माग्दै उनीहरूले  नगरकार्यपालिकाको  कर निर्धारणको निर्णय प्रति विरोध  जनाएका हुन् ।

हराउँदै देउसी भैला संस्कृति

बुधबार, ०१ कार्तिक २०७४

तिहारका अवसरमा खेलिने देउसी भैलोमा मादलको तालमा भट्याउने चलन आजकल हराउदै गएको छ । स्थानीय लोक सँस्कृति र गीत संगीतको जगेर्ना गर्नका लागि खेलिने देउसी भैलीका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक भैली गीतहरु लोप हुन थालेका हुन् । विगतका देउसी भैलोहरुमा गाउँघर गुन्जाउने गरी बज्ने मादल र थरी थरी भाकाका देउसी भैलो गीतहरु हराउने अवस्थामा पुगेको भेरी नगरपालिकाका १ कालेगाउका सहदेव बस्नेतले वताए ।

एमाले जाजरकोटले मतदानबाट उम्मेदवार टुंग्यायो

शनिबार, २१ असोज २०७४

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारहरुको छनोट गरेको छ। किरब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया भएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकास घर्तीले बताए।

कांग्रेस नेता शाहको नाममा पत्रकारिता पुरस्कार

शनिबार, २१ असोज २०७४

गत वर्षको चैतर १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका नेता रविन्द्र शम्सेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

बुधबार, १८ असोज २०७४

जाजारकोटको उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धन र एमाले निकट व्यापारीहरुको प्रभाव देखिएको छ । आगामी असोज २२ मा हुने चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट भद्रबहादुर वली र एमालेबाट कर्णवहादुर खत्रीले उम्मेद्वारी दिएका छन् ।

जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान

आइतबार, १५ असोज २०७४

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिक संघ जाजरकोटको आयोजनामा एक कार्यक्रम गरि जिल्लाका ४० भन्दा बढीलाई विभिन्न बस्त्रहरु उपहार दिएर सम्मान गरिएको हो।

पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरवारमा

बुधबार, ११ असोज २०७४

गोर्खाका राजा पृथ्वीनारायण शाहले २ सय ४९ वर्ष अघि जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएको खड्ग वुधबार जाजरकोट दरबारमा भित्रिएको छ।

दशैँमा न भात न अक्षता

सोमबार, ०९ असोज २०७४

सरकारले समयमै  चामल नपुर्याएपछि  जिल्लाको दुर्गम  वारेकोटका विपन्न समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका छन् । सरकारी कोटाको चामल नभएपछि  विपन्न  समुदायका स्थानीयहरु चरम खाद्य संकटमा परेका हुन् । खाद्य उत्पान्न निकै कम हुने उक्त क्षेत्रमा  लगाएको बाली समेत नपाकेको अवस्था भएका कारण अहिले  खाद्यन्न अभाव देखिएको हो ।

एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी

आइतबार, ०१ असोज २०७४

भेरी नगरपालिका ४ बोहराकी पुर्णिमा कुमारी मल्ल र उनकी छोरी  अमृता चन्द संगै एउटै बेन्चमा बसेर पढेको देखेर त्रिभुवन माध्यमिक विद्यालयको ११ कक्षाका अन्य विद्यार्थीहरू दंग पर्ने गरेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि माओवादीले  उम्मेदवार  छान्यो

आइतबार, ०१ असोज २०७४

आगामी  मंसिर १० गते  हुने  संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र  प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले जाजरकोटमा  आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा माओवादीले  प्रत्यक्ष तर्फका सवै उम्मेदवारहरुको  सर्वसम्मत टुंगो लगाएको हो।

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

शनिबार, ३१ भदौ २०७४

१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

शिक्षक नियुक्तिको मुल्यांकन फाराम लिएर व्यवस्थापन समिति अध्यक्ष फरार

आइतबार, २५ भदौ २०७४

शिक्षक नियुक्तिका लागि अन्तरवार्ता भइरहेका बेला यहाँको एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुल्यांकन फारम लिएर फरार भएका छन्।

भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

बिहिबार, २२ भदौ २०७४

जिल्लाको भेरी नगरपालिकाले वुधबारदेखि एकीकृत सम्पति कर कार्यान्वयन सुरु गरेको छ । सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरेर करदाताबाट सम्पति कर बुज्दै एकीकृत सम्पति कर कार्यान्वन सुरु भएको हो।

एउटै विद्यालयमा दुई प्रधानाध्यापक !

सोमबार, १९ भदौ २०७४

जिल्लाको एक विद्यालयमा दुई जनाले प्रधानाध्यापक भएर काम गरिरहेको भेटिएको छ । एउटै विद्यालयमा व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले छुट्टाछुट्टै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपछि यस्तो भएको हो ।

अन्तरवार्तामा अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो

आइतबार, १८ भदौ २०७४

शिक्षक नियुक्तिलागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा  विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ।

माघ भित्र एक लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरण हुने

मङ्गलबार, १३ भदौ २०७४

सरकारले आगामी माघ महिना भित्र एक लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र दिने तयारी गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।