देवेन्द्र बस्नेत

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

बुधबार, ०३ माघ २०७४

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आक्रोश चुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिनका लागि बुधबार जिल्ला ठप्प पारेका दंगालीहरुले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्।

राजधानी माग गर्दै दाङ बन्द

बुधबार, ०३ माघ २०७४

प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्।

फेरि बल्यो सडकमा आगो

बुधबार, ०३ माघ २०७४

मंगलबार बिहान प्रदेशिक राजधानीबारे समाचार फैलियो, ‘सरकारले आज प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी मुकाम घोषणा गर्दैछ ।’ उक्त खबरमा जनाइएअनुसार प्रदेश ५ को राजधानी बुटवल आसपास हुने भनेर उल्लेख थियो । प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनेमा विश्वस्त बन्दै आएका दंगालीका लागि यो खबर अप्रिय बन्न पुग्यो । अनि तत्काल यो खबरले आन्दोलन मच्चाइदियो ।

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

मङ्गलबार, ०२ माघ २०७४

दाङको घोराही र तुलसीपुर मैदानमा मंगलबारदेखि २८ औं राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। पाँच बिकास क्षेत्र र तीन बिभागीय समूह सहभागी प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चल बिजयी भएको छ।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

आइतबार, ३० पुष २०७४

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

शनिबार, २९ पुष २०७४

२४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।

दाङ– काठमाडौं हवाई सेवा सुरु

सोमबार, २४ पुष २०७४

दाङस्थित टरिगाउँ विमानस्थलबाट आइतबारदेखि दाङ–काठमाडौं हवाई उडान सेवा सुरु भएको छ । पटक पटक उडान बन्द हुँदै आएको उक्त विमानस्थलमा आइतबारदेखि समिट एयरले काठमाडौंका लागि उडान भर्न सुरु गरेको हो ।

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

आइतबार, २३ पुष २०७४

गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।

कानुनबिनाका ‘न्यायाधीश’

शनिबार, २२ पुष २०७४

देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा–छोरीबीचको जग्गा विवादसम्बन्धी मुद्दा आयो । यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा पास गरिन् ।

खर्च २५ लाख, भोट २२९

बिहिबार, २० पुष २०७४

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

मङ्गलबार, १८ पुष २०७४

वाम गठन्धन बन्नुपूर्व एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भए । पोख्रेलले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक उनको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने निर्णय सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका पोख्रेलका लागि यो गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा माओवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो ।

प्रदेश–५ : लम्कँदै समृद्धितर्फ

शुक्रबार, १४ पुष २०७४

पहिलो संविधानसभामा नेपालको राजधानीबारे दुई विकल्प सारिए । एउटा काठमाडौं र अर्को दाङ । यी विकल्पमै संविधानसभामा प्रश्नावली तयारसमेत भयो । तर प्रश्नावली जनतासम्म पुग्नै पाएन, पहिलो संविधानसभा विघटन भयो । त्यतिबेला नेपालको राजधानीको विकल्पमा चर्चामा ल्याइएको दाङ अहिले प्रदेश नम्बर ५ मा छ । जानकार भन्छन्, ‘एसियाकै ठूलो उपत्यका दाङमा रहनु ५ नम्बर प्रदेशकै लागि गरिमाको विषय हो ।’

श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला

बिहिबार, १३ पुष २०७४

श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

सोमबार, १० पुष २०७४

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

जनसत्तालाई मान्यता दिन कानुन : ‘संविधानले परिकल्पना गर्न सक्दैन’

आइतबार, ०९ पुष २०७४

द्वन्द्वकालमा माओवादीले सञ्चालन गरेको जनसत्ताको लिखतलाई कानुनी मान्यता दिन माओवादीले हरसम्भव प्रयास गरिरहेको छ । तत्कालीन जनसत्तामार्फत सबैभन्दा बढी लिखत पास भएको पश्चिम रुकुमका स्थानीय तहहरूले जनसत्ताको लिखत नमान्नेलाई ठगकै सूचीमा राखेर स्थानीय तहबाट प्राप्त हुने हरेक सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय नै गरे ।

अब के हुन्छ ‘थरूहट’ ?

मङ्गलबार, ०४ पुष २०७४

२०६३ को अन्तिमतिर पूर्वी तराईमा चलेको ‘मधेश प्रदेश’ आन्दोलनले एक अध्याय पूरा गरिसकेको थियो । यो आन्दोलनले सार्थकता पाउनासाथ थारू बहुल क्षेत्र मधेसमा गाभिने संशय पश्चिम तराईमा फैलियो । यसर्थ मधेशमा समाहित हुने खतराबाट जोगिन पश्चिम तराईमा अर्को आन्दोलन सुरु भयो ‘थरूहट आन्दोलन ।’ योगेन्द्र चौधरी र लक्ष्मण थारूले सुरु गरेको यो पहिचानवादी आन्दोलनमा सिंगो पश्चिम तराईको थारू समुदाय सहभागी भयो ।

प्रदेश नम्बर ५ मा १ लाख ६० हजार मत बदर

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच नम्बर प्रदेशमा प्रत्यक्षतर्फ डेढ लाखभन्दा बढी मत बदर भएका छन् । यो प्रदेशका १२ जिल्लामा खसेका कुल १७ लाखभन्दा बढी मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ लाख ६० हजार ४ सय ४४ मत बदर भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । कुल बदर मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभाको बदर मत झन्डै पचास÷पचास प्रतिशतको हाराहारीमा छ ।

गाई काट्दै गरेका ७ जना पक्राउ

मङ्गलबार, २६ मङि्सर २०७४

दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो।

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ।

दीपक गिरीलाई हराउँदै एमालेका केसी विजयी

आइतबार, २४ मङि्सर २०७४

कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका जिल्ला सचिव केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेसका गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे। यसैगरी क्षेत्र नम्बर १ प्रदेशसभा १ मा माओवादी केन्द्रका ईन्द्रजित चौधरी निर्वाचित भएका छन् । उनी १७ हजार २ सय ५० मत ल्याइ निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।