सम्पादकीय

सम्पादकीय

सन्दीप सपना

मङ्गलबार, १६ माघ २०७४

दिल्लीले सन्दीपको क्षमतामाथि विश्वासको निर्णय लिन केही मिनेटमात्र समय खर्चियो तर नेपाली क्रिकेट प्रशासनका सरोकारवालाले देशभर छरिएर बसेका सयौं सन्दीपको भविष्य बनाउने निर्णय लिन वर्षौंदेखि सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्रिकेटबारे सोच्ने बानीले गर्दा यस्तो अवस्था आएको हो । पछिल्लो समय खेलाडीले व्यक्तिगत रुपमा हासिल गरेको उपलब्धिले नेपाली खेलकुदलाई विवादरहित बनाउने काममा सकारात्मक ऊर्जा प्रदान गर्न सकोस्।

निसासिएको नेपाल

सोमबार, १५ माघ २०७४

अन्तर्राष्ट्रिय जगत्मा एउटा कारणले फेरि नेपालको चर्चा भएको छ । वल्र्ड इकोनमिक फोरमले भर्खरै जारी गरेको प्रतिवेदनमा नेपालको वायु प्रदूषण स्तर अत्यन्त खराब रहेको उल्लेख छ । संसारभरिबाट नेपाल भ्रमणमा आउने पर्यटकको मनमा यसको ‘सांग्रिला’ छवि छ । संसारको छानो सगरमाथाको देश पक्कै पनि स्वच्छ, सफा र हराभरा होला भन्ने तिनको कल्पनाभन्दा भिन्न प्रदूषित मुलुकका रूपमा नेपाल चिनिन थालेको छ । छिमेकी मुलुक भारत र चीनमा औद्योगिक विकासका कारण प्रदूषण बढेको छ ।

क्यान्सरको भयावह रूप

आइतबार, १४ माघ २०७४

कृषिजन्य सामग्रीमा विषादी प्रयोगको अवस्था जुन हिसाबले विकराल बन्दै गएको छ त्यसको असर किसानमा परेको देखिन्छ । कृषिमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सरसम्म गराउन सक्ने अध्ययनहरुले देखाउँदै आएको विषय हो ।

राष्ट्रिय ढुकुटीमा घात

शुक्रबार, १२ माघ २०७४

काम गर्ने उमेरमा सामाजिक सुरक्षा कार्यक्रमका लागि आफैंले योगदान गर्ने र कालान्तरमा आफूलाई चाहिँदा त्यहींबाट सहयोग पाइने व्यवस्था गर्न नसकिने होइन। हामीकहाँ भने बिनाआधार जथाभावी सामाजिक सुरक्षा भत्ता बढाउँदा अर्थतन्त्रले धान्नै नसक्ने अवस्था आइसकेको छ। सरकारको पछिल्लो निर्णयले मात्रै पनि मुलुकको राष्ट्रिय ढुकुटीमा एक खर्ब रुपैयाँभन्दा बढी भार पार्ने भएको छ।

किसानका कठिनाइ

बिहिबार, ११ माघ २०७४

नेपाली किसानले मेहनत गरी कृषि उपज बढाएर निर्यात गर्न थाले भने छिमेकी भारतले कुनै न कुनै रुपमा अवरोध गर्ने गरेको छ । अहिले भारतको यस्तै अवरोधका कारण अदुवा खेती गरिरहेका पूर्वी नेपालका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

बजेट बनाउँदाको गैरजिम्मेवारी

बुधबार, १० माघ २०७४

तत्कालीन अर्थमन्त्री महरासँग अर्थतन्त्रको खासै ज्ञान नभए पनि मन्त्रालयको बजेट टिमसँग अर्थतन्त्रको ज्ञान छैन भन्नु जायज हुनेछैन । सरकारको ढुकुटीमा रहेको पैसा सबै बजेटमा प्रयोग गर्न सकिँदैन भन्ने ज्ञान दुवै सचिवमा नभएको होइन । तर, बजेट बनाउँदा जुन किसिमको लापरबाही गरियो, त्यो अक्षम्य गल्ती हो।

बिदेसिनेका व्यथा

मङ्गलबार, ०९ माघ २०७४

वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नेपालीले राष्ट्रिय अर्थतन्त्रलाई पु¥याएको योगदानबारे जसरी चर्चा हुने गरेको छ, यसको सामाजिक मूल्यबारे त्यसरी छलफल गरिएको छैन । वैदेशिक रोजगारीबाट मुलुकलाई प्राप्त हुने विप्रेषणको दर घट्न थालिसकेको छ । यी सर्वसाधारणले देशका निम्ति भनेर आफ्नो रगत र पसिनाको कमाइ निरन्तर पठाएर असजिलो अवस्थामा पनि अर्थतन्त्रलाई जीवन्त तुल्याएका छन् । मुलुकमा लोकतन्त्र स्थापित भए पनि यहाँ रोजगारीको भरपर्दो व्यवस्था हुन सकेन । माओवादीले सुरु गरेको ‘जनयुद्ध’, त्यसपछिका राजनीतिक अनिश्चिय, भूकम्प र मुलुकभित्र नेतृत्व वर्गमा देखिएको अकर्मण्य आदिले अर्थ उपार्जनको बाटो सर्वसाधारण नेपालीले पहिल्याउन सकेनन् । त्यसपछि ‘थ्रिडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जरस (फोहोर, अप्ठ्यारो र खतरनाक) कामका गन्तव्यतिर जानुको विकल्प रहेन । यतिबेला करिब २५ लाख सर्वसाधारण नेपाली वैदेशिक रोजगारीमा छन् ।

संघीयताका सारथि

सोमबार, ०८ माघ २०७४

प्रदेश सरकारहरूले आफूलाई तडकभडकभन्दा पनि सहज र मितव्ययी बनाए भने संघीयता सफलतातर्फ उन्मुख हुनेछ । यसै पनि यी परिवर्तन टिकाउ नहुने आशंका भइरहेका छन् । यस अर्थमा पनि संघीयता फल्न र फुल्न सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेशहरूको काँधमा छ।

प्रेसविरोधी व्यवहार

आइतबार, ०७ माघ २०७४

फोटो पत्रकारहरूले राष्ट्रपति कार्यालयबाट भएको विभेदपूर्ण व्यवहारप्रति आपत्ति गर्दैै त्यहाँ आयोजना हुने सम्पूर्ण कार्यक्रम बहिष्कार गरेका छन् । यो घटनाले राष्ट्रपति कार्यालयमा मिडियासँग गर्ने व्यवहार र सञ्चालन विधि नभएको सार्वजनिक गरेको छ । वास्तवमा यस किसिमको व्यवहार पटक–पटक देखिने गरेको भए पनि पछिल्लो घटना उत्कर्ष बन्न पुगेको छ।

विकृत व्यवस्था

शुक्रबार, ०५ माघ २०७४

राजनीतिक दलसँगको सान्निध्यबाट गुन्डा नाइकेहरूले पनि आफूलाई राजनीतिज्ञको हैसियतमा उचाल्ने जुन मौका पाउने अवस्था देखिएको छ, त्यो लोकतन्त्रकै धज्जी उडाउने काम हो । कुनै बेला त्याग तपस्याका प्रतिमूर्तिका रुपमा राजनीतिज्ञ हुने गर्थे । समय फेरिएको छ– दललाई लगानी गर्दागर्दै गुन्डा नाइके, ठेकेदार, बिचौलिया आदि राजनीतिज्ञको हैसियतमा उक्लिँदै छन्।

असहज अभ्यास

बिहिबार, ०४ माघ २०७४

निकै कठिन प्रयासपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर अनिश्चयको अवस्थालाई एक हदसम्म सहज बनाएको छ । यो निर्णय सरकारका निम्ति सकसपूर्ण हुन पुगेको छ । प्रमुख दलहरूबीचको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवा तत्पर भई सर्वदलीय बैठकसमेत बोलाए पनि वाम गठबन्धनका तर्फबाट यसमा मौनता साँध्ने काम हुँदा सरकारलाई अप्ठ्यारो नपरेको होइन । एकातिर, समयमै यो निर्णय हुन नसक्दा राष्ट्रियसभा निर्वाचनकै काममा अवरोध आउन सक्ने स्थिति रह्यो भने अर्कोतिर दलहरूबीचको बेमेलले गर्दा यी निर्णय विवादास्पद हुने भय पनि रहेकै हो । पछिल्ला दिनमा अस्थायी प्रदेश राजधानी तोक्ने मुद्दा आफैं पनि विवादास्पद भइरहेको छ ।

पुनर्निर्माणको पर्व

बुधबार, ०३ माघ २०७४

कुनै पनि विकास निर्माणका लागि हामीकहाँ पर्व कुर्ने चलन छ । कुनै खास पर्व पारेर शिलान्यास वा उद्घाटन गरेपछि त्यसको कार्यान्वयन भइहाल्छ भनेर ढुक्क हुन भने सकिँदैन । त्यसो हुँदो हो त हामीकहाँ विकास निर्माण योजना/आयोजनाको अहिलेजस्तो दुर्दशा हुने थिएन । कुनै न कुनै बहानामा यस्ता काम रोकिएका छन् । त्यसमा प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवसका दिन कुनै न कुनै आयोजनाको थालनी गरेर वा यससम्बन्धी सचेतता जगाउँदै मनाउने चलन छ । १९९० माघ २ गतेको महाभूकम्पपछि जनधनको क्षतिलाई ध्यानमा राखी मनाउँदै आएको भूकम्प दिवसलाई शासन सत्ता परिवर्तन हुँदै गए पनि वर्षौंदेखि निरन्तरता दिइँदै आएको छ ।

पहुँचवालालाई पैसा

मङ्गलबार, ०२ माघ २०७४

सरकारले आफ्ना मान्छेलाई निरन्तर बाँड्दै आएको राष्ट्रिय ढुकुटीको औचित्य साबित हुन सकेको छैन । उपचारका नाममा राष्ट्रिय ढुकुटी दोहन गरी पैसा बाँड्ने यो प्रवृत्तिमा रोक लाग्न सकेको छैन । ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ को शैलीमा सरकारले काम गरिरहेको छ । यसरी रकम वितरण भइरहेको खबर नागरिकले निरन्तर प्रकाशित गर्दै आएको छ ।

राष्ट्रिय लज्जा

सोमबार, ०१ माघ २०७४

एकातिर बजेट छुट्याउने, अर्कोतिर काम नगर्ने र आयोजनालाई लथालिंग छाड्ने प्रवृत्तिले समग्रमै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय लज्जाका आयोजनामा रूपान्तरण हुन नदिन सरकारका जिम्मेवार सचिवहरूको दृष्टि पर्नु आवश्यक छ।

न्यायालयका पाठ

आइतबार, ३० पुष २०७४

भारतजस्तो लोकतन्त्रको बलियो जग बसेको न्यायालयमा समेत विकृति आउने रहेछ भने हाम्रो भर्खरको प्रयासमा कमजोरी देखिनु अस्वाभाविक होइन । तैपनि बुद्धिमानले अरूको देखेर पनि पाठ सिक्छन् । यसतर्फ ढिलो गर्नु लोकतन्त्रकै निम्ति हानिकारक छ ।

असजिलोमा अर्थतन्त्र

शुक्रबार, २८ पुष २०७४

बैंकमा पैसा पुर्‍याउन सबैभन्दा पहिला सरकारले खर्च बढाउनुपर्छ । विगतमा जस्तै यस वर्ष पनि सरकारी खर्च वर्षको अन्त्यमा मात्र बढी गर्ने हो भने मुलुकको आगामी दिन त्यति सुखद हुनेछैन । त्यसले भ्रष्टाचार र अकर्मण्यतामात्र बढाउनेछ।

चेतना भया

बिहिबार, २७ पुष २०७४

निया निसाप बिगान्र्या भन्या घुस दिन्या र घुस खान्या हुन् यी दुईको त धन जीव (राष्ट्रिय) गरिलिया पनि पाप छैन. यी राष्ट्रका सतुर हुन्’ भन्ने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको दिव्योपदेशको सान्दर्भिकता आज पनि उत्तिकै छ । पछिल्ला वर्षहरूमा राज्यका सबैजसो निकाय भ्रष्टाचारको दलदलमा फसेको देखिएको छ । एकातिर मुलुकको साधनस्रोतको दुरुपयोग भएको छ भने अर्कोतिर सीमित व्यक्तिले पदको आडमा भ्रष्टाचारलाई बढावा दिइरहेका छन् ।

सकसमा स्थानीय सरकार

बुधबार, २६ पुष २०७४

स्थानीय तह निर्वाचनको छ महिना पुगिसक्दा पनि यसको सञ्चालनसम्बन्धी अन्योल यथावत् छ । यो अन्योलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले निरन्तरता पाउने अपेक्षामा समेत तुषारापात भएको छ । ‘गाउँगाउँमा सिंहदरबार’ को नारासहित स्थानीय तह पुनर्गठन गरिएको हो । नागरिकले घरछेउकै सरकारलाई प्रभावकारी ढंगले काम गरेको हेर्ने दिन आउन अझै लामो प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

अविकासको अन्तर्कथा

मङ्गलबार, २५ पुष २०७४

मेलम्ची खानेपानी नामको अधुरो आयोजनाले राजधानी काठमाडौंका बासिन्दालाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको छ । यो आयोजनाको कार्यान्वयन सुरु भएपछि राष्ट्रिय ढुकुटीको दोहन तीव्र गतिमा भइरहेको छ । ठेकेदार पोस्ने र राष्ट्रिय ढुकुटी सोस्ने अभियानमा यसका कर्मचारी र राजनीतिक नेतृत्व लागेका छन् ।

संवैधानिक ‘सिन्डिकेट’

सोमबार, २४ पुष २०७४

नयाँ नेपालको अबको लडाइँ ‘स्वार्थको द्वन्द्व’ अर्थात् ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ हुने देखिएको छ । आफ्नो पदको दुरुपयोग गर्दै निर्लज्ज ढंगले स्वार्थपूर्ति गर्न खोज्ने प्रवृत्तिलाई अंग्रेजीमा ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’ का रुपमा रुपमा चित्रण गरिन्छ । लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा आफ्नो स्वार्थ बाझिने कामबाट आफूलाई अलग राख्ने चलन छ । आफ्नो पदलाई दुरुपयोग गरी कुनै पनि काम नहोस् र सबैका लागि बराबरी अवसर होस् भन्नाका लागि स्वार्थ बाझिने कामबाट आफूलाई अगल राख्नुपर्छ भन्ने मान्यता हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।