सम्पादकीय

सम्पादकीय

इतिहासको अवसान

सोमबार, १३ असार २०७३

भनिन्छ, कुनै मुलुकलाई ध्वस्त पार्नु पर्‍यो भने त्यसको जग भत्काउनुपर्छ। त्यो मुलुकका आधारभूत मूल्यमान्यतामा आक्रमण गरिसकेपछि त्यसले देखाउने केही बाँकी रहँदैन। चाँडै हाम्रो मुलुकको एक सय ६० वर्षभन्दा पुरानो न्यायिक इतिहास मेटिँदैछ। सन्दर्भ हो– मुलुकी ऐनको।

यस्ता पो प्रधानमन्त्री!

आइतबार, १२ असार २०७३

केही दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुन चीनबाट फर्कंदै थिए। त्यही समय उनका पुत्र सार्वजनिक सवारी चढेर कतै जाँदैथिए। उपराष्ट्रपतिको सवारीका कारण सडक जाम थियो। त्यसको असर उनका पुत्रमा नपर्ने कुरै भएन। उनी समयमा निर्धारित स्थानमा पुग्न सकेनन्। उनी दिक्क भए।

धनको धम्की

शुक्रबार, १० असार २०७३

जब धन बोल्न थाल्छ, तब नियम–कानुन मौन बस्छ। यो सनातन तथ्य नेपालमा पैसावाला र पहुँचवालामा मनग्गे लागु हुँदै आएको छ। यसको पछिल्लो दृष्टान्त ग्यास उद्योगीले प्रस्तुत गरेका छन्। तिनको गैरकानुनी धम्कीका अघिल्तिर सरकार लाचार बन्न पुगेको छ।

धनको धम्की

शुक्रबार, १० असार २०७३

जब धन बोल्न थाल्छ, तब नियम–कानुन मौन बस्छ। यो सनातन तथ्य नेपालमा पैसावाला र पहुँचवालामा मनग्गे लागु हुँदै आएको छ। यसको पछिल्लो दृष्टान्त ग्यास उद्योगीले प्रस्तुत गरेका छन्। तिनको गैरकानुनी धम्कीका अघिल्तिर सरकार लाचार बन्न पुगेको छ।

तजबिजी निर्देशिका

बिहिबार, ०९ असार २०७३

नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । तर, सञ्चार मन्त्रालयले भने संविधानको भावनाविपरीत सञ्चारमाध्यमलाई अंकुश लगाउने प्रयास गरेको छ ।

आततायी आक्रमण

बुधबार, ०८ असार २०७३

अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडेली राजदूताबासको सुरक्षामा खटिएका १२ जना नेपाली आतंकारी तालिवानको आततायी आक्रमणमा परेको घटनाले सिंगै मुलुकले पीडादायी अनुभव गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका १२ जना नेपालीको इराकमा १२ वर्षअघि भएको यस्तै आक्रमणको सम्झना पछिल्लो घटनाले पनि गराएको छ ।

युवापिँढीमा राजनीतिक वितृष्णा

मङ्गलबार, ०७ असार २०७३

भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका किशोर–किशोरीको सबैभन्दा अरूचिको विषय ‘राजनीति’ रहेको देखिएको छ । अब्बल नतिजा ल्याउन सक्ने प्रतिभाशाली वर्ग नै राजनीतिमा लाग्न नचाहनुले देशको राजनीतिक भविष्य अन्धकारतर्फ लम्किरहेको प्रतीत हुन्छ ।

ढुकुटी टन्न, गरिब सन्न

सोमबार, ०६ असार २०७३

सरकारी ढुकुटीमा अधिक रकम थुप्रिँदा मुलुक र जनतालाई बहुअसर पर्न जान्छ। त्यसको मुख्य तथा अत्यन्तै नकारात्मक प्रभाव भनेको देशलाई कंगाल पार्नु र जनतालाई गरिबै राखिराख्नु हो। चालु आर्थिक वर्ष २०७२/७३ को बजेट करिब सवा ८ खर्बको थियो।

दूर भए अम्बर

बुधबार, २६ जेठ २०७३

संगीतज्ञ अम्बर गुरुङ हामी सबैबाट दूर भएका छन् । उनको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा एउटा रिक्तता महसुस हुन पुगेको छ । उनका दर्जनौँ सुमधुर सांगीतिक सृजना छन्, जसले स्रोतालाई सधैँ मन्त्रमुग्ध पार्दै आएको छ । उनी गीत, संगीत र गायनका त्रिवेणी नै थिए । उनका केही निबन्ध पनि प्रकाशित छन् भने नाटकमा समेत संगीत दिएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।