सम्पादकीय

सम्पादकीय

भयावह भ्रष्टाचार

शुक्रबार, ०१ मङि्सर २०७४

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष माघमा जारी गरेको भ्रष्टाचार सर्वेक्षणमा नेपालको स्थान दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा भ्रष्टको रुपमा उल्लेख हुँदा नागरिकको शिर लज्जाले झुकेको थियो । सन् २०१६ मा ट्रान्सपरेन्सीले गरेको अनुसन्धानमा संसारका १ सय ७६ देशमध्ये नेपालको स्थान १ सय ३१ औं भ्रष्टका रुपमा चित्रित हुन पुग्नु आफैंमा चिन्ताको विषय बन्न पुगेको थियो, त्यतिबेला ।

ठेकेदार उम्मेदवार

बिहिबार, ३० कार्तिक २०७४

राजनीतिक व्यक्तिलाई पहिले समाज र मुलुक परिवर्तनका ठेकेदार ठानिन्थ्यो । र, ठेकेदार शब्दले त्यति धेरै नकारात्मक अर्थ पनि दिँदैनथ्यो । अचेल अब विकास निर्माणका काम अलपत्र छाड्ने ठेकेदारले मुलुकको जिम्मेवारी लिन थालेका छन् । खासगरी २०६२÷०६३ पछिको राजनीतिमा अपराधीकरणको उत्कर्ष रूप देखिएको छ ।

औषधिमा पहुँच

बुधबार, २९ कार्तिक २०७४

सीधै कम्पनी मूल्यमा उपभोक्तासम्म पुर्‍याउन सक्दा ढुवानीबाहेक अतिरिक्त शुल्क नलाग्ने हुनाले औषधि सुलभ हुन्छ । सरकारको यो प्रयास राज्यको व्यापारका लागि हुँदै होइन, आम नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पुहँच स्थापित गर्ने प्रयत्नमात्र हो, जुन संविधानको मर्मअनुरुप पनि छ।

सफलताको क्रिकेट स्वाद

मङ्गलबार, २८ कार्तिक २०७४

क्रिकेटमा नेपालको प्रवेश निकै ढिला भएको हो । भारत, पाकिस्तान, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकको तुलनामा हाम्रा खेलाडीहरूले देखाउँदै आएको दक्षता आफैंमा अनुपम छ । त्यसमा पनि भारतजस्तो क्रिकेटको विश्वमहारथिलाई पराजित गर्न सक्नुलाई कम्तीमान्न सकिन्न । यसले आमनागरिकमा समेत खेलप्रति उत्सुकता जगाएको छ ।

प्रदूषणको प्रभाव

सोमबार, २७ कार्तिक २०७४

पछिल्ला वर्षहरूमा वातावरण प्रदूषण ‘साइलेन्ट किलर’ बन्न पुगेको छ । यसको विद्रुप रुप भारतको राजधानी नयाँदिल्लीमा देखिन थालेको छ । मानव स्वास्थ्यका लागि अत्यन्तै खतरनाक अवस्थामा पुगेको त्यहाँको हावाको गुणस्तरका कारण संकटकालीन स्थिति आएको छ । सञ्चारमाध्यमले दिल्लीको अवस्थालाई ‘ग्यास च्याम्बर’ का रुपमा चित्रण गरिरहेका छन् ।

निर्वाचनको सुरक्षा चुनौती

आइतबार, २६ कार्तिक २०७४

हिंसामाथि विगतदेखि लोकतन्त्रले नै जित्दै आएको छ । २०६४ सालमा हिंसाको जगजगीकै बीच निर्वाचन सम्पन्न भएको र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विभिन्न राजनीतिक समूहको बहिष्कार र बम विस्फोटको आतंक हुँदाहुँदै पनि अत्यधिक मत खसेको विषयलाई बिर्सन हुँदैन । जनताको लोकतन्त्रप्रतिको आस्थालाई कुनै पनि डर, त्रास र धम्कीले सिध्याउन सकिँदैन । त्यति हुँदाहुँदै पनि निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारीचाहिँ सरकारको हो, त्यस्तो वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान तत्काल जाओस् ।

चिकित्सामा चलखेल

शुक्रबार, २४ कार्तिक २०७४

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका निम्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १३ औं पटकको अनशनपछि प्राप्त गरेका उपलब्धिको स्थिति ‘माछो–माछो भ्यागुतो’ भनेजस्तो छ । व्यक्तिगत स्वार्थबाट परै रहेर चिकित्सा क्षेत्र सुधारका लागि उनले निरन्तर जारी राखेका संघर्षले यस क्षेत्रमा माफियाहरूले कायम राख्न खोजेको विकृति रोक्ने काम गर्दै आएका छन् ।

अपत्यारिला आश्वासन

बिहिबार, २३ कार्तिक २०७४

वार्षिक नीति तथा कार्यक्रमका आधारमा तय भएको बजेटसमेत खर्च नहुने मुलुकमा नागरिकले घोषणापत्रका आश्वासनअनुसार मुलुक अघि बढ्ला भनेर निश्चिन्त हुने आधार छैन । प्रत्येकपटक निर्वाचनमा अहिलेजस्तै घोषणापत्र जारी भएका छन् । तिनले दिने आश्वासन बितेका २५ वर्षदेखि यथावत् छन् ।

फेरि आचारसंहिता उल्लंघन

बुधबार, २२ कार्तिक २०७४

बाढी गएको लामो समयसम्म केही नगरी बस्ने तर निर्वाचनको मुखमा बाढीपीडितका लागि राहत भन्दै रकम निकासा दिन अर्थ मन्त्रालयलाई लेखी पठाउने भनेर सरकारले गरेको निर्णय आफैँमा स्वाभाविक होइन । र, यो तत्कालको अवस्थामा कार्यान्वयन गर्ने भन्दा पनि प्रचारका लागि मात्रै गरिएको निर्णय हो भन्दा अन्यथा हुँदैन।

स्रोतको शुद्धता

मङ्गलबार, २१ कार्तिक २०७४

आर्थिक स्रोत जुटाउन नसक्ने भएकै कारण कतिपय योग्य र इमानदार नेताले निर्वाचनमा प्रतिस्पर्धा गर्न विमुख हुनुपर्ने अवस्था आएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका प्रमुख दल मात्र होइन साना दललाई समेत स्रोत जुटाउन पद बिक्री गर्नुपर्ने अवस्था आएको छ ।

फरार उम्मेदवार

सोमबार, २० कार्तिक २०७४

निर्वाचन मिति नजिकिँदै जाँदा यसमा रहेका विकृति पनि सतहमा आइरहेका छन् । कतिपय विवादास्पद छविका व्यक्तिको उम्मेदवारीले यसको पवित्रतामा प्रश्न उठाउन समेत थालेको छ । दुई वर्षअघि टीकापुर एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्तको उम्मेदवारी वारेसमार्फत् दर्ता हुनु दण्डहिनतालाई प्रोत्साहन हो । कुनै व्यक्ति विरुद्धको मुद्दामा सरकारले मुद्दा फिर्ता नलिई उम्मेदवारी दर्ता हुनु आफैंमा चिन्ताजनक अवस्था हो । गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिले उम्मेदवारी दिन पाउने अवस्था रहेको खण्डमा भोलि बन्ने प्रतिनिधिसभा र प्रदेशसभाले जनअपेक्षा पूरा गर्न सक्दैनन् ।

फोहोर व्यवस्थापनको विकल्प

आइतबार, १९ कार्तिक २०७४

पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर नछुट्ट्याएका कारण पनि धेरै परिणामको फोहोर ल्यान्ड फिल्ड साइटमा पुर्‍याउनुपरेको हो । पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर छुट्ट्याएर त्यसैअनुसार व्यवस्थापन गर्ने हो भने ल्यान्ड फिल्ड साइट पुर्‍याउनुपर्ने फोहोरको परिणाममा केही हदसम्म कमी आउनेछ।

निर्वाचन  उत्सव

शुक्रबार, १७ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि राजनीतिक दल र नेता प्रचारप्रसारमा व्यस्त रहेकै बेला दोस्रो चरणका लागि भएको उम्मेदवारीले मुलुकलाई उत्सवमय तुल्याएको छ । बाजागाजा र झाँकीसहित रंगीचंगी झन्डा बोकेर नेताकार्यकर्ता उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयमा गएका दृश्य अत्यन्तै लोभलाग्दा देखिएका छन् ।

मेयरको अकर्मण्यता

बिहिबार, १६ कार्तिक २०७४

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अकर्मण्यताले यतिबेला सम्पूर्ण मतदाताको शिर निहुरिएको छ । निर्वाचनका बेला योग्य उम्मेदवार नछानी पार्टीले जस्तो व्यक्ति उठायो त्यस्तैलाई जिताउँदाको परिणाम यस्तो हुन्छ । काठमाडौँ महानगरपालिका देशका सम्पूर्ण ७ सय ५३ स्थानीय तहका निम्ति मानक हुनुपर्नेमा लज्जास्पद अवस्था सिर्जना भएको छ ।

ढुंगेलको गिरफ्तारी

बुधबार, १५ कार्तिक २०७४

सर्वोच्च अदालतको आदेशले जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीलाई आठ वर्ष लागेको छ । यतिका वर्ष नभएको काम सम्पन्न गर्न प्रहरी नेतृत्वले खतरा मोलेको भने देखिएको छ ।

निर्वाचन आयोगको सक्रियता

मङ्गलबार, १४ कार्तिक २०७४

निर्वाचन आयोगले ढिलो गरी पूर्वसांसदले बाँडेका १० अर्ब रुपैयाँका योजना रद्द गर्नुलाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ । लोकतन्त्र परिपक्व हुन यसभित्रका संस्थाहरूले आफूलाई सशक्त बनाउन सक्नुपर्छ । आयोगले यस किसिमको गतिविधि थाहा पाउनासाथ निर्णय गर्न सकेको भए अझ धेरै ठूलो रकम जथाभाबी खर्च हुनबाट जोगिने र अन्य व्यक्तिको प्रतिस्पर्धात्मक क्षमताको रक्षा पनि हुन सक्थ्यो ।

मृत्युमार्ग

सोमबार, १३ कार्तिक २०७४

विकसित समाजमा भुइँ चिप्लो भए पनि सर्वसाधारणलाई अग्रिम जानकारी दिन सूचना राखिन्छ । हामीकहाँ भने एउटै प्रकृतिका दुर्घटना बारम्बार भइरहँदा पनि त्यसबाट सिकेर जनधनको क्षति रोक्ने काम हुँदैन । सडक दुर्घटनाको कहालीलाग्दो अवस्था हाम्रा सन्दर्भमा यस्तै नियमित बन्न पुगेको छ । त्रिशूलीमा शनिबार भएको भयानक दुर्घटनामा ३१ जनाको दुःखद मृत्युले फेरि हाम्रो मुटु नराम्ररी हल्लिएको छ । राजविराजबाट पर्व सकेर फर्केका सर्वसाधारणको दुःखद निधनले सबैलाई खल्लो पारेको छ । यस्तो पीडामा पर्नेलाई हुने अपुरणीय क्षतिले जिम्मेवार निकायलाई भने छोएको देखिएको छैन ।

धानको मान

आइतबार, १२ कार्तिक २०७४

कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेतीप्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ  । त्यसका साथै सिँचाइ सुविधा र समयमै मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन।

निर्वाचन सुनिश्चिततामा ध्यान जाअाेस्

शुक्रबार, १० कार्तिक २०७४

जनता उत्साहसाथ निर्वाचनमा सहभागी भइसकेको अवस्थामा जिम्मेवार निकायबाट जिम्मेवार व्यवहार अपेक्षित छ । जालझेल र तिकडमबाट लोकतन्त्र चल्दैन । मुलुकको स्रोतसाधनको सदुपयोग र जनप्रतिनिधि छान्ने नागरिकको अधिकार सुनिश्चितताका निम्ति सबैको ध्यान जाओस् ।

चिनियाँ चमत्कार

बिहिबार, ०९ कार्तिक २०७४

चीनले अहिले लिएको नीति राजनीतिक र आर्थिक दुवैमा सफल देखिएको छ । विश्व समुदायबाट व्यक्त आशंका र आक्रमणविपरीत चीनले व्यापार, व्यवसाय, लगानी र अन्तर्राष्ट्रिय शान्तिमा सहयोग पुर्‍याइरहेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।