प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

बुधबार, १८ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

एमाले, माओवादी र नयाँ शक्तिको तालमेल

मङ्गलबार, १७ असोज २०७४

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पार्टी एकताबारे सहमति भएको छ।

एमाले माओवादी ६०/४० का आधारमा चुनावमा जाने, घोषणा आजै

मङ्गलबार, १७ असोज २०७४

चुनावी तालमेल र पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आजनै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भएका छन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।

'तपाई राइटिस्ट एकतातर्फ लाग्नुस्'

मङ्गलबार, १७ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको चुनावी तालमेललाई जारी राख्न गरेको अन्तिम प्रयास विफल भएको छ। कांग्रेस सभापति समेत रहेका देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवदी अध्यक्षलाई मंगलबार बिहान भेटेर चुनावी एकता कायम राख्न आग्रह गरेका थिए।

कहीं न कहीं कैफियत छ : आपूर्तिमन्त्री

आइतबार, १८ भदौ २०७४

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा कहीं न कहीं कैफियत भएको बताएका छन् । विगतमा साना कुरामा पनि संसद्मा हंगामा भएको उल्लेख गर्दै उनले यति ठूलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार व्याक्तिहरू पनि नबोल्दा समस्या रहेको बताए ।

आयल निगमको जग्गा खरिदमा कैफियत छ: मन्त्री मण्डल (भिडियो)

शनिबार, १७ भदौ २०७४

आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा कहीं न कहीं कैफियत भएको बताएका छन्।  विगतमा साना कुराहरूमा पनि संसदमा हंगामा भएको बताउँदै उनले यति ठूलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार व्याक्तिहरु नबोल्दा समस्या छ भन्ने आफुलाई लागेको बताए।

अनुमतिबिनै रिसोर्ट निर्माण

शुक्रबार, २७ साउन २०७४

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा पर्ने सेदीमा अनुमति नलिइकनै पार्क भिलेज वाटर फन्ट रिसोर्ट बनाएको पर्यटन उद्योग महाशाखाको भनाइ

फेवा अतिक्रमण प्रतिष्ठित व्यक्तिबाटै भएको छ : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

बिहिबार, २६ साउन २०७४

रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :

अतिक्रमणमा फेवाताल : वरपरका संरचनाको लगत संकलन सुरु

बिहिबार, २६ साउन २०७४

पोखरा लेखनाथ महानगरपालिकाले फेवाताल वरपर बनेका अवैध संरचनाको लगत संकलन गर्न सुरु गरेको छ। महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण आयोजनाले ताल वरपर बनेका गैरकानुनी संरचनाको लगत संकलन गर्न लागेको हो। फेवाताल अतिक्रमणको सामाचार नागरिक दैनिकमा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे चासो देखाएको छ।

सर्वोच्चको फैसला नआउँदै फेवा किनारमा कर्ण शाक्यको रिसोर्ट सञ्चालन

बुधबार, २५ साउन २०७४

फेवातालको किनारमा होटल बनाउन नहुने भन्दै सार्वोच्च अदालतमा पर्यटन व्यवसायी कर्ण शाक्यविरुद्धमा परेको रिट विचाराधीन छ। सर्वोच्चमा बहस चलिरहँदा फेवा ताल किनारमा पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टको निर्माण कार्यले तीब्रता पाइरह्यो। तालको जग्गा मिचेर होटल निर्माण गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट परे पनि त्यसको फैसला नआउँदै उनले रिसोर्ट निर्माण कार्यलाई पूर्णता दिइसकेका छन्।

२८७ वर्षपछि फेवाताल पुरिने चेतावनी

सोमबार, २३ साउन २०७४

विज्ञहरूले फेवातालमा प्राकृतिक रूपमा गेग्रान थुप्रिरहने र मानवीय अतिक्रमण भइरहेन हो भने यसको भविष्य जोखिममा रहेको औंल्याएका छन्। तालको संवेदनशील क्षेत्रमा भएका बस्ती र हर्पन खोलाले बर्सेनि बगाएर ल्याउने गेग्रानले यसको अस्तित्व जोखिममा पर्दै गएको उनीहरूको भनाइ छ।

फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा

शुक्रबार, २० साउन २०७४

फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो।

चीन-भारत द्वन्द्वको खतरामा नेपाल

आइतबार, ०१ साउन २०७४

चीन र भारतबीच यतिबेला सडक निर्माणको विषयलाई लिएर तनाब छ। चीन र भुटानसँगको सीमावर्ती दोक्लम क्षेत्रमा चीनले सडक निर्माण गर्न थालेपछि यी दुई देशबीचको सम्बन्धमा चिसोपन थपिएको हो। भुटान र चीनबीचको मामला भए पनि भारत यसमा मुख्य पात्रको रुपमा देखिएको छ।

‘जनयुद्ध’ बारे दाहालको नयाँ खुलासा

बुधबार, ०७ असार २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा माओवादीले २०४४ सालमै ‘जनयुद्ध’ गर्न चाहे पनि परिस्थितिले आठ वर्ष ढिलो सुरु गरिएको खुलासा गरेका छन् ।

'हामीमा रिभल्युस्नरी रोमान्सको उत्सुकता थियो'

मङ्गलबार, ०६ असार २०७४

तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ को सुरुवात २०५२ फागुन १ गते गर्‍यो। त्यस पछि देशमा १० वर्ष सशस्त्र संघर्ष चल्यो। जनयुद्धका कमाण्डर तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धबारे नयाँ खुलासा गरेका छन्।

देउवासँगै ७ मन्त्रीको शपथ, पौडेल समूहबाट एउटै परेनन्

बुधबार, २४ जेठ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेका छन्। सपथ लिनेहरुमा तीन उपप्रधान तथा चार मन्त्रीहरु छन्।

दाहाल सरकारका पाँच उपलब्धि

बुधबार, १० जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले वुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए । १० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो। सरकारका सम्झनयोग्य काम मध्ये यो प्रमुख छ ।

तीन प्रदेशमा कुन पार्टीले कति तह जिते ? (सूची सहित)

शनिबार, ०६ जेठ २०७४

स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम सार्वजनिक हुँदा सम्म नेकपा एमालेले अग्रता कायम गरेको छ। संसदको ठूलो दल नेपाली कांग्रेसले एमालेलाई प्रतिस्पर्धाका साथ पछ्याइरहेको छ।

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

शुक्रबार, ०५ जेठ २०७४

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

बिहिबार, ०४ जेठ २०७४

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।