Nagarik News - Nagarik News - विचार http://nagariknews.com Thu, 21 Aug 2014 03:59:10 +0545 en-gb असफल साबित सरकार http://nagariknews.com/opinion/story/23304.html http://nagariknews.com/opinion/story/23304.html यसपटक बाढीपहिरो पीडितको न्यूनतम मानवीय आवश्यकता सम्बोधन गर्नसमेत सरकार असफल भएको छ। फलस्वरूप, सरकारप्रति पीडितका साथै समाजको अरू पक्षमा पनि आक्रोश बढेको हो।]]> no-spam@nagariknews.com (सम्पादकीय) विचार Wed, 20 Aug 2014 10:24:47 +0545 अनुदानको धराप http://nagariknews.com/opinion/story/23303.html http://nagariknews.com/opinion/story/23303.html ऊर्जा र खाद्यान्नमा दिइने अनुदानजस्तो नीतिले राम्रो अर्थतन्त्र र असल राजनीतिबीचको सम्बन्धलाई अप्ठेरोमा पार्नेगर्छ। धान्नै नसकिने अनुदान नीति अहिले विश्वका तीन महत्वपूर्ण नेता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति जोको ‘जोकोई’ विदोदो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सामु प्रमुख समस्याका रूपमा खडा भएको छ।]]> no-spam@nagariknews.com (जेफ्री फ्य्रान्केल) विचार Wed, 20 Aug 2014 10:21:44 +0545 अबको एमाले http://nagariknews.com/opinion/story/23302.html http://nagariknews.com/opinion/story/23302.html

नेकपा (एमाले)को नवौं महाधिवेशन केही नमीठा घटनाका बावजुद सफल भएको छ। विचार, संगठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै महाधिवेशनको प्रमुख जिम्मेवारी थियो, सो कार्यभार महाधिवेशनबाट पूरा भएको छ। महाधिवेशनले नयाँ विचारसहित नयाँ नेतृत्व चयन गरेको छ। र, केन्द्रीय कमिटीका दुईवटा बैठक पनि सामान्यरूपमा सम्पन्न भइसकेका छन्।

विचारको जित

महाधिवेशन अवधिमा ज्यादै प्रचारमा आएको नारा थियो यो। नवौं महाधिवेशनको प्रमुख सवाल पनि विचारको सवाल नै थियो। यसै जगमा महाधिवेशनमा सही विचारको जित भएको छ। जितबेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएको शितलहरी र बर्लिन पर्खालसँगै समाजवादी किल्लाहरु ढलिरहेका थिए। त्यसका बाछिटाहरुले स्वाभाविकरूपमा नेपालमा पनि असर पारिरहेका थिए। अब हामी कुन बाटो हिँड्ने भन्ने यक्ष प्रश्न नेपाली कम्युनिष्टहरुका सामु जबर्जस्त खडा थियो। कम्युनिष्ट आन्दोलनको संकटबाट तर्सिएर एकथरी अब कम्युनिष्ट पार्टीको नाम र झण्डा बदल्नुपर्छ भनी दक्षिणपन्थी ओरालोतर्फ कुद्न खोजिरहेका थिए भने क्रान्तिकारी शुद्धताको नाममा अर्काथरी अझै रुढीवादी उग्रवादको उकालो पछ्याइरहेका थिए। यति नै बेला कम्युनिष्ट आन्दोलनले बेहोरेको धक्काबाट शिक्षा लिँदै जननेता मदन भण्डारीको अगुवाईमा नेकपा एमालेमा कम्युनिष्ट आन्दोलनभित्रका समस्या र समाधानका सूत्र खोज्ने प्रयत्न भयो। परिणामस्वरूप पाँचौं महाधिवेशनको मूल ब्यानर तयार भयो : ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं।' अर्थात हाम्रा समस्या जडसूत्रवाद वा उग्रवाद र विसर्जनवाद वा दक्षिणपन्थताको विरोध गर्दै मार्क्सवादलाई सिर्जनात्मकरूपमा प्रयोग र विकास गर्ने निष्कर्षमा हामी पुग्यौं। नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने र मार्क्सवादको सिर्जनात्मक विकास गर्ने क्रममा नै नेपाली मार्क्सवादका रूपमा ‘जनताको बहुदलीय जनवाद' स्थापना भयो।
यसरी आरम्भ भएको विचार निर्माणको शृङ्खला नवौं महाधिवेशनमा आएर एउटा ठोस निष्कर्षमा पुग्यो। नवौं महाधिवेशनमा आजसम्म अनुत्तरित केही प्रश्नको जवाफ निकालियो। अब नेपाली समाज अर्धसामन्ती रहेन, यो समाजको मूल चरित्र पुँजीवादी हो। सामन्तवादका जरा उखेल्नेदेखि राजतन्त्ररूपी उसको शिरोच्छेदन गर्न सफल २०६२/६३ को परिवर्तनलाई ‘जनक्रान्ति' भन्ने फैसला महाधिवेशनले गरेको छ। नेपाली समाजका अन्तरविरोधलाई ठीकसँग पर्गेल्ने र अबको नेपाली क्रान्तिका कार्यभारलाई नयाँ ढङ्गले सूत्रीकरण गर्ने काम भएको छ। जनक्रान्तिका राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्नका लागि प्रगतिशील, अग्रगामी संविधान निर्माण गर्नु, राष्ट्रिय पुँजीको विकास गर्नु र आर्थिक/सामाजिक रूपान्तरणसहित समाजवादको आधारशीला निर्माण गर्नु नेपाली क्रान्तिको अबको कार्यदिशा हो। यसरी नेपाली समाजको समस्या, समाधानको बाटो र भावि लक्ष्य किटान गर्न महाधिवेशन सफल भएको छ। यसर्थ विचार निर्माणको दृष्टिले एमालेको जिन्दगीमा पाँचौं महाधिवेशन ‘कोशेढुङ्गा' थियो भने नवौं महाधिवेशन ‘टर्निङ प्वाइन्ट' अर्थात् निर्णायक मोड बन्न पुगेको छ। महाधिवेशनका यी सुन्दर निष्कर्षलाई पार्टी र राष्ट्रको जीवनमा कार्यान्वयन गर्ने चुनौती नयाँ नेतृत्वसामु उपस्थित छ।

आजको एमाले

विगतका अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ र अझ सशक्त बनाउन सकिन्छ भनेर महाधिवेशनबाट पार्टी लोकतान्त्रीकरणका सन्दर्भमा धेरै महत्वपूर्ण प्रावधान पारित गरिएको छ। आज एमाले कहाँ छ? भन्ने प्रश्नको आँखिझ्यालबाट यतिबेला नेता/कार्यकर्ताले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ। हिजोभन्दा पार्टीमा नेता/कार्यकर्ता बढेका छन्, नयाँ भर्ती बढेको छ, सदस्य संख्या र मतदाता पनि बढेका छन् अर्थात समग्रमा आज एमाले ठूलो बनेको छ। तर अर्को अँध्यारो पाटो पनि छ, एमालेभित्र समस्या पनि बढेका छन्, हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ र स्वार्थ र आकांक्षा बढेका छन्। पार्टीभित्र हामीले भन्दै आएको डनवाद वा धनवाद वा अवसरवाद वा नातावाद कृपावाद, यस्तै अनेक विकृति पनि मौलाएका छन्। हो, यही धरातलीय यथार्थतामा उभिएर आजका समस्या समाधान र अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्न नित्तान्त जरुरी छ। प्रतिनिधि छनौटदखि नेतृत्व निर्वाचनसम्म एमालेमा यसपटक ठाडो प्यानलबाजी देखियो। यसले गर्दा नेता/कार्यकर्ता दुई पक्षमा विभाजित भए र उनीहरुका मन पनि फाटेका छन्। एमालेले अब महाधिवेशनका ती धाँजा सम्याउनैपर्छ। नयाँ नेतृत्वका सामु यो अर्को चुनौती छ।
नेतृत्व हस्तान्तरण
यस महाधिवेशनको एउटा मुख्य मुद्दा नेतृत्व हस्तान्तरण थियो। आमरूपमा यतिबेला नयाँ पुस्ताका नेताहरु पार्टी नेतृत्वमा पुग्न सफल भएका छन्। यसर्थ यसपटक नेतृत्व हस्तान्तरणको प्रक्रिया आरम्भ भएको छ। अब दशौं महाधिवेशनमा पार्टीको प्रमुख नेतृत्वमा समेत नयाँ/दोस्रो पुस्ताका नेतामध्ये नै पुग्ने बाटो खुलेको छ। दशौंबाट पार्टीमा पुस्तान्तरणको समेत ढोका खुल्नेछ।
यस पटकको महाधिवेशनमा पहिलो पटक प्यानल खुल्ने गरी नै मतपत्र बनाउने काम भयो। यसरी मतपत्रमा नै दुई प्यानल खुलाउनु पार्टी संगठनका लागि कदापि राम्रो होइन। यसले गुटबन्दीलाई संस्थागत गर्न मद्दत गर्छ। अब यो तरिका तलसम्म विस्तारित हुन दिनुहुँदैन। तर दुवै प्यानललाई मिश्रितरूपमा जिताउने कार्यकर्ताको फैसला निकै दूरदर्शितापूर्ण छ। अर्कोतिर कतिपय विवादित व्यक्तिलाई पनि केन्द्रीय नेतृत्वमा आउनबाट प्रतिनिधिले रोक्न सकेका छन्। एमालेको भरोसा भनेकै ‘क्रिम फोर्स' का रूपमा रहेका कार्यकर्ता हुन्। कहिलेकाहीँ नेताहरुले बाटो बिराउँदा पनि उनीहरुले पार्टी जोगाएका उदाहरण छन्।

पहिलो गाँसमै ढुङ्गा

केन्द्रीय कमिटीको पहिलो बैठक ‘पहिलो गासमै ढुङ्गा' जस्तै भयो। ‘बिहानीले दिनको संकेत' गरेजस्तै पहिलो बैठक सौहार्द्रपूर्ण हुनु अनिवार्य थियो तर त्यहाँ महाधिवेशनको धङधङी प्रकट हुनु राम्रो कुरा भएन। बैठकमा अध्यक्षको अभिव्यक्ति, हाउभाउ, ‘बडी ल्याङ्गुइज' शालिनतापूर्ण हुनुपर्थ्यो भन्ने सबैको अपेक्षा थियो, दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो होइन। कमरेड केपीले त्यसअघि भन्दै आएजस्तो सबैलाई समेट्न सक्ने, फराकिलो हृदय देखाउन सक्ने छनक देखाउन सक्नुपर्थ्यो। बहुमतको आधारमा पेलेर जाने, एकलौटीरूपमा पार्टी चलाउने ‘मुड' देखिनु राम्रो होइन। यसरी पार्टी सही गतिमा जान सक्दैन भन्ने नेतृत्वले बेलैमा बुझेमा मात्र एमालेको उज्यालो यात्राको परिकल्पना गर्न सकिन्छ।

भावि कार्यभार

नवनिर्वाचित अध्यक्ष केपी ओली र उहाँको समूह आगामी दिनमा कसरी अघि बढ्छ सबैले नियालिरहेका छन्। महाधिवेशनको धङधङी सबैले त्याग्ने, सबैलाई समेटेर अघि बढ्ने, पार्टीलाई एकताबद्ध बनाउने कुरा ओलीको बोलीमा मात्र सीमित रहने वा व्यवहारमा उत्रने? ओलीको परीक्षा यहीँबाट सुरु हुनेछ। ओलीको नेतृत्वको एमालेमा सबै एमालेले ‘जस्टिस' पाएको अनुभूति गर्छन्/गर्दैनन््? प्रतीक्षाको विषय यही नै होला।
कुनै पनि पार्टीमा यतिबेलाको रोग भनेको गुटबन्दी र समूहवाद नै हो। पार्टी फुट्न पनि नसक्ने, एक ढिक्का पनि हुन नसक्ने, कांग्रेस वा एमाओवादी र एमालेमा पनि त्यो समस्या छ नै। यो नेपाली राजनीतिको आम प्रवृत्ति बनिसकेको छ। गुम्सिएर रहेको एमालेभित्रको कित्ताबन्दी पनि महाधिवेशनमा छ्याङ्गै भयो। अर्थात एमालेको समूहबन्दी पनि पारदर्शी र आधिकारिक बन्न पुग्यो। यो यथार्थतालाई नेतृत्वले आत्मसात गरेर दुई पक्षलाई व्यवस्थापन गरेर जान सक्छ/सक्दैन, भोलि एमाले कसरी अघि बढ्छ भन्ने कुराकेा निर्धारण यसबाट हुनेछ। साँच्ची एमालेलाई बलियो र एकताबद्ध बनाउने हो भने सबैले ‘इगो' त्यागेर फराकिलो ढङ्गले जान जरुरी छ। त्यसरी जान नसक्दा एमालेको भविष्य के हुने भन्ने प्रश्न फेरि एमाले नेताहरुका सामु तेर्सिने नै छ।
केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटीको निर्वाचन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन दोस्रो बैठकबाट तेस्रोमा सरेका छन्। यसमा कस्ता आधार तय गरिन्छ? सबैलाई समेटेर जाने काम हुन्छ/हँुदैन? यसमा ‘हाम्रा' मान्छे भनिन्छ वा कामकाजी, सक्षम, सक्रिय ‘राम्रा' मान्छे हेरिन्छ? मनोनयन र कार्यविभाजन न्यायोचित हुन्छ/हुँदैन?
केकमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी निर्माण तथा कार्यविभाजनमा दुवै पक्षबीच सहमति कायम गर्नु पार्टी हितमा हुनेछ। त्यसरी नै निश्चित मापदण्ड बनाएर उक्त काम गरिएमा निर्णयको ‘अनरसिप' सबैले लिने अवस्था बन्नसक्छ। महाधिवेशनको ‘ह्याङ' मेट्न र पार्टीलाई एकताबद्ध राख्न बुद्धिमत्तापूर्ण कदम भोलिका लागि प्रगतिको ‘आधारशीला' हुनेछ। यहीँनेरबाट एमालेको आगामी यात्रा पनि तय हुनेछ। विवाद, तनाव, पक्ष/विपक्षका साथ जाने कि एकता, हार्दिकता र सहकार्यका साथ अघि बढ्ने भन्ने।
नेताहरुले प्यानल बनाए पनि महाधिवेशन प्रतिनिधिहरुले प्यानलबाजी अस्वीकार गरेका छन्। कार्यकर्ताहरु नेताभन्दा विवेकी र फराकिलो सोचाइका छन् भन्ने कुरा निर्वाचन परिणामले प्रष्ट गरेको छ। जसले गर्दा कसैले पूर्णरूपमा जितेको वा हारेको अनुभूति गर्नुपरेन। दुवै पक्षले जितेको अवस्था सिर्जना गरिदिए कार्यकर्ताले। यो ज्यादै सुझबुझपूर्ण निर्णय हो। यो फैसला नै भावि एमालेको शक्ति, ऊर्जा र पे्ररणा हुनेछ।

अन्त्यमा,

जित्नेले दम्भ नदेखाएर सबैलाई सम्मान एवं सहयोग गर्ने वातावरण बनाउने, अर्को पक्षले हीनताबोध नगरी जित्ने पक्षलाई सहयोग गरेर एकताबद्धरूपमा अघि बढ्दा नै पार्टीको बृहत्तर हितमा हुनेछ। एमालेका महाधिवेशन प्रतिनिधिले दिएको ‘म्यान्डेट' र सिंगो एमाले पंक्तिको चाहना पनि यही हो। एमालेलाई भोलि राष्ट्रको पहिलो शक्ति बनाउन पनि सुदृढ र एकताबद्ध एमालेको आवश्यकता छ। यसैमा एमालेको भविष्य छ। तब नै एमालेमा युगिन अभिभारा पूरा गर्ने नवीन जागरण आउनेछ। यसरी नै ‘नेपाली ड्रिम' पूरा गर्ने एमालेको संकल्प पनि सफल हुनेछ। महाधिवेशन सफलताको आधारभूमिमा एमालेजनले दोहोर्या उनुपर्ने ‘संकल्प' यही नै हो।

]]>
no-spam@nagariknews.com (प्रकाश ज्वाला) विचार Wed, 20 Aug 2014 10:19:40 +0545
अनुसन्धानको महत्व http://nagariknews.com/opinion/story/23301.html http://nagariknews.com/opinion/story/23301.html सिन्धुपाल्चोकको मांखाको जुरे भन्ने ठाउन्मा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यहाँको भौगोलिक बनोटका बारेमा भूगर्भविद्बाट विभिन्न जानकारी प्रकाशमा आएका छन्।]]> no-spam@nagariknews.com (नवीन शर्मा) विचार Wed, 20 Aug 2014 10:16:55 +0545 तीज र नेपाली संस्कृति http://nagariknews.com/opinion/story/23300.html http://nagariknews.com/opinion/story/23300.html ‘आकाशै राम्रो तारा अनि जूनले
चाडबाड राम्रो चेली हुनाले ,
गोठैमा राम्रो माली भन्ने गाईले ,
माइतैमा राम्रो दाजु भाइले'
नेपाल विश्वमा कला, संस्कृति र पर्वको देशका रूपमा चिनिन्छ। विविध जातजाति, भाषाभाषी, पर्व र संस्कृति नेपालको पहिचान हो।]]>
no-spam@nagariknews.com (डा. नम्रता पाण्डे) विचार Wed, 20 Aug 2014 10:10:02 +0545
निष्क्रिय सरकार र अकर्मण्य दल http://nagariknews.com/opinion/story/23299.html http://nagariknews.com/opinion/story/23299.html सामान्यतया देश वा राष्ट्रको शासकमण्डललाई सरकार भनेर बुझिन्छ जसले जनताका मूलभूत आवश्यकतामा अब्बल भूमिका निर्वाह गर्ने हुती राख्छ।]]> no-spam@nagariknews.com (बद्रीप्रसाद दाहाल) विचार Wed, 20 Aug 2014 10:00:15 +0545 कार्टेल चल्दैन! http://nagariknews.com/opinion/story/23236.html http://nagariknews.com/opinion/story/23236.html नेपालमा बजार प्रतिस्पर्धाको कानुन बलियो नभएको र भएको कानुन पनि लागु गर्न नसकिएको कारणले गर्दा व्यापारी र उद्योगपतिलाई आफूले कतिखेर कानुन मिचेर अपराध गर्न थालेको हो भन्ने हेक्का हुँदैन र डर पनि हुँदैन।]]> no-spam@nagariknews.com (सम्पादकीय) विचार Tue, 19 Aug 2014 09:42:13 +0545 राज्यकै ‘भागबन्डा’ http://nagariknews.com/opinion/story/23235.html http://nagariknews.com/opinion/story/23235.html ‘अंशबन्डा' नेपाली समाजमा प्रचलित शब्द हो। खासगरी पैतृक सम्पत्तिलाई अंशबन्डा गरेर भाग लगाइन्छ। अंशियार भद्र भए वा लोभीपापी भएनन् भने तिनले पुर्ख्यौली सम्पत्ति बाँडफाँट गर्दा दुनियाँ हसाउँदैनन् । तर त्यस्तो कमै देखिएको छ।]]> no-spam@nagariknews.com (पुरञ्जन आचार्य) विचार Tue, 19 Aug 2014 09:40:15 +0545 मोदीको भ्रमणको सन्देश http://nagariknews.com/opinion/story/23234.html http://nagariknews.com/opinion/story/23234.html सन् १९९७ मा भारतीय प्रधान मन्त्री आइके गुजरालको नेपाल भ्रमणको १७ वर्षपछि सम्पन्न भएको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको औपचारिक नेपाल भ्रमण नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा धेरै सकारात्मक सन्देश छाड्न सफल भएको छ।]]> no-spam@nagariknews.com (किरण गिरी) विचार Tue, 19 Aug 2014 09:39:13 +0545 उच्च शिक्षाका सरोकार http://nagariknews.com/opinion/story/23233.html http://nagariknews.com/opinion/story/23233.html अठार वर्षमुनिका जनसंख्या दक्षिण एसियामा बढदै गएको र करिब ३७ प्रतिशत पुगेको २०११ को तथ्याङ्कले देखाइरहेको छ। त्यसैले आउँदा दिनहरुमा उच्च शिक्षाको अवसर र माग दक्षिण एसिया क्षेत्रमा क्रमशः बढ्दै जाने देखिन्छ।]]> no-spam@nagariknews.com (बबिता थापा) विचार Tue, 19 Aug 2014 09:38:05 +0545