Sunday 20 Ashad, 2072 |
Menu

विचार

(0 votes)

भूकम्पपछि उदाएका मोदी

जनवरी २६, २००१ को बिहान पौने ९ बजे भारतको गुजरात राज्यमा ६.९ म्याग्निच्युडको भूकम्प आयो। यही कम्पनले मुख्यमन्त्री केशुवाइ पटेलको पद डगमगायो। भूकम्पपछिको व्यवस्थापन र पुनर्निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेपछि अलोकप्रिय हुनपुगेका पटेलको साटो गुजरातको मुख्य मन्त्रीमा नरेन्द्र मोदीलाई ल्याउनेबारे…
विस्तृतमा पढ्नुस्
(0 votes)

जोखिममा नवयुवा

एकक्षण सोचौँ, भूकम्पपछि पाल वा टहरामा सामूहिकरूपमा बसिरहेको हालको अवस्थामा कुनै किशोरी पहिलो पटक रजस्वला भइन् भने उनलाई कति अप्ठारो पर्ला? सामान्य अवस्थामै पनि पहिलो पटकको रजस्वलाले प्रत्येक किशोरीलाई अत्याउँछ भने झन् बस्ने, खाने, सुत्ने व्यवस्था पूरै खल्बलिएको अवस्थामा असजिलो…
विस्तृतमा पढ्नुस्
(0 votes)

भूकम्प र खाद्य सुरक्षा

वैशाख १२, १३ र २९ गतेका ठूला भूकम्पहरुले भीषण भौतिक विनाश गरे। सँगसँगै अहिले धेरै बालबालिका कुपोषण, सरुवा रोग र मानसिक तनावसँग पनि जुधिरहेका छन्। यी भूकम्पले हजारौं मानिसको ज्यान त लियो नै, लाखौँ मानिसलाई घरबारबिहीन बनाएको छ। यसरी प्रभावित…
विस्तृतमा पढ्नुस्
(0 votes)

खाद्य पदार्थको नियमन

खाद्य पदार्थ र औषधिको नियमन राज्यका प्रमुख कार्यमध्येका हुन्। नेपालमा भने अहिलेसम्म व्यवस्थितरूपमा खाद्य पदार्थको निगरानी र नियमन गर्ने काम थालिएकै छैन। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको जनशक्ति, भौतिक साधन स्रोत, प्रभावकारिता र सक्रियता हेर्दा सरकारले खाद्य पदार्थ नियमनलाई…
विस्तृतमा पढ्नुस्
(0 votes)

दिशाहीन नेपाली कांग्रेस

चारदलको सोह्र बुँदे सहमतिले संविधान निर्माणको ढोका खोल्यो। संविधान सभाको पर्याप्त मतादेशबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्नु खुसीको कुरा हो। संविधान असारमै जारी भएर नयाँ सरकार तत्कालै बन्ने अनुमानले अहिले राजनीतिक बजार तातेको छ। नेपका (एमाले) नेतृत्वको सरकार बन्दैछ भनेर…
विस्तृतमा पढ्नुस्
(0 votes)

ह्‍वाइटहाउसतिर नेपाली नजर

नेपालमा भूकम्प आएसँगै अमेरिकामा रहेका नेपाली समाजमा नयाँ शब्दावलीले प्रवेश पाएको छ, ‘टीपीएस' अर्थात् ‘टेम्पोरेरी प्रोटेक्टेड स्टाटस'। अमेरिकामा रहेका धेरै मुलुकका कागजविहीन आप्रवासीका लागि यो शब्दावली परिचित भए पनि त्यस्तै अवस्थामा त्यहाँ रहेका नेपालीका लागि भने यो नितान्त नौलो हो।…
विस्तृतमा पढ्नुस्
(0 votes)

विपद्‍मा कर्जा प्रवाह

विनाशकारी भूकम्पले देशको समग्र आर्थिक क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने देखिएको छ। विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, खानेपानी, सिँचाई, विद्युत्लगायतका पूर्वाधारका साथै ऐतिहासिक, धार्मिक, पुरातात्िवक र सांस्कृतिक सम्पदामा अकल्पनीय क्षति पुग्नगएको छ। भूकम्पपश्चात् पटकपटकको पराकम्पनले जनजीवन सहज हुन सकिरहेको छैन। पहिलो…
विस्तृतमा पढ्नुस्
(0 votes)

ऐतिहासिक जिम्मेवारी

गत २५ जेठको राति एघार बजे नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र साना दलहरूबीच नेपालको नयाँ संविधान ‘फास्ट ट्रयाक' को आधारमा आउँदो असार मसान्तसम्ममा निर्माण गरी जारी गर्ने ऐतिहासिक सहमति भएको छ। उपयुक्त चार दलका शीर्ष नेताहरूले सहमतिमा संयुक्त…
विस्तृतमा पढ्नुस्
(0 votes)

ज्येष्ठ नागरिक दिवशको सार्थकता

२१ औँ शताब्दी ज्येष्ठ नागरिकको शताब्दी बन्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठनले ६० वर्ष र सोभन्दा माथिका मानिसलाई ज्येष्ठ नागरिक मानेको छ। नेपालको ज्येष्ठ नागरिक ऐन २०६३ ले पनि यही परिभाषालाई मानेको छ। विश्वमा सन् २०१५ मा कूल जनसंख्याको १३…
विस्तृतमा पढ्नुस्
(0 votes)

भ्रष्टाचार कि लापर्बाही?

नेपाल खाद्य संस्थानमा जापानले अनुदानमा दिएको चामल बेचेपछि प्राप्त करिब आधा अर्ब रुपियाँ गायब भएको छ। जापानले सन् २०१२ मा संस्थानलाई दिएको १९ हजार २ सय टन चामल बेचेर आउने पैसाको आधा रकम नेपाल राष्ट्र बैंकमा रहेको सम्बन्धित खातामा जम्मा…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed