Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

बन्दको मूल्य

smaller text tool iconmedium text tool iconlarger text tool icon
आमहडताल जसलाई चल्तीको भाषामा बन्द भनिन्छ सरकारी नीतिको विरोध गर्नको लागि तथा कुनै दबाब समुहको हित पूरा गर्ने सजिलो माध्यम भएको छ। आम मानिस यसलाई मन पराउँदैनन् किनकि यसले उनीहरुको हित गर्दैन उनीहरुले स्वतन्त्रता तथा आम्दानी गुमाउनुपर्दछ। सामान्य जीवनमा भएको हस्तक्षेपबाट आजित भएर युवाहरुले नेपाल बन्द विरुद्ध अभियान नै चलाएका छन् विभिन्न सहरहरुमा बन्दको विरोध गर्न सुरु गरेका छन्।

बन्द औद्योगिक क्षेत्र, जसको कुल ग्राहस्थ उत्पादनमा रहेको योगदान निकै घटेको, छ को लागि क्यान्सर नै भएको छ। गत वर्ष विश्व खाद्य कार्यक्रमले गरेको एक सर्वेक्षण अनुसार तराई क्षेत्रमा रहेका ९३ प्रतिशत खाद्य व्यापारीहरुले बन्दलाई व्यापार गर्नको लागि मुख्य बाधाको रुपमा लिएका थिए। सोही सर्वेक्षण अनुसार १४ प्रतिशत व्यापारीहरु आफ्नो व्यवसाय बन्द गर्न बाध्य भएका थिए। उद्यम सर्वेक्षण २००९ अनुसार ६२ प्रतिशत उद्यमीहरु अस्थिरतालाई सबभन्दा ठूलो बाधक ठान्दछन्।

बन्दको कारणले देश तथा समाजले कति मूल्य चुकाउनुपर्दछ थाहा पाउनको लागि मैले हरेक क्षेत्रले एक दिन बन्द हुँदा कति गुमाउनुपर्दछ हिसाब गरेर सामान्य जोड गरें अंकहरु छक्क नै पर्ने थिए। औसत एक दिनको बन्दले देशलाई १ दशमलव ९६ अर्बको नोक्सान गर्दछ जुन देशको कुल ग्राहस्थ उत्पादनको ८८ प्रतिशत हुन आउँदछ। औद्योगिक क्षेत्रले मात्र एक दिनमा करीब ३४ दशमलब ६ करोड गुमाउँदछ। तपाईंले सही पढिरहनुभएको छ देशले उत्पादन तथा राजस्व धेरै गुमिरहेको छ।

अर्थतन्त्र कृषि, उद्योग तथा सेवा गरी तीन क्षेत्रमा बाँडिएको छ। कृषि क्षेत्र बालीनाली उत्पादन तथा वन र माछापालन गरी दुई उप भागमा बाँडिएको छ। औद्योगिक क्षेत्र खानी उत्पादन, विजुली, खानेपानी ग्याँस तथा निर्माण गरी चार उपक्षेत्रमा बाँडिएको छ। सेवा क्षेत्र थोक तथा खुद्रा, होटल तथा रेस्टुरेण्ट, यातायात सञ्चार, वित्तीय क्षेत्र, घर जग्गा भाडामा लगाउने तथा व्यापार, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्य, र अन्य व्यक्तिगत सेवाहरु गरी नौं उपक्षेत्रमा बाँडिएको छ। कुल ग्राहस्थ उत्पादनमा हरेक उपक्षेत्रको योगदान फरक फरक छ र बजारको अन्तरसम्बन्धको स्तरको आधारमा बन्दको ती क्षेत्रहरुमा आंशिक या पूर्ण असर गर्दछ।

बन्दको मूल्य

प्रतिदिन (अर्ब) १.९६

प्रतिघण्टा (करोड) ८२

प्रतिदिन कूल गार्हस्थ उत्पादनको प्रतिशत ८८

प्रतिव्यक्ति प्रतिदिन ६९

प्रतिव्यक्ति प्रतिदिन काम गर्ने जनसंख्याको ११७

मैले बन्दको मूल्य हिसाब गर्नको लागि दुइटा अवस्था लिएको छु। पहिलो अवस्था कृषि तथा वन सार्वजनिक, प्रशासन तथा रक्षा, शिक्षा तथा स्वास्थ्यलाई बन्दको असर परेको छैन। दोस्रो अवस्थामा कृषि तथा वनको चालीस प्रतिशत बाहेक सबै क्षेत्रमा असर पार्दछ। यो मान्यता यथार्थको नजिक हुन्छ किनकि बन्दमा पनि मानिसहरुले बाँच्नको लागि न्युनतम मात्रामा भए पनि किनबेच गरिरहेका हुन्छन्।

पहिलो तथा दोस्रो अवस्थामा बन्दको मूल्य क्रमशः १ दशमलब २३ र १ दशमलब ९६ अर्ब प्रतिदिन हुन आउँदछ। दोस्रो अवस्था देशव्यापी बन्द भएमा आउनेछ भने पहिलो अवस्था सीमित क्षेत्रमा बन्द भएमा आउँदछ। यहाँ निस्किएको नतिजा फरक मान्यताहरु रहेका अन्य आँकलनभन्दा फरक हुन सक्नेछन् तथापि यिनीहरुले बन्दको मूल्यबारेमा नजिकको अनुमान दिन्छन्।

दोस्रो अवस्थामा आउने नतिजालाई सही परिप्रेक्ष्यमा हेर्दा औसत एक घण्टाको बन्दबाट अर्थतन्त्रमा कम्तीमा ८ दशमलब २ करोड घाटा लाग्दछ। यसको अर्थ हरेक व्यक्तिले प्रतिदिन ६९ रुपियाँ गुमाउँदछन्। यदि हामीले काम गर्ने उमेरको मात्रै हिसाब गर्ने हो भने प्रतिव्यक्ति प्रतिदिन ११७ रुपियाँ गुमाउछन्। यदि ग्रामीण रोजगार कार्यक्रम जसले गरीबीको रेखामुनि रहेकालाई खेतीपाती नगर्ने समयमा १०० रुपियाँ दिएर काम लगाउने हो भने एक दिनको बन्दले २१८१९० ग्रामीण रोजगारी गुम्दछ।

यदि हामीले अप्रत्यक्ष मूल्यलाई पनि जोड्ने हो भने कुल मूल्य झन् बढी हुन आउँदछ। उदाहरणको लागि बन्दको क्रममा हुने व्यक्तिगत तथा सार्वजनिक सम्पित्तको विनाश हुन्छ जसलाई पुनर्निर्माण गर्नको लागि लाखौं मूल्य लाग्दछ। केही घण्टाको आर्थिक गतिविधि बन्दबाट सामान्य अवस्थामा फर्कनको लाग्ने कारणले गुम्दछ। पर्यटनको वर्तमान तथा भावी सम्भावना, जो देशको विदेशी मुद्रा आर्जन गर्ने मुख्य माध्यम हो मा असर, गर्नुको साथै निर्यात घटाउँछ र देश बाहिर हुने आप्रबास बढाउँछ। निर्यातमा भएको ह्रास पहिलो तीन महिनामा शोधान्तर घाटा २० अर्ब हुनुको कारणमध्ये एक हो।

बारम्बार हुने बन्दले पुँजी पलायन गराउँछ जुन दीर्घकालीन आर्थिक वृद्धिको लागि नकारात्मक हुन आउँदछ। आंशिक रुपमा बन्दको कारणले कोल्गेट पाल्मओलिभजस्ता बहुराष्टिय कम्पनीहरुले आफ्ना उत्पादनको कामलाई रोके भने कपडा उद्योगहरु झण्डै मृत अवस्थामा छन्। यसले सामान तथा सेवाको मूल्य बढ्नमा दबाब पुरयाउँदछ जसको कारणले दोहोरो अंकको मुद्रास्फीति गराउनमा योगदान गरेको छ।

राजनीतिक दलका नेताहरु जसले नेपाललाई स्वीजरल्याण्डजस्तो बनाउने भनेर बाचा गरेका थिए उनीहरु नै बन्द गर्न अग्रसर भएको तथा गराउन प्रोत्साहन गरेको देख्दा दिक्क लागेर आउँदछ। उनीहरुले आम मानिसको आफूलाई मन पर्ने काम गर्न तथा शान्तपूर्वक जिउन पाउने र प्रतिव्यक्ति आयमा वृद्धि गर्न सक्ने सम्भावनाबाट विमुख गरिरहेका छन्। बन्दले आम मानिसलाई बन्द आह्वानकर्ताले जे बाचा गरेका थिए सोहीबाट बिमुख गरिरहेका छन्। अब अति नै भयो बन्दलाई सदाको लागि बिदा गरौं।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( मंगलवार, 09 फेब्रुअरी 2010 11:00 )
onlineversion
Nagarik Offer