परराष्ट्रमन्त्री सुजाता कोइरालाले अन्तिम समयमा भ्रमण रद्द गरेर प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणलाई नराम्रो धक्का दिएकी छिन् । छिमेकी हुन् वा टाढाका मित्र मुलुक तिनको औपचारिक भ्रमणलाई ज्यादै महत्वका साथ हेरिन्छ ।
प्रधानमन्त्री भ्रमणका निम्ति प्रस्थान गर्नुभन्दा केही घन्टाअघि मात्र त्यही भ्रमण दलको महत्वपूर्ण सदस्य परराष्ट्र मन्त्रीको यो गैरजिम्मेवार व्यवहारले मित्र मुलुकसँगको सम्बन्धको महत्वलाई समेत ध्यान नपुर् याएको देखिएको छ । उनी भ्रमण दलमा सामेल सामान्य कुनै मन्त्रालयको जिम्मा लिने व्यक्ति होइनन् । परराष्ट्रमन्त्रीले सम्बन्धित देशको वैदेशिक मामिलालाई प्रतिनिधित्व गरेको हुन्छ । र तिनका प्रत्येक व्यवहारले सम्बन्धित मुलुकको परराष्ट्र सम्बन्ध परिपक्व रहे वा नरहेको यथार्थ प्रतिविम्बित गर्छ ।
सुजाता कोइराको यो व्यवहार नेपाली कूटनीतिक इतिहासमा राष्ट्रिय लज्जाका रुपमा चित्रित हुनेछ । उनको यस व्यवहारको दोष नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई समेत जान्छ । उनले महाभारतका धृतराष्ट्रलेझैं पुत्रीमोहले वशीभूत भई सुजाताको महत्वाकांक्षालाई पोषित गर्दै आएका छन् । प्रधानमन्त्री नेपालको भ्रमणको तयारीका निम्ति भारत गएका बेला त्यहाँका नेताहरुलाई आफू छिट्टै उपप्रधानमन्त्री बन्ने सन्देश दिएर फर्केकी थिइन् । आफ्नो यही महत्वकांक्षा तुष्टिका निम्ति भ्रमण अगावै उपप्रधानमन्त्री बन्न चाहेकी थिइन् । कोइरालाले आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउन नेपाललाई सोमबार नै दवाव दिएका थिए । नेपालले यसलाई नमानेपछि सुजाताले भ्रमणलाई कमजोर तुल्याउने गरी बिरामी भएको बहाना बनाएकी हुन् ।
सुजाता कोइराला अस्वस्थतालाई बहाना बनाएर प्रधानमन्त्रीको भ्रमणलाई 'सेबोट्याज' गर्ने गरी प्रस्तुत भइन् । यथार्थमा यो उनको बिरामीले भन्दा पद प्राप्तिको मनोकांक्षा पूरा नभएका कारणले सिर्जित समस्या हो । नेपाली राजनीतिमा यसले एउटा खराब मान्यतालाई समेत स्थापित गरेको छ । आफ्नो आन्तरिक राजनीति र अहंको तुष्टिका निम्ति वैदेशिक सम्बन्ध र मामलालाई समेत छ्यासमिस पार्ने फोहोरी खेलका रुपमा यसलाई लिनुपर्ने हुन्छ ।
गिरिजाप्रसाद कोइरालाई एकाधिकारवादी नेताका रुपमा स्थापित भएका छन् । उनले निर्वाचनमा पराजित आफ्नी छोरीलाई पार्टीका तर्फबाट नेतृत्व गर्ने हैसियतमा पठाए । यसले पार्टीका अन्य नेताहरुको मानमर्दनमात्र गरेनन् आफ्नी छोरीलाई स्थापित गराउनका निम्ति जेसुकै गर्न तत्पर रहेको सन्देश समेत प्रवाहित गरे । यसले सुजाताभन्दा धेरै योगदान भएका र योग्य नेताहरुलाई पछि पार् यो । साथै माधव नेपाल सरकारलाई कमजोर समेत तुल्यायो । सुजाताको महत्वांक्षा बढाएर पिता कोइरालाले अहिलेको जटिल राजनीतिक अवस्था र सत्तारुढ दलहरुबीचको कमजोर गठबन्धनलाई अरु अप्ठेरो पार्ने कामसमेत गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो भ्रमण दलमा समावेश गरेको मन्त्रीबाट अन्तिम घडीमा भएको यो अनुशासनहीन कि्रयाकलापका निम्ति कारवाही गर्नुपर्छ । सरकार बलियो रहेको सन्देश दिनैका लागि पनि नेपालले तत्काल सुजातालाई परराष्ट्र मन्त्रीबाट हटाउनुपर्छ । यसबाट सरकार ढल्छ कि भन्ने चिन्ता गर्नु आवश्यक छैन । मुलुककै प्रतिष्ठा गिराउने र मित्र मुलुकसँगको सम्बन्धलाई बिगार्ने गरी भएको यस्तो व्यवहारको भत्स्रना हुनैपर्छ ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook