राष्ट्रपति र आमनिर्वाचन 'एक वर्षभित्रै'
किरण भण्डारी, काठमाडौं, जेठ ३- संविधान लेखनको सबैभन्दा जटिल मुद्दा ठानिएको राज्य पुनर्संरचनाबारे दलहरूबीच सहमति जुटाउने उपाय बनेको छ- संघीय सीमा आयोग। प्रदेशको नामांकन र सीमांकन थाती राखेर जारी गर्ने सहमति भएको संविधानले ती मुद्दा सल्टाउने जिम्मा उक्त आयोगलाई दिएको छ।