Tuesday 8 Poush, 2071 |
Menu

राजनीति

मतदान विकल्पमा अझै विमति

काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले बुधबार संविधानसभा बैठकमा संविधानका विवाद, विभिन्न दलबाट आएका धारणा र प्रस्तावसमेत राखेर प्रतिवेदन पेस गरेको छ। समितिका सभापति भट्टराईले पेस गरेको प्रतिवेदनमा सोमबार बस्ने संविधानसभामा छलफल सुरु हुनेछ।
Read more...

एमालेमा बल्झियो विधान विवाद

काठमाडौं- पार्टी विधानलगायत आन्तरिक विवादले एमालेमा पोलिटब्युरो र स्थायी कमिटी गठन अन्योलमा परेको छ। महाधिवेशन सम्पन्न भएको पाँच महिना बित्दा पनि पार्टी सञ्चालनका महŒवपूर्ण दुई निकाय गठन हुन सकेका छैनन्। 
Read more...

'सरकारलाई शंका नगरौं'

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले तोकिएको समयमै संविधान जारी हुने भन्दै त्यसमा सरकारलाई शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले तोकिएको समय माघ ८ मै संविधान जारी हुने दोहोर्या ए।…
Read more...

'माघ ८ मै ल्याउनुपर्छ, सहमतिको पहल लिनुस्'

काठमाडौं- राष्ट्रपति रामवरण यादवले संविधानका अन्तर्वस्तुमा तत्काल दलीय सहमति निर्माण गरी माघ ८ भित्रै नयाँ संविधान जारी गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरेका छन्। मंगलबारबाट राजनीतिक परामर्श सुरु गरेका राष्ट्रपति यादवले एकीकृत माओवादी अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी दलका…
Read more...

राष्ट्रपति यादव र एमाओवादी अध्यक्षबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामवरण यादवसँग एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधवार भएको भेटवार्तामा संविधान लेखनका विषयमा भएका प्रगतिबारे छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए।
Read more...

मानव अधिकारवादीले अराजकता फैलाउन खोजे: गृहमन्त्री

काठमाडौं- गृहमन्त्री बामदेव गौतमले मानव अधिकारवादी संस्थाहरुले सरकारको सामान्य त्रुटीमा पनि अराजकता फैलाउन खोज्ने गरेको आरोप लगाएका छन्। मानव अधिकारवादी संस्थाको दृष्टिकोण सँधै आलोचक हुने गरेको, देश बाहिर गएर सँधै आलोचना मात्रै गर्ने गरेको बताउँदै उनले बरु अन्य देशका मानव…
Read more...

ओलीले केन्द्रीय कमिटीमा भने: मन्त्री हेरफेरमा गल्ती भए माफ पाउँ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा मन्त्री हेरफेर गर्दा गल्ती भएको भए क्षमा दिन आग्रह गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले संसदका समितिमा सभापति चयन गर्दा तत्कालिन समयमा सचेतकको भूमिका निर्वाह गरेका राजेन्द्र पाण्डेसँग सल्लाह गरेको…
Read more...

मलाई ग्लानी लागेको छ: भट्टराई

काठमाडौं–संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिमा संविधानका अन्र्तबस्तुमा सहमति हुन नसकेमा आफूलाई ग्लानी लागेको बताएका छन्। उनले संविधानसभाले दिएको निर्देशन पुरा गर्न नसक्दा ग्लानी बोध भएको बताएका हुन्। संवाद समितिको प्रतिवेदन बुधवार संविधानसभामा पेश गर्दै भट्टराईले…
Read more...

विवादस्पद कार्यदल पुर्नगठन

काठमाडौं–तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले विघटन गरेको 'द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल' वर्तमान सरकारले पुर्नगठन गरेको छ। दुई साता अघि बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल पुर्नगठन गर्ने निर्णय गरेको हो।
Read more...

ढु्क्क हुनुहोस् संविधान आउँछ: प्रधानमन्त्री

पोखरा— प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मै संविधान आउने दावी गरेका छन्। सबै राजनीतिक दलसँग वार्ता भइरहेकोले सहमतिमै तोकिएको समयमा संविधान आउने उनले बताए। तोकिएको समयमै संविधान आउनेमा आशंका नगर्न उनले आगह पनि गरे।
Read more...

ककसमा नलाग्नुस् : ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सभासदलाई कुनै पनि दबाब समूहमा संलग्न नहुन निर्देशन दिएका छन्। नयाँबानेश्वरस्थित सविधानसभा भवनमा मंगलबार संसदीय दलको बैठकमा संसदीय दल नेतासमेत रहेका अध्यक्ष ओलीले ककस गठनले परिस्थिति जटिल बन्ने भन्दै त्यसमा नलाग्न निर्देशन दिए।
Read more...

‘मानवअधिकार सुनिश्चित गर्न सरकार क्रियाशील'

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले मानवअधिकार उल्लंघनका दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Read more...

माघ ८ मै संविधान सम्भव : रेग्मी

चितवन– अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुले राष्ट्रहित सर्वोपरि ठाने तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन्। मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा रेग्मीले दृढ इच्छाशक्ति र जनतासामु गरेका बाचा पूरा गर्ने तत्परता र संकल्प नभुल्न नेताहरुलाई सम्झाउँदै माघ…
Read more...

माघ ८ सम्झाउँदै राष्ट्रपति

काठमाडौं-राष्ट्रपति रामवरण यादवले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलसँग परामर्श सुरु गरेका छन्। दलहरूको पूर्वप्रतिबद्धताअनुसार माघ ८ को समयसीमा नजिकिँदै गर्दा राष्ट्रपति यादवले संविधान निर्माणका विषयमा चासो राख्दै परामर्श थालेका हुन्। उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै प्रमुख दलसँग छलफल गर्नेछन्।
Read more...
Subscribe to this RSS feed