Friday 12 Mangshir, 2071 |
Menu

राजनीति

अख्तियार प्रमुख कार्की बुधबार सुशासन समितिमा उपस्थित नहुने

काठमाडौं- व्यवस्थापिका संसदअर्न्तगतको सुशासन तथा अनुगमन समितिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बाेलाउने निर्णय गरे पनि कार्कीले उपस्थित हुन नसक्ने जनाएका छन्।
Read more...

वैद्य माओवादीभित्र अन्तरसंघर्ष चर्कियो

काठमाडौं- नेकपा–माओवादीमा आन्तरिक राजनीतिक तथा सांगठनिक कलह समाधान हुन नसक्दा अन्तरसंघर्ष चर्किएको छ। अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै तीन महिनाअघि फरक दस्तावेज पेस गरेका सचिव नेत्रविक्रम चन्दले गत साता बोलाइएका पदाधिकारी तथा पोलिटब्युरो बैठक बहिष्कार गरेका थिए। पदाधिकारी…
Read more...

'भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छैन'

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि नेपाल आउने क्रममा जनकपुरमा सार्वजनिक सम्बोधन नगर्ने र साइकल पनि नबाँड्ने सरकारले जनाएको छ। संसदको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले मोदीले सार्क सम्मेलनमा आउने क्रममा जनकपुरमा ३ हजार साइकल बाँड्ने र…
Read more...

प्रदेश संख्यामा एमाओवादी थप लचिलो

काठमाडौं- एकीकृत नेकपा माओवादीले संघीय संरचनाअन्तर्गत प्रदेश संख्यामा थप लचिलो बन्न सकिने जनाउँदै प्रदेशको नामकरण प्रदेश सभालाई नै दिने गरी संविधानका विवादित विषयमा सहमति खोज्न सकिने विकल्प अघि सारेको छ।
Read more...

दाहालले दिए कांग्रेस एमालेलाई तह लगाउने चेतावनी

रोल्पा– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले गठबन्धन अन्तरिम संविधानविपरीत अगाडि बढ्ने खोजे परिमाण भयानक हुने बताएका छन्।
Read more...

मधेसी दलले फेरि बनाए मोर्चा

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय बेहोरेका मधेसी दलहरूले पुनः मोर्चा गठन गरेका छन्। नवगठित 'मधेसी मोर्चा'ले संविधान निर्माणमा मधेसका मुद्दा सम्बोधन गर्न दबाब दिनेछ।
Read more...

अहिलेको परिस्थितिले सुखद् संकेत देखाएको छैन : भट्टराई

काठमाडौं– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले शान्ति प्रक्रियाका सहयोगी दलहरूबीच देखिएको फाटोले सुखद् संकत नदेखाएको बताएका छन्।
Read more...

दण्डहीनता गर्ने कारबाहीबाट उम्किँदैन : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता गर्ने जोकोही पनि कानुनबाट उम्कन नसक्ने बताएका छन्।
Read more...

नेविसंघको औचित्यमाथि प्रश्न, अध्यक्षलाई राजीनामा दिन नेताको सुझाव

काठमाडौं- अधिवेशन गर्न नसक्ने भएपछि पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेविसंघ केन्द्रीय सदस्यहरुले अध्यक्ष रन्जित कर्णलाई सुझाव दिएका छन्। उनीहरुले नेविसं‌घको औचित्यमाथि प्रश्नसमेत उठाएका छन्।
Read more...

दाहाल हतारहतार काठमाडौं फर्के

लिबाङ (रोल्पा)-एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार काठमाडौं फर्केका छन्। शुक्रबार राजधानीमा बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन उनी हतारहतार राजधानी फर्किएका हुन्।
Read more...

विवादित विषयमा जनमत सङ्ग्रह गर्न माग

काठमाडौं-नेपाल नागरिक मञ्चले विवादित विषयका अन्तर्वस्तुमा आवश्यकताअनुसार जनमत सङ्ग्रह गरी निर्क्योल निकाल्न माग गरेको छ।
Read more...

प्रदेशको नामकरण प्रदेशसभालाई दिन सकिन्छ : एमाओवादी

काठमाडौं- एकीकृत नेकपा माओवादीले संघीयतामा गएपछि प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई दिन सकिने जनाएको छ। सानेपास्थित एमाओवादी नेता बाबुराम भट्टराई निवासमा भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गरेका हुन्।
Read more...

नेविसंघको महाधिवेशन फेरि स्थगित

काठमाडौं- कात्तिक ३० गतेदेखि कीर्तिपुरमा हुने भनिएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय अधिवेशन फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। अधिवेशन सम्पन्न गर्न पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिको बिहीबार बसेको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
Read more...

एमाओवादी नेताद्वय बाबुराम र नारायणकाजीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं- एमाओवादी नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। आज दिउँसो १ बजे भट्टराई निवास सानेपामा हुने पत्रकार सम्मेलनमा संविधान निर्माणबारे धारणा राख्ने बताइएको छ।
Read more...
Subscribe to this RSS feed