Tuesday 14 Ashwin, 2071 |
Menu

राजनीति

softworica

सर्वपक्षीय सम्मेलन ३१ गते बिहान ९ बजे

काठमाडौं– नेकपा–माओवादीले माग गर्दै आएको राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलन अन्ततः भदौ ३१ गते हुने भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र नेकपा–माओवादीका नेता सम्मलित चार दलीय कार्यदलको आज बिहान बसेको बैठकले सम्मेलनको मिति टुंगो लगाएको हो।
विस्तृतमा पढ्नुस्

सर्भेक्षक यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल, काठमाण्डौंका सर्भेक्षक शिवनारायण यादवविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विस्तृतमा पढ्नुस्

राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप्न सुझाव

काठमाडौं-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेनमाथी छलफल सुरु भएको छ। प्रतिवेनमाथि बोल्ने अधिकांस सभासदहरुले संविधानका अन्तर्वस्तुमा सहमति गर्नको लागि संवाद समितिको म्याद केहि समय थप्नु पर्ने सुझाव दिएका छन्।
विस्तृतमा पढ्नुस्

प्रधानन्यायाधीशमा साह सिफारिस

काठमाडौं-संवैधानिक परिषदले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश रामकुमार प्रसाद साहको नाम प्रधान न्यायाधीश पदका लागि सिफारिश गरेको छ। आज बसेको परिषद बैठकले साहको नाम सिफारिस गरेको हो।
विस्तृतमा पढ्नुस्

काम ठप्प पार्न वडास्तरमै सर्कुलर

गोरखा— सत्तारुढ दल नेपाली कांग्रेसको गोरखा जिल्ला समितिले बूढीगण्डकी जलविद्युत आयोजनाका कुनै पनि काम अघि बढाउन नदिन मातहत संयन्त्रलाई सर्कुलर गरेको छ।
विस्तृतमा पढ्नुस्

बेलायत टुक्रिए विश्वभर तरंग

काठमाडौं— संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्यान्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु नौ दिनअघि गरिएको मतसर्वेक्षणले 'स्वतन्त्र स्कटल्यान्ड' पक्षमा बहुमत देखाएपछि विश्व ध्यान बेलायततिर तानिएको छ।बेलायत टुक्रिँदा त्यसको तरंग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर १८ (असोज…
विस्तृतमा पढ्नुस्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन असोज १० गते

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सुशील कोइरालाले असोज १० गते सम्बोधन गर्ने भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महासभामा भाग लिन न्युयोर्क जाने २२ सदस्यीय टोलीको टुंगो लगाएको हो।  
विस्तृतमा पढ्नुस्

सैनिक ऐन सुधारबारे काम देखाउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले सैनिक ऐन २०६३ लाई पुनरावलोकन गर्न गठित कार्यदलको प्रगति विवरण उपलब्ध गराउन सरकार र नेपाली सेनाका नाममा आदेश दिएको छ।
विस्तृतमा पढ्नुस्

संविधान नबनाउन दबाब आयो : भट्टराई

काठमाडौं– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान नबनाउन आफूलाई दबाब आएको खुलासा गरेका छन्। संविधानसभाको आजको बैठकमा समितिले गरेका कामहरूको प्रतिवेदन पेस गर्दै उनले संविधान नबनाउन आफूमाथि मनोवैज्ञानिक दबाब आउने क्रम जारी रहेको बताए।
विस्तृतमा पढ्नुस्

सभासदले किर्ते गरेर पैसा झिके

काठमाडौं-संविधानसभा निर्वाचनका बेला जनमोर्चा कार्यकर्तासँग झडप हुँदा बाग्लुङका कांग्रेस कार्यकर्ता टेकबहादुर रानामगर घाइते भए। तत्कालिन सरकारले उपचार खर्च बेहोर्ने घोषणा गरेअनुसार स्वास्थ्य मन्त्रालयले उनका नाउँमा १ लाख ५१ हजार ८ सय ५८ रुपैयाँ निकासा गर्‍यो। टेकबहादुर अहिले पनि आफ्ने खर्चमा…
विस्तृतमा पढ्नुस्

मितिमा विवाद भएपछि शीर्ष नेताको बैठक सहमतिबिनै सकियो

काठमाडौं- राष्ट्रिय राजनीति सभा गर्ने मितिमा विवाद भएपछि बालुवाटारमा बसेको शीर्ष नेताको बैठक सहमतिबिनै सकिएको छ। चार दलको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि बिहान ९ बजेदेखि बसेको बैठकले मिति टुंगो लगाउन सकेन।
विस्तृतमा पढ्नुस्

संविधान वार्तामा 'जघन्य अपराधी'

काठमाडौं- साउन दोस्रो साता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारम्भिक वार्ता उपसमितिको टोली इलाम पुगेर किरात जनवादी वर्कस पार्टीसँग वार्तामा बस्यो। सभासद आनन्दप्रसाद ढुंगानासहितको टोली नयाँ संविधानमा सहमति जुटाउन वर्कसका वार्ता टोली संयोजक सुमन बान्तवासँग प्रारम्भिक सहमति गरी…
विस्तृतमा पढ्नुस्

कान्तिपुरका मालिक र पत्रकार सर्वोच्चमा

काठमाडौं- समचार र टिप्पणी लेखेर अदालतको अपहेलना गरेको भनी कान्तिपुर पब्लिकेसन्स्‌विरुद्ध दायर भएको अपहेलना मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेसन्स्‌का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र वरिष्ठ सहायक उपसम्पादक घनश्याम खड्का सर्वोच्च अदालतमा…
विस्तृतमा पढ्नुस्

क्रसर फुकुवामा सभासदको आपत्ति

काठमाडौं- सरकारले मापदण्डविपरीतका क्रसर उद्योगलाई समेत सञ्चालन खुला गरेको भन्दै व्यवस्थापिका संसदअन्तर्गत वातावरण संरक्षण समितिका सभासदहरूले आपत्ति जनाएका छन्। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed