Thursday 5 Bhadra, 2071 |
Menu

राजनीति

‘नेपाल हाम्रो उच्च प्राथमिकतामा'

काठमाडौं-भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपाल सधैं भारतको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।तीनदिने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार काठमाडौं आइपुगेकी स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीबीच आफू ठूलो आशा तथा विश्वास लिएर बैठकमा सहभागी हुन नेपाल आएको बताइन्।
विस्तृतमा पढ्नुस्

नेपाल–भारत संयुक्त बैठक,पुराना सीमा विवादसहित ५२ एजेन्डा

काठमाडौं– परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक २३ वर्षपछि शनिबार काठमाडौंमा सुरु हुँदैछ। बैठकमा पेस गर्न सरोकारवाला मन्त्रालयसँग छलफल गरी परराष्ट्र मन्त्रालयले तयार पारेको एजेन्डालाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।
विस्तृतमा पढ्नुस्

‘गृहकार्य गरेर मात्र सम्झौता गर्नुपर्छ'

काठमाडौं– प्रमुख राजनीतिक दलहरूले भारतसँग कुनै पनि सन्धि–सम्झौता गर्नुअघि पर्याप्त गृहकार्य गर्न आवश्यक भएको ठहर गरेको छ।
विस्तृतमा पढ्नुस्

एमाले अध्यक्ष ओली डिस्चार्ज, मंगलबार फर्कने

काठमाडौं– सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
विस्तृतमा पढ्नुस्

सहमतिमा भारतसँग ऊर्जा व्यापार सम्झौता : गृहमन्त्री गौतम

बनेपा– उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले आपसी हितका आधारमा भारतसँग ऊर्जा व्यापार सम्झौता गरिने बताएका छन्। गृहमन्त्री गौतमले प्रेस चौतारी काभ्रेले आयोजना गरेको पत्रकार भेटघाटमा भने, 'भारतका विदेशमन्त्री र प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन र अस्पष्ट…
विस्तृतमा पढ्नुस्

नेपाल उच्च प्राथमिकतामाः स्वराज

काठमाडौं– शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल, भारतको उच्च प्राथमिकतामा भएको बताएकी छिन्।
विस्तृतमा पढ्नुस्

सरकारद्वारा मोदीको भ्रमण स्वीकृत, विदेशमन्त्री स्वराज आइपुगिन्

काठमाडौं–सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साउन १८ र १९ हुने औपचारिक नेपाल भ्रमणसम्बन्धी प्रस्तावमा सहमति जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो।
विस्तृतमा पढ्नुस्

रौतहटका एलडिओविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोलुङ्गे पुल निर्माण गर्दै आएको संस्थासँग घुस लिने रौतहट जिल्लाका स्थानीय विकास अधिकारी (एलडिओ) बशन्तकुमार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विस्तृतमा पढ्नुस्

नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय

काठमाडौं-आज वसेको मन्त्रिपरिषद बैठकले शनिबारबाट सुरु हुने परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकका एजेण्डा तय गरेको छ।
विस्तृतमा पढ्नुस्

नेपाल–भारत संयुक्त बैठक, कालापानी र सुस्ता विवाद प्राथमिकता

काठमाडौं- काठमाडौंमा शुक्रबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेको कालापानी र सुस्ता सीमा विवादलाई नेपालले उच्च प्राथमिकताका साथ उठाउने भएको छ।
विस्तृतमा पढ्नुस्

संविधानका ४८ पूर्वसहमति अनुमोदन

काठमाडौं-संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संघीय व्यवस्थापिकाको नामसहित ४८ विषयमा सहमति जुटाएको छ।
विस्तृतमा पढ्नुस्

प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।
विस्तृतमा पढ्नुस्

तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमति

काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने' र '१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने' तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।
विस्तृतमा पढ्नुस्

माधव नेपाल - चिनियाँ राजदूत भेट

काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed