Sunday 20 Ashad, 2072 |
Menu

राजनीति

लिपुलेक सम्झौता र कृषिमन्त्रीका विषयमा सरकारको जवाफ माग

काठमाडौं–व्यवस्थापिका संसदको बैठकमा विपक्षी दलले भारत र चीनबीच भएको लिपुलेक सम्झौताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। संसदको बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी र विपक्षी दल राप्रपा नेपालले लिपुलेक सम्झौताका विषयमा जानकारी गराउन माग गरेका छन्।
Read more...

'नेता साहको पुरानो मुद्दाले प्राथमिकता पाएन'

काठमाडौ-जनकपुर बमकाण्डका योजनाकार आरोपमा थुनामा रहेका नेता सञ्जयकुमार साहविरुद्ध सर्वोच्च अदालतमा रहेका दुईमध्ये पुर्पक्षको आदेश बदर हुनुपर्ने माग गरिएको मुद्दाले मात्र प्राथमिकता पाएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले असन्तुष्टि जनाएको छ।
Read more...

कांग्रेसमा सदस्यता विवाद, केन्द्रीय कार्यालयमा उजुरीका चाङ

काठमाडौं-पार्टी विधि र विधानभन्दा आफूनिकटलाई क्रियाशील सदस्यता दिएको भन्दै नेपाली कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानासहित केन्द्रीय तहका नेताले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।
Read more...

वंशज नागरिकता हुनेले मात्र राष्ट्रपति–प्रधानमन्त्री बन्न पाउने

काठमाडौं-नयाँ संविधान जारी भएपछि वंशजको आधारमा नागरिकता लिएका नेपालीले मात्र मुलुकको सरकार, राष्ट्र प्रमुखदेखि मुख्य पदमा नियुक्ति पाउने भएका छन्।
Read more...

डब्लुएफपीविरुद्ध कारबाही मागकोपत्र परराष्ट्रले रोक्यो

काठमाडौं- कृषि मन्त्रालयले भूकम्प पीडितलाई कुहिएको चामल बाँडेको आरोप लगाउँदै कृषि मन्त्रालयले विश्व खाद्य संगठन (डब्लुएफपी) माथि कारबाही गर्न भनी संयुक्त राष्ट्रसंघ पठाएको पत्र परराष्ट्र मन्त्रालयले अघि नबढाउने भएको छ। बाहिर आएजस्तो डब्लुएफपीले कुहिएको चामल वितरण नगरेको निक्योल निकाल्दै परराष्ट्र…
Read more...

जोखिम बस्ती १५ दिनमा सारिने

काठमाडौं-सरकारले भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका १५ जिल्लाका बस्ती १५ दिनभित्र सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले भूकम्पका कारण उच्च जोखिममा रहेका धादिङ, दोलखा, गोरखा, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, लमजुङ, नुवाकोट, ओखलढुंगा, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, रामेछाप, मकवानपुर जिल्लाका…
Read more...

माथेमा प्रतिवेदन सार्वजनिक गर्न केसीको माग

काठमाडौं-स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न त्रिवि शिक्षण अस्पताल वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसँग माग गरेका छन्।
Read more...

१२ घन्टा टिकेन प्रधानमन्त्रीको प्रण

काठमाडौं-'म राज्यका दुई सुरक्षा संगठनबीच द्वन्द्व बढ्ने गरी कुनै निर्णय गर्दिनँ, तपाईंहरु ढुक्क हुनुस्।' प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बिहान ९ बजे पूर्वप्रहरी महानिरीक्षकहरुका चासो सुनिसकेपछि यस्तो वचन दिएका थिए।
Read more...

संविधान मस्यौदा संविधानसभामा

काठमाडौं-गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता सुनिश्चित गरिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाको पूर्ण बैठकमा मंगलबार पेस गरिएको छ। संविधानसभा अन्तर्गतको संविधान लेखन तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार बेलुका संविधानको पूर्ण बैठकमा मस्यौदा प्रतिवेदन पेस गरेका हुन्।
Read more...

संविधानसभामा संविधानको मस्यौदा पेश, मधेसी दलले मस्यौदा च्याते (फोटो फिचर)

काठमाडौं- संविधानसभा बैठकमा संविधानको पहिलो मस्यौदा पेश भएको छ। मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा पेश गरेका छन्। यस पछि मस्यौदा जनताको सुझावको लागि सार्वजनिक गरिने छ।
Read more...

जनमत संग्रहबारे छलफल गर्न कमल थापाको माग

काठमाडौं-संविधान सभा बैठकलाइ सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनमत संग्रहबारे संविधान सभामा छलफल गरिनुपर्ने बताएका छन्।
Read more...

नयाँ संविधानको मस्याैदा संविधान सभालाइ हस्तान्तरण

काठमाडौं–संविधान मस्यौदा समितिले मंगलबार साँझ संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङलाई नयाँ संविधानको मस्यौदा हस्तान्तरण गरेको छ। समिति सभापति कृष्ण सिटौलाले मस्यौदा हस्तान्तरण गरेका हुन्।
Read more...

ऐनसँग बाझिने गरी पूर्व युवराज्ञीलाई दाइजो फिर्ता आदेश

काठमाडौं—सर्वोच्च अदालतले काठमाडौं, छाउनीस्थित १५ रोपनी १ आना जग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहका नाममा फिर्ता दिन गरेको परमादेश कानुनविपरीत देखिएको छ।
Read more...

संसदको अधिवेशन दुई मिनेट बसेर स्थगित

काठमाडौं–मंगलबार सुरु भएको संसदको अधिवेशन दुई मिनेट नै स्थगित भएको छ। अधिवेशनको पहिलो दिन ज्ञान अज्ञात सहिदप्रति मौन धारण गर्दै १६ गते विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ।
Read more...
Subscribe to this RSS feed