4 Ashwin, 2071 |
Menu

राजनीति

संसद र संविधानसभा बैठक स्थगित

काठमाडौं- आजको संसद र संविधानसभा बैठक स्थगित भएको छ। एमाओवादी उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनका कारण बैठक स्थगित भएको हो।
विस्तृतमा पढ्नुस्

बोगटीको निधनले राष्ट्रलाई अपुरणीय क्षति: प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला आज(सोमबार) बिहान एनेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र एनेकपा माओवादीका नेताहरुलाई समवेदना व्यक्त गरेका छन्।
विस्तृतमा पढ्नुस्

नेविसंघका तीन पूर्व अध्यक्षसहित कांग्रेसमा ६ केन्द्रीय सदस्य मनोनित

काठमाडौँ– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आइतबार मध्यरातमा ६ केन्द्रीय सदस्य मनोनित गरेका छन् । कार्यकाल एक वर्ष थप्न सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने तय भइसकेका बेला, त्यसपछि मनोनित गर्न नैतिकरूपमा नमिल्ने भएकाले आइतबार राति ११ बजेपछि…
विस्तृतमा पढ्नुस्

कांग्रेसको कार्यकाल थपिँदै

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समितिलगायत सबै निकायको कार्यकाल एक वर्ष थप गर्ने भएको छ। १२औं महाधिवेशनपछिको चारवर्षे कार्यकाल आगामी असोज ५ गते सकिने भएकाले सोमबार केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले म्याद थप्न लागेको हो।
विस्तृतमा पढ्नुस्

संविधानसभा बाइपास नगर्न सभासदको आग्रह

काठमाडौं- नेपाली कांग्रेस र नेकपा (एमाले) का सभासदहरूले संविधानसभालाई 'बाइपास' गरेर संविधानका अन्तर्वस्तुमा सहमति नखोज्न शीर्ष नेतासँग आग्रह गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र र सर्वदलीय राजनीतिक सभामार्फत संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन्।
विस्तृतमा पढ्नुस्

सभासदले घाइतेलाई पैसा बुझाए

काठमाडौं- संविधानसभा निर्वाचनका बेला झडपमा परी घाइते भएका बाग्लुङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेस कार्यकर्ताले सभासद प्रकाश शर्मा पौडेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको रकम प्राप्त गरेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन

काठमाडौं-एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको स्वास्थ्य स्थिति आइतबार अत्यन्त नाजुक थियो। एमाओवादी नेता बाबुराम भट्टराईले ट्विट गर्दै बोगटीको दुःखद निधन भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'सहयोद्धा क. पोष्टबहादुर…
विस्तृतमा पढ्नुस्

प्रतिपक्षी दलको अवरोधले संसद् बैठक स्थगित

काठमाडौं- व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रतिपक्षी दलको अवरोधका कारण सातौंपटक स्थगित भएको छ। बैठक सुरु हुने वित्तिकै तराई–मधेस सद्भािवना पार्टीका सभासद् महेन्द्रराय यादवले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्न सरकारले कुनै पनि पहल नगरेको र सभामुख सुवासचन्द्र नेम्वाङले पटकपटक गरेको निर्देश…
विस्तृतमा पढ्नुस्

'सहमतिमै संविधान बनाएर जारी गर्नुको विकल्प छैन'

काठमाडौं- संविधानसभाको आजको बैठकमा आफ्नो अभिमत राख्नेा अधिकांश सभासद्हरूले सहमतिकै आधारमा संविधान बनाएर जारी गर्नुको विकल्प नभएको बताउँदै सहमतिको विकल्पका रूपमा प्रक्रियामा जाने सोच बनाउन नहुनेमा जोड दिएका छन्।
विस्तृतमा पढ्नुस्

नवनियुक्त मन्त्रीद्वयद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री दीपकचन्द्र अमात्यले पद बहाली गरेका छन्। पद बहालीका क्रममा मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले मन्त्रालयका गतिविधिबारे मन्त्री अमात्यलाई जानकारी गराएका थिए।
विस्तृतमा पढ्नुस्

अमेरिकी दूताबासद्वारा भिसा प्रक्रिया परिवर्तन

काठमाडौं—काठमाडौं स्थित अमेरिकी दूताबासले भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने भएको छ। अमेरिकाले प्रदान गर्ने पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिषाका लागि निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न लागेको हो।
विस्तृतमा पढ्नुस्

बोगटीको स्वास्थ्य अत्यन्त नाजुक, प्रधानमन्त्री अस्पतालमा

काठमाडौं— हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनलाई भ्यान्टिलेटरमा राखी श्वासप्रश्वास गराइरहिएको छ भने औषधिको मद्दतले रक्तसञ्चार गराइरहिएको छ।अस्पतालले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार एमाओवादी नेताको स्वास्थ्य…
विस्तृतमा पढ्नुस्

एक वर्ष म्याद थप्न कांग्रेसले केन्द्रीय समिति डाक्यो

काठमाडौं— नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। चार वर्षअघि निर्वाचित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको म्याद असोज ५ गते सकिन लागेको अवस्थामा केन्द्रीय समिति बोलाइएको हो।
विस्तृतमा पढ्नुस्

छुट्टै मधेसको पक्षमा अभियान चलाउने राउतलाई सार्वजनिक मुद्दा

विराटनगर— मोरङको रंगेली इलाकाबाट शनिवार साँझ पक्राउ परेका सिके राउतमाथि सार्वजनिक मुद्दा चलाइएको छ। मोरङका सिडिओ गणेशराज कार्कीले सार्वजनिक मुद्दामा ६ दिनको म्याद थपिएको जानकारी दिए।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed