Monday 16 Chaitra, 2071 |
Menu

राजनीति

दलका नेतामा आत्मशक्ति भए दुई घन्टामा सहमति हुन्छ : सभामुख

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलका नेतामा आत्मशक्ति र संविधान बनाउने भावना हुने हो भने दुई घन्टामा संविधानका विवादित विषयमा सहमति हुने बताएका छन् ।सोमबार आफ्नै कार्यकक्षमा नागरिक समाज नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले सो कुरा बताएका हुन् ।
Read more...

सिराहा कांग्रेसमा विवाद

लहान–नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ५ का सभापति चन्द्रदेव यादव दोस्रो संविधान सभा निर्वाचन अगाडि काँग्रेस पार्टी छाडेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए। पार्टीमा फर्कन उपसभापति रामसुन्दर चौधरी सहितका जिल्ला नेताहरुले पटक–पटक यादवलाई आग्रह गरे। तर, उनी पार्टीमा…
Read more...

दुई माओवादीबीच हुने एकीकरण अवसरवादी चरित्र : सिंह

प्यूठान–नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले दुई माओवादीबीचकोे एकीकरण 'अवसरवादीको' एकताको संज्ञा दिएका छन्। गृहजिल्ला प्यूठान आएका सिंहले सदरमुकाम खलंगामा पत्रकारसँग भेट गर्दै नीति र सिद्धान्त बिपरितको मिलन हदै सम्मको अवसरवादी चरित्र भएको आरोप लगाए। 'यी पार्टी मार्क्सवादी–लेलिनवादी चरित्रका होइनन,' उनले…
Read more...

एमाले नेताको निदर्शेनमा झडप हुँदा दुईको मृत्यु, ११ घाइते

जनकपुर- धनुषाको सबैलामा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादले उग्र रुप लिएपछि उत्पन्न तनावमा दुई जनाको मृत्यु भएको छ। घटनामा ११ जना घाइते भएका छन्। सबैला नगरपालिका-१, स्थित मदन आश्रित निमाविमा विद्यालय व्यवस्थापन समिति छनौटसम्बन्धी भइरहेको छलफमा झडप भएको थियो।
Read more...

स्थायी कमिटी बैठकमा नेपाल गएनन्

काठमाडौं- भ्रातृ संगठन युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा बोलाएको स्थायी कमिटी बैठक नेता माधवकुमार नेपालले बहिष्कार गरेका छन्। अध्यक्ष ओलीले स्वास्थ्यको कारण देखाउँदै निवासमै बैठक बोलाएका थिए। ओलीनिवासमा अनौपचारिक छलफलमा…
Read more...

सर्वोच्चको फैसलाविरुद्ध माओवादी संघर्षमा

काठमाडौं- 'युद्धकालका जघन्य मानवअधिकार उल्लंघनका मुद्दामा आममाफी दिन नमिल्ने' सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादीहरू आन्दोलनमा उत्रने भएका छन्। बुद्धनगरस्थित नेकपा–माओवादी केन्द्रीय कार्यालयमा आइतबार बसेको ५ माओवादी दलको संयुक्त बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोगका सन्दर्भमा सर्वोच्च अदालतले फागुन १४ गते गरेको फैसला…
Read more...

'शान्ति समितिको कार्यसम्पादन प्रभावकारी भएन'

चितवन- स्थानीय शान्ति समितिहरूले सीमित अधिकार मात्र दिइँदा कार्यसम्पादन प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्। समिति अधिकारसम्पन्न नभएकैले द्वन्द्वपीडितले राहत लिन आहत बढी पाएको उनीहरूले बताएका छन्।
Read more...

मेडिकल कलेज सम्बन्धन : संसदीय समितिमा चर्काचर्की

काठमाडौं- सरकारबाट मनसायपत्र पाइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिलाउन संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले दिएको निर्देशनका सम्बन्धमा सभासदहरूबीच चर्काचर्की भएको छ।
Read more...

भन्सारका सुब्बाविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास गरेवापत सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपालगन्ज भन्सार कार्यालयका नासु शंकरप्रसाद तिमिल्सनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
Read more...

राष्ट्रपतिले शीर्ष नेताहरूलाई भने- संविधान निर्माणमा जुट्नुस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले देश र जनताप्रति गरेको कबुलअनुसार संविधान निर्माणमा जुट्न राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका छन्। उनले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई आइतबार शीतलनिवास बोलाएर संविधान लेखनका विवाद समाधाननिम्ति इमानदार प्रयत्न गर्न आग्रह गरेका छन्।
Read more...

चैत १५ भित्र सहमति गरौं : भट्टराई

काठमाडौं– एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानका विवादित अन्तर्वस्तुमा चैत १५ गते भित्रमा सहमति गर्न आग्रह गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग आइतबार सिंहदरबारमा भेट गरी भट्टराईले आन्दोलनको चरणमा प्रवेश गरेपछि मुलुक मुठभेडमा जान सक्ने बताउँदै १५ गतेभित्रै सहमति…
Read more...

राष्ट्र हित सर्वोपरी राखेर सोच्न दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं–संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति रामबरण यादवले राष्ट्र हितलाई सर्वोपरी राखेर सोच्न आग्रह गरेका छन्। राष्ट्रपतिले आज शीतल निवासमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाएका थिए।
Read more...

सरकार शान्ति सम्झौता विपरीत गएको ६ माओवादीको ठहर

काठमाडौँ-एकीकृत नेकपा (माओवादी)लगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
Read more...

शीतल निवासमा दलहरुको बैठक सुरु

काठमाडौं–संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतासँग शीतल निवासमा बैठक सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादीसहित प्रमुख दलका तीन–तीन शीर्ष नेतालाई छलफलको लागी राष्ट्रपति रामबरण यादबले शीतलनिवास बोलाएका हुन्। बैठकमा अन्य दलबाट एक–जनालाई मात्र बोलाइएको छ।
Read more...
Subscribe to this RSS feed