16 Falgun, 2071 |
Menu

राजनीति

HUB

नेपाल प्रहरीमा छ हजार १० दरबन्दी थपिने

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले हालै बर्मुडामा सम्पन्न क्रिकेटको आइसिसी डिभिजन३ विजेता नेपाली खेलाडीलाई जनही रु तीन लाख ५० हजारका दरले नगद पुरस्कार दिनेलगायतका निर्णय गरेको छ। सो खेलमा नेपाली टोली च्याम्पियन बन्न सफल भएको थियो।


बैठकले नेपाल प्रहरीमा छ हजार १० दरबन्दी थप स्वीकृत गर्नेलगायत विभिन्न निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्का प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलका अनुसार हाल नेपाल प्रहरीमा कुल छ हजार १ सय ७१ को दरबन्दी रहे पनि तीन हजार ७ सय ९३ जनामात्र काममा रहेकाले दरबन्दी थप्ने निर्णय भएको हो। 

थप गरिएको दरबन्दीमा न्याय सेवा प्रहरी निर्माण गरी सो सेवामा एक हजार ७ सय १४ जनाको दरबन्दी दिइनेछ। बाँकी चार हजार २ सय ९६ जना प्रहरीको प्रशासन सेवामा रहनेछन्। 

थप गरिएका अन्य दरबन्दी महानगरीय सुरक्षालोकमार्ग सुदृढीकरण र अस्थायी प्रहरी पोष्ट स्थापनामा खटिनेछन्। यस्तै बैठकले रुसको भ्लाडिभोस्टकमा यही जेठ १३ देेखि १६ सम्म हुने एसियन एन्ड प्यासिफिक इनर्जी फोरमको मन्त्रीस्तरीय बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका सचिवलाई जिम्मेवारी दिएको छ। 

बैठकले व्यापार तथा यातायात सहजीकरण आयोजनाका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाले दिने ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौताका लागि टोली गठन गरी वार्ता गर्ने निर्णय गरेको छ। यस आयोजनाका लागि ऋण र अनुदान गरी रु आठ अर्ब ६४ करोड २४ लाख प्राप्त हुनेछ। 

अवकाश हुन लागेका नेपाल न्याय सेवा (सरकारी सेवा) का दुई जनालाई विशिष्ट श्रेणी र एक जनालाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि भएको छ। 

फिनल्यान्डका राष्ट्रपति सावोजी मिनिष्टोबाट काठमाडौँ महानगरपालिका वडा नं. ४ निवासी मीनबहादुर रावललाई प्रदान गर्ने 'द अवार्ड अफ लाइफ अफ द फिनल्यान्डस्वीकार गर्न अनुमति दिइएको मन्त्री पौडेलले जानकारी दिए।

बैठकले सन् २०११ मा टर्कीको इस्तानबुलमा अतिकम विकसित मुलुकको विकाससम्बन्धी 'इस्तानबुल प्रोग्राम अफ एक्सन (२०११२०२०)कार्यान्वयन गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा राष्ट्रिय कार्यान्वयन समिति गठन गरेको छ। यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार गरेको द्वन्द्वका कारणबाट मनोसामाजिक असरहरूको पहिचान गरी उनीहरूलाई आवश्यक मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेसम्बन्धी निर्देशिका पारितका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएको छ। 

रुकुमको चौरजहारी र पाँचथरको फिदिममा बस्ती विकास गरी सहरी क्षेत्र विकास गर्न आवश्यक जग्गा उपलब्ध गराउन सैद्धान्तिक निर्णय पनि बैठकले गरेको छ। 

हुलाक टिकट प्रकाशनसम्बन्धी निर्देशिकालाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाई समितिले पारित भएपछि कार्यान्वयन गर्ने तथा  यही जेठ ५ र ६ गते थाइल्यान्डमा हुने पानीसम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन ऊर्जामन्त्री उमाकान्त झाको नेतृत्वमा टोली जाने निर्णय पनि सरकारले गरेको छ। 

अख्तियारको आयुक्तमा पाँच सिफारिस

काठमाडौं– संवैधानिक परिषदको बैठकले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा पाँच जनाको नाम सिफारिस गरेको छ। आयोगको रिक्त सदस्यको लागि परिषद्को शुक्रबार बसेको बैठकले गणेशराज जोशी, नविन घिमिरे, दीप बस्नेत, सावित्री गुरुङ...

एमाओवादीलाई पुतली बनाउन सकिएन: पोखरेल

कोहलपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य शंखर पोखरेलले एमाओवादीलाई पुतली बनाउँन आँफूहरुले प्रयास गरेपनि झुसिल किरा बन्न खाजेको आरोप लगाए। एमाले कोहलपुर नगर कमिटिको पहिलो अधिवेशन उद्घाटन गर्दै पोखरेलले झुसिल्लेबाट पुतली...

संयुक्त जातीय मुक्ति मोर्चाले सरकारलाई हतियार बुझायो

संयुक्त जातीय मुक्ति मोर्चाले सरकारलाई हतियार बुझायो

सर्लाही-संयुक्त जातीय मुक्ति मोर्चा नेपाल महरा समूहले सर्लहीमा स्थानीय प्रशासनलाई हतियार बुझाएको छ। मोर्चाका सर्लाही सेक्रेटरी जागेश्वर सिंह सर महराले आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा चार थान कटुवा पेस्तोल र...

सुवेदी विश्व आर्थिक मञ्चको कार्यदलमा

सुवेदी विश्व आर्थिक मञ्चको कार्यदलमा

लन्डन —क्याम्बोडियाका लागि मानव अधिकारसंबन्धी राष्ट्रसंघीय विशेष दूतको रुपमा उनको छ वर्षे कार्यकाल समापन हुनै लागेको समयमा प्राध्यापक सूर्यप्रसाद सुवेदीले अर्को नयाँ अन्तर्राष्ट्रिय जिम्मेवारी पाएका छन्।

उत्तर दक्षिणा मिलाएर संघीयता : देउवा

उत्तर दक्षिणा मिलाएर संघीयता : देउवा

विराटनगर- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तराईमा पहाडी भाग नमिसाइएको दुई राज्य र अर्कोउत्तर–दक्षिणको भाग मिसाएर सङ्घीय राज्यको निर्माण हुनुपर्ने बताएका छन्।

आइक्याप सम्मेलनमा सहभागी हुन खनाल मलेसियातर्फ

आइक्याप सम्मेलनमा सहभागी हुन खनाल मलेसियातर्फ

काठमाडौं-एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को स्थायी कमिटीको २४ ‍औं बैठकमा भाग लिन आज मलेसियाको राजधानी क्वलालम्पुरतर्फ प्रस्थान गरेका छन्।

अख्तियार परिसरमै कार्कीले छोरी अन्माए

अख्तियार परिसरमै कार्कीले छोरी अन्माए

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरू बिहीबार बिहान कार्यालय पुग्दा परिसरमा पञ्चे र ब्यान्ड बाजामा मानिसहरू छमछम नाचेको देखेर चकित भए। गेटबाट कार्यालय छिर्न खोज्दा उनीहरूलाई त्यहाँ रहेका मानिसले रोके र...

अपराधीलाई कडा सजाय दिन्छौं : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले राजधानीको वसन्तपुरमा किशोरीमाथि तेजाब छ्याप्ने र बाराको कलैयामा ६ वर्षीया बालिका बलात्कार गर्नेविरुद्ध कडा कारबाही गरिने बताएका छन्। अपराधी खोजी कारबाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन...