Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

भुटानी मन्त्री आज आउँदै

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २६ (नागरिक)- भुटानका पूर्वप्रधानमन्त्री एवं वर्तमान अर्थमन्त्री लिम्पो खान्दु वाङचुक मंगलबार नेपाल आउने भएका छन्। वैशाखमा भुटानमा हुने सार्क शिखर सम्मेलनको निम्तो दिन उनी त्यहाँका प्रधानमन्त्रीका विशेष दूत बनेर आउन लागेका हुन्।

भुटानले आउँदो वैशाख १५(१६ मा राजधानी थिम्पुमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १६ औं शिखर सम्मेलन आयोजना गर्दैछ। भुटान यस क्षेत्रीय संगठनको संस्थापक सदस्य राष्ट्र भए पनि यसको २५ वर्ष लामो इतिहासमा उसले पहिलो चोटी शिखर सम्मेलन गर्न लागेको हो। पछिल्लो सदस्य राष्ट्र अफगानिस्तान बाहेक अन्य सदस्यले कम्तिमा दुईदेखि तीन पटक शिखर सम्मेलन आयोजना गरिसकेका छन्।

सम्मेलनमा सबै देशका राष्ट्र या सरकार प्रमुख सहभागी हुनेछन्। आयोजक राष्ट्रले उनीहरूलाई औपचारिक निम्तो दिने परम्परा पछ्याउँदै अर्थमन्त्री वाङचुक आउन लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। 'आफ्ना प्रधानमन्त्रीका विशेष दूत बनेर आउने उनले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर औपचारिक निम्तो हस्तान्तरण गर्नेछन्' ती अधिकारीले भने।

वाङ्चुक २००१ देखि २००२ सम्म र २००६ सेप्टेम्बरदेखि २००७ अगष्टसम्म गरी दुई चोटी प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। उनले २००८ को आम निर्वाचनमा डिपीटी दलबाट उमेदवारी दिन पदबाट राजीनामा दिएका थिए। निर्वाचनमा डिपीटीको विजयी पछि उनी अर्थ मन्त्री भएका हुन्। त्यसअघि उनले २००३ देखि २००७ सम्म परराष्ट्र मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका थिए।

परराष्ट्र स्रोतका अनुसार नेपाल र भुटानबीच झण्डै २ दशकदेखि भुटानी शरणार्थीसम्बन्धी विवाद ज्यूँका त्यूँ रहेपनि रहे वाङचुकसँग यो मुद्दा उठाइने छैन। 'फरक उद्देश्यले आउन लागेकाले यो विषयमा प्रवेश गर्ने संभावना न्यून छ' ती अधिकारीले भने, 'प्रधानमन्त्रीसँग भेटवार्ताका क्रममा भने यससम्बन्धी प्रसङ उठ्न सक्छ, तर छलफलको एजेण्डामा छैन।' उनका अनुसार शिखर सम्मेलनका दौरान 'साइडलाइन' वार्ताका क्रममा भने यो मुद्दा नेपालले उठाउने छ।

वाङचुक बिहीबार स्वदेश फर्किनेछन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer