कुलचन्द्र गौतम प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त

smaller text tool iconmedium text tool iconlarger text tool icon
राष्ट्रसंघीय सभाध्यक्षको लागि पहल सुरु-
किरण चापागाईं, काठमाडौं, साउन १५ - प्रधानमन्त्री माधव कुमार नेपालले कुलचन्द्र गौतमलाई उनको परराष्ट्र मामिला र शान्ति प्रकृयाका विशेष सल्लाहकार नियुक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको सभाध्यक्ष पदका लागि सिफारिस गर्न उनलाई यो पदमा ल्याइएको हो।
'प्रधानमन्त्रीलाई पहिलेदेखि नै सल्लाह दिँदै आएका गौतम हालै विशेष सल्लाहकार बनेका हुन्,' प्रधानमन्त्रीको कार्यालय स्रोतले भन्यो। गौतमले राष्ट्रसंघको विभिन्न उच्च पदमा रहेर काम गरिसकेका छन्। स्रोतका अनुसार उनले प्रधानमन्त्री नेपाल चयन भएदेखि नै पराराष्ट्र मामिला र शान्ति प्रकृयाबारे सल्लाह दिँदै आएका छन्। सभाध्यक्षको पदमा सिफारिस गर्दा प्रधानमन्त्री नेपालले गौतम यही भूमिकालाई उदृत गरेका छन्। 

प्रकृयागतरुपमा गौतमलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्नासाथ नेपालले उनको समर्थनका लागि अभियान थाल्ने तयारी गरेका छन्। स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री नेपालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रसंघमा रहेका नेपालका दूत ज्ञानचन्द्र आचार्यलाई गौतमलाई नेपाल झिकाएर प्रस्ताव अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रतिक्रियाहरू (1)Add Comment
0
Shankar Acharya, Germany
July 31, 2010
94.218.79.193
भोट: +1
...

नेपाल मा राम्रो काम सधै ढिला हुन्छ, राम्रो काम को सुरुवात .....

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति