Tuesday 26 Magh, 2072 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

सिरियामा सेनानी पाँच घन्टा बन्धक

  • बिहीबार २ जेष्ठ, २०७०
  • सुरेन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीलाई सिरियाको सरकारविरोधी एक समूहले पाँच घन्टा बन्धक बनाई मुक्त गरेको छ। केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एक/एक जना सैनिक अधिकृतलाई सिरियाको सरकारविरोधी 'फ्रि सिरियन आर्मी' नामक एक समूहले बुधबार एकसाथ बन्धक बनाएको थियो।
nepalipatro-nagarik
सेनानी केसीलाई बुधबार फ्रि सिरियन आर्मी समूहले बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ। मुक्त भएका तीनै देशका सेना अहिले सुरक्षित स्थानमा रहेको सेनाले जनाएको छ। 
'नेपाली सेनाका सेनानी उज्ज्वल केसी लगायत तीन जना राष्ट्रसंघका पर्यवेक्षकलाई सिरियाली विद्रोही समूहले बन्धक बनाई मुक्त गरेको राष्ट्रसंघले जानकारी गराएको छ,' नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माले भने, 'करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको सूचना हामीले पाएका छौं।' 
इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठन (युएनटिएसओ)मा पर्यवेक्षकका रुपमा रहेका सेनानी केसीलगायत तीन जनालाई बुधबार बिहान अपहरण गरी बन्धक बनाइएको थियो। 
प्रवक्ता शर्माका अनुसार इजरेल–सिरिया बोर्डर 'गोलान हाइट' स्थित पोस्टमा सुतिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो। स्थानीय समयअनुसार बिहान २ बजे आफूहरुलाई फ्रि सिरियन आर्मी समूहको सेना बताउँदै केही व्यक्ति पोस्टमा छिरेका थिए। 
सिरिया सरकारविरोधी उक्त समूहले सेनानी केसीसहित तीन जनालाई अपहरण गरी पोस्टबाट करिब एक घन्टा पर लगेका थिए। उनीहरुले त्यहीँ करिब पाँच घन्टा बन्धक बनाएर राखेको शर्माले बताए। स्थानीय समयअनुसार बिहान साढे ६ बजेतिर मात्र उनीहरुलाई मुक्त गरिएको थियो। 
'मुक्त भएका सेनानी केसीसहित तीनै देशका सेना अहिले सुरक्षित स्थानमा पुगी आफ्नो जिम्मेवारी सम्हालिसकेको खबर पाएका छौं,' प्रवक्ता शर्माले भने। 
बन्धक बनाइएका तीनै देशका सेनाको साथमा रहेको ल्यापटप, राहदानी, क्यामरा, मोबाइल, घडीलगायत सम्पूर्ण व्यक्तिगत तथा संगठनका सामग्री फ्रि सिरियन आर्मी समूहले लुटेको थियो। राष्ट्रसंघको पर्यवेक्षक टोलीले हतियार लिएर अनुगमनमा निस्कन पाउँदैन।
इजरेल–सिरिया बोर्डरमा राष्ट्रसंघीय पर्यवेक्षक टोलीलाई अपहरणपछि बन्धक बनाइएको एकै सातामा यो दोस्रो घटना हो। आइतबार मात्र इजरेल–सिरिया बोर्डरमा चार जना राष्ट्रसंघका पर्यवेक्षकलाई बन्धक बनाई लुटिएको थियो। 
सन् १९४८ मा जेरुसेलममा स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युद्ध वराम पर्यवेक्षण संगठन युएनको पहिलो मिसन हो। सुरुमा इजरेल–प्यालेस्टाइन युद्धविरामको अनुगमन गर्ने मात्र जिम्मेवारी संगठनले पाए पनि सन् १९४९ मा थप अरबका चार देश इजिप्ट, जोर्डन, लेबनन र सिरियाको अनुगमन गर्ने जिम्मा राष्ट्रसंघले दिएको थियो। 
जेरुसेलम मुख्यालय भएको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठनमा अहिले अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, इटाली, माल्वी, नेपाल, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, रुस, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्विडेन, स्जिट्जरल्यान्ड र अमेरिका गरी २४ देशका एक सय ५२ सैनिक पर्यवेक्षक छन्। नेपालका जम्मा तीन सैनिक पर्यवेक्षक त्यहाँ खटिएका छन्।

प्रतिक्रिया

प्रधानमन्त्री ओली र स्वराजबीच भेट

प्रधानमन्त्री ओली र स्वराजबीच भेट

काठमाडौं- पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्न नेपाल आएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ।

भारतीय विदेशमन्त्री स्वराजद्वारा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

भारतीय विदेशमन्त्री स्वराजद्वारा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला प्रति दशरथ रंगशाला पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन्। कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न स्वराजसहितको सर्वदलीय टोली नेपाल अाएको...

कोइरालाको निधनले शोकमा मधेस

रौतहट–नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युको मंगलबार विहानै सञ्चार माध्यममा आएपछि सिँगो मधेस शोकमा डुबेको छ।

बेलायती राजकुमार ह्यारीले ५ दिने नेपाल भ्रमण गर्ने

लन्डन-बेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको अन्तिमसाता नेपालको ५ दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। नेपाल - बेलायत दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्षगांठको अवसर पारी बेलायतस्थित नेपाली राजदुतावासमा सोमबार सांझा...

कोइरालाको पार्थिव शरीरमा प्रमले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएका छन्।

कोइरालालाई विदा गर्दा रोकिएनन् आँसु (भिडियो)

कोइरालालाई विदा गर्दा रोकिएनन् आँसु (भिडियो)

काठमाडौं– मंगलबार बिहान नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सधैँ भन्दा फरक तयारी भइरहेको थियो। सधैँ पार्टीका आन्तरिक बैठक तथा बहुपक्षीय बैठकको केन्द्र मानिने वीपी स्मृति भवनमा पार्टी सभापति सुशील कोइरालाको...

कोइरालाको अन्तिम संवादः 'मैले बुझिसकेँ'

काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गरेका थिए।

कोइरालाको निधनबाट राष्ट्रपति दुःखी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भणडारीले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति आफूलाई स्तब्ध र दुःखी बनाएको बताएकी छिन्।