Friday 14 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

रहेनन् क्यामेराम्यान दीपक

(0 votes)
रहेनन् क्यामेराम्यान दीपक
काठमाडौं– नेपाली फिल्मका पुराना क्यामेराम्यान दीपक ढकालको बिहीबार निधन भएको छ । मधुमेहबाट पीडित ढकालको ७० वर्षको उमेरमा मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो।
nepali-patro-may
अचानक बेहोस भएपछि एक हप्ताअघि उनलाई मध्यपुर ठिमी अस्पताल भर्ना गरिएको थियो । 'लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो । बेहोस हालतमा उपचारका लागि भर्ना भएका उहाँ होस नखुलेर बिहीबार बित्नुभयो,' नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने ।

ढकालको अन्त्येष्टि बिहीबार राति नै पशुपति आर्यघाटमा गरियो । भारतको पुनास्थित फिल्म इन्स्टिच्युटमा छायांकन विषय अध्ययन गरेका उनले पछिल्लो समय काठमाडौंको अस्कर फिल्म कलेजमा अध्यापन गर्दै आएका थिए ।

उनले 'चोखो माया', 'सारंगी', 'चाहना', 'पहिलो प्रेम' र 'चट्याङ' लगायत फिल्म खिचेका थिए । ढकालका श्रीमती, दुई छोरी र छोरा छन् । उनका भाइ शिव ढकाल, किशोर ढकाल र मुन्ना ढकाल पनि नेपाली फिल्मका छायाकार हुन् । तीनै जनाले उनीसँगै छायांकन सिकेका हुन् । यसैबीच, ढकालको निधनमा शोक मनाउन शुक्रबार नेपाली फिल्मको छायांकन कार्य नगरिने प्राविधिक संघले जनाएको छ ।

प्रतिक्रिया

देउवा र पाैडेलको नजर भातृ संगठनको महाधिवेशनमा

काठमाडौं–नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख भ्रातृ संगठनको महाधिवेशन आफ्नो पक्षमा पार्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् ।

माग पूरा नगरे अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी

काठमाडौं–संयुक्त दलित अधिकार मञ्चले दलित अधिकारकालागि नेपाल सरकारले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा गरेको लिखित प्रतिबद्धता व्यवहारमा नउतारे अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएको छ।

मर्यादा विपरित काम गरेकाे भन्दै १८ परीक्षार्थी निष्काशित

जुम्ला–जुम्लाको जनता माध्यमिक प्राविधिक विद्यालय महतगाउँमा कक्षा १२ को आशिंक परीक्षा दिँदै गरेका १८ जना पीिरक्षार्थीलाई निष्काशन गरिएको छ। परीक्षाको मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै उनीहरुलाई निष्काशन गरिएको केन्द्राध्यक्ष हरिकृष्ण...

संविधान कार्यान्वयन चुनौतीपूर्ण: नेता पौडेल

तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्।

संसदमा आर्थिक सर्वेक्षण पेश, शुक्रबार २ बजे बस्नेगरी बैठक स्थगित

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७२/७३ को आर्थिक आर्थिक सर्वेक्षण व्यवस्थापिका संसदमा पेश गरेको छ। बिहीबार बिहान ११ बजेदेखि बसेको संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले उक्त आर्थिक सर्वेक्षण टेबुल गरेको सांसद...

'सांसदलाई पैसा नदेऊ'

काठमाडौं- संसदीय क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई दिइँदै आएको अर्बौं बजेट दुरुपयोग भएको आरोप लगाउँदै पूर्व अर्थमन्त्रीहरुले आउँदो बजेटमा यस्तो रकम विनियोजन नगर्न सुझाव दिएका छन्। पूर्वअर्थमन्त्री तथा तत्कालीन एमाओवादी...

राजधानीमा तीन सवारीसाधनमाथि तोडफोड, ७७ जना नियन्त्रणमा

काठमाडौं- बन्द गराउँदै हिँडेका ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान बन्दकर्ताहरुले टेकु र महाराजगन्जमा सवारीसाधनमाथि तोडफोडसमेत गरेका छन्। प्रहरीका अनुसार बा१झ ४८१३ नम्बरको सुमो, बा२झ २००० नम्बरको ट्याक्सी टेकुमा...

मोर्चाले प्रधानमन्त्रीलाई जवाफ लेख्ने

काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्थक वार्ताको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफी पत्र पठाउने भएको छ। बुधबार साँझ मोर्चामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना...