Sunday 24 Magh, 2072 |
Menu

राजनीति

istl

सीमांकनको आधार तोक्नुपर्ने मोर्चाको अडान

(0 votes)
काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाले सीमांकनको विषय राजनीतिक संयन्त्रबाट टुंग्याउन तयार भए पनि त्यसका आधार भने पहिले नै तोक्नुपर्ने अडान राखेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार भएको प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदल बैठकमा नेपाली कांग्रेसका प्रतिनिधि महेश आचार्यले प्रदेश सीमांकन परिमार्जनसहित मोर्चाले राखेको ११ बुँदे मागका विषयमा नयाँ ढंगले छलफल सुरु गर्न प्रस्ताव गरेका थिए।


nepalipatro-nagarik
बैठकमा उनले राज्य पुनर्संरचनासम्बन्धी उच्चस्तरीय आयोग र पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समितिले निर्धारण गरेको सामर्थ्य र पहिचानका आधारमा जान सकिने आधार प्रस्तुत गरेका थिए।

मोर्चाले भने उक्त प्रस्तावमा सहमति जनाए पनि मधेस प्रदेशमै रहनुपर्ने भनी आफूहरूले दाबी गर्दै आएका जिल्लासहित सीमांकनको आधार पहिले नै निर्धारण गर्नुपर्ने अडान राखेको थियो।

'संविधान निर्माण गर्ने दलबाट बिहीबारको बैठकमा सकारात्मक प्रस्ताव आएको छ,' कार्यदल सदस्य संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, 'राजनीतिक संयन्त्रले सीमांकनको प्राविधिक विषय मात्रै मिलाउने हो तर सीमांकनको विषय प्रविधि मात्रै नभएर राजनीतिक पनि हो। त्यसैले आधारको बारेमा पहिले नै राजनीतिक तहमा सहमति बन्नुपर्छ।' बैठकमा मोर्चाले राजनीतिक संयन्त्रको कार्यविधि, कार्यादेश र वैधानिकताबारे सहमति हुनुपर्ने बताएको थियो।

मोर्चाले पहिलो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति र राज्य पुनर्संरचना उच्चस्तरीय आयोगले तयार पारेको सुझावका आधारमा र मधेसी दलसँग भएको सहमतिअनुसार मेचीदेखि महाकालीसम्म दुई स्वायत्त मधेस प्रदेश हुनुपर्ने माग राख्दै आएको छ।

समिति र आयोगले प्रदेश निर्माणको आधार सामर्थ्यको ४ र पहिचानको ५ हुने जनाएका थिए। मोर्चाले मधेस प्रदेशमा हुुनुपर्ने दाबी गर्दै आएका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर तथा प्रदेश नम्बर ५ का पहाडी जिल्लाबारे राजनीतिक तहमा सहमति बनाउनुपर्ने धारणा राखेको छ।

कांग्रेस केन्द्रीय सदस्य आचार्यले आफूले राखेको प्रस्ताव छलफलकै चरणका रहेकाले त्यस विषयमा अहिल्यै बोल्दा वातावरण बिग्रनसक्ने बताए। 'अहिलेको सबै विषयमा चर्चा गर्दा बन्न लागेको वातावरण बिग्रन सक्छ,' उनले भने, 'राजनीतिक समितिबाट विवाद टुंग्याउन विवादित क्षेत्र उल्लेख गरेर जान सकिन्छ।'

आन्दोलनरत मोर्चाले भने संविधान निर्माता दलबाट आएको प्रस्ताव सकारात्मक भएको बताएको छ।

नेकपा एमाले प्रतिनिधि भीम रावल र एकीकृत नेकपा माओवादीका शक्ति बस्नेतले भने संसदमा दर्ता संविधान संशोधनको विषयमा पहिला सहमति गर्नुपर्ने अडान राखेका थिए।

उनीहरुले संसदमा दर्ता भएको विधेयकमाथि संशोधन दर्ता गर्न समय भएकाले त्यसमाथि पहिले सहमति चाहेको बताएका थिए।

सुशील कोइराला नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावमाथि कांग्रेससहित विभिन्न दलका ९५ सांसदले दुई दर्जनभन्दा बढी संविधान संशोधन प्रस्ताव दर्ता गरेका थिए।

समानुपातिक समावेशी सहभागिता र भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संशोधनले आफूहरुले उठाउँदै आएको मागको सम्बोधन हुन नसक्ने बताइसकेको छ।

पुस पहिलो साता मधेसी मोर्चा र कांग्रेस संविधानको विभिन्न विषयमा सहमतिनजिक पुगेका थिए। त्यस समयमा ५ नम्बर प्रदेशका पहाडी जिल्ला गुल्मी, पाल्पा र अर्घाखाँचीलाई प्रदेश नम्बर ४ मा राख्ने र झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको विषयमा राजनीतिक संयन्त्रमा छलफल गरेर जान प्रमुख प्रतिपक्षी र आन्दोलनरत मधेसी मोर्चाबीच अनौपचारिक सहमति भएको थियो। नागरिकता, निर्वाचन क्षेत्र निर्धारणसहितका विषयमा पनि कांग्रेस र मोर्चाबीच सहमति बनेको बताइएको थियो।

प्रतिक्रिया

कांग्रेस नेतृत्व चयन : गुटकै आधारमा निर्वाचन, १९१ क्षेत्रका प्रतिनिधि टुंगो

काठमाडौं– नेपाली कांग्रेसले शनिबारसम्ममा एक सय ९१ निर्वाचन क्षेत्रबाट झन्डै २३ सय महाधिवेशन प्रतिनिधिको छनोट गरेको छ । १३औं महाधिवेशनअन्तर्गत शुक्रबारबाट सुरु भएको दोस्रो चरणको प्रक्रियाअन्र्तगत शनिबार साँझसम्ममा एक सय...

ओलीको भारत भ्रमण कोशेढुङ्गा बनाउन निर्देशन

ओलीको भारत भ्रमण कोशेढुङ्गा बनाउन निर्देशन

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणलाई कोषेढुंगा बनाउने गरी आवश्यक तयारी गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीले शनिबार बिहान उपप्रधान तथा परराष्ट्रमन्त्री कमल...

नाका बन्द गर्न खोज्ने टिकेनन्

वीरगन्ज— संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि पनि वीरगन्ज नाका अवरुद्ध गर्ने जनाएपछि शनिबार वीरगन्ज रक्सौल सीमामा भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । करिब २ बजे पुगेका मोर्चा कार्यकर्ताले नाकालाई...

स्वास्थ्य समस्या आएपछि उपराष्ट्रपति पुन सैनिक अस्पतालमा भर्ना

काठमाडौ- सिन्धुलीको एक कार्यक्रममा सहभागि हुन पुगेका उपराष्ट्रपति नन्द बहादुर पुनको स्वास्थमा अचानक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

पोखराबाट संस्थापन पक्ष धेरै, स्याङ्जाबाट देउबा

पोखरा-नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीमा शुक्रबार भएको क्षेत्रीय चुनावबाट सभापति सुशील कोइराला समर्थक कार्यकर्ता महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। ४ निर्वाचन क्षेत्र भएको कास्कीबाट २९ जना कोइराला र अरु वरिष्ठ...

नाका अवराेध गर्न गएका मोर्चा कार्यकर्ता फर्के

नाका अवराेध गर्न गएका मोर्चा कार्यकर्ता फर्के

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरि पनि वीरगन्ज नाका अवरुद्ध गर्ने जनाएपछि वीरगन्ज रक्सोल सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालिन गरिएको छ। करिब २ बजे नाकामा धर्ना दिन पुगेका मोर्चाका कार्यकर्ताले नाका...

सुनसरीमा संस्थापन पक्षकै पकड

इटहरी–नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिमा सुनसरीबाट संस्थापन पक्षकै पकड बलियो देखिएको छ। महाधिवेसन प्रतिनिधिमा जिल्लाको क्षेत्र नं. १, ३, ५ र ६ बाट पुरै संस्थापन पक्षका बिजयी भएका छन् ।

कांग्रेस नेतृत्व चयन: इलाममा संस्थापन पक्षको वर्चश्व

इलाम— नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा जिल्लाबाट संस्थापन पक्षको पकड बलियो देखिएको छ। जिल्लाका ३ निर्वाचन क्षेत्रमध्ये १ र २ बाट छानिएका सबै प्रतिनिधि संस्थापन पक्षकै छन् । जिल्लाबाट जाने ३६...