Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

शाहको हत्यापछि सदनमा उठ्यो गृहमन्त्रीको राजीनामाको माग

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २५ (नागरिक)- राजधानीको महत्त्वपूर्ण स्थानमा दिनदहाडै जमिम शाहको हत्या हुनु भनेको सुरक्षा व्यवस्था असफल हुनु हो भन्दै व्यवस्थापिका संसदमा गृहमन्त्रीको राजीनामा मागिएको छ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित गृहमन्त्री भीमबहादुर रावल चीन भ्रमणमा रहेको बेला भएको हत्यामा सभासदहरुले सरकारको आलोचना समेत गरे।

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका चन्द्रप्रसाद गजुरेलले प्रश्न गरे, 'संसारमै नहुने घटना सुरक्षा अंगका प्रमुखहरूसहित गृहमन्त्री चीन भ्रमणमा छन्, यही बेला सञ्चार उद्यमीको हत्या भयो, यो संयोगमात्र हो कि के हो?' पाँच वटा दूतावास रहेको क्षेत्रमा अपराध भएको यत्तिका समयसम्म पनि अपराधीका बारे सुइँको समेत नपाउनुलाई सरकारको असक्षमता र नालयकीपन भन्दै आलोचना गरे। उनले नैतिकताको आधारमा राजीनामा दिन पनि माग गरे।

भारतीय सञ्चारमाध्यम पीटीआई र टाइम्स अफ इण्डियामा प्रकाशित समाचार उधृत् गर्दै भने, 'आईएसआईसँग शाहको संलग्नताबारे भारत सरकारले सन् २००४ मा नै पत्र पठाएको भन्ने समाचार आएको छ, त्यसबेला नै पत्र आएको हो भने सरकारले किन कारवाही गरेन?' उनले हत्या सुनियोजित भएको बताउँदै भने, 'आईएसआई र अण्डरवर्ल्डको बदला लिने रणभूमि नेपाल हुनु हुँदैन।'

नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले पेशेवर अपराधीले शाहको हत्या गरेको बताउँदै भने, 'सदनमा जानकारी दिएरमात्र पुग्दैन, कति दिनभित्र अपराधी पक्राउ गर्नसक्छ, त्यो पनि बताउनुपर्‍यो।' राष्ट्रपति भवन र पाँच वटा दूताबास रहेको क्षेत्रमा गोली प्रहार गरी हत्यारा हिंडेपछि मात्र प्रहरीले खानतलासी थालेकोमा आलोचना गरे। उनले भने, 'तीन वटै सुरक्षा निकायका प्रमुखहरू चीन भ्रमणमा लैजानु आपत्तिजनक छ।'

एमालेका रविन्द्र अधिकारीले सुरक्षा निकाय परिचालन गरिएको महत्वपूर्ण स्थानमा शाहको हत्या भएको उल्लेख गर्दै भने, 'यो घटनालाई मिर्जा दिलसाद बेगको हत्यासँग जोडेर हेरिएका छन्। मुख्य कुरा नेपालमा नेपाली सुरक्षित हुनसक्छन् कि सक्दैनन्?' उनले प्रहरी नै आतंकित भएकाले व्यस्त सडकमा अपराधीले ५ मिनेट मोटरसाइकल स्टार्ट गर्न नसक्दा पनि पक्रन नसकेको बताए।

राप्रपा नेपालका चन्द्रबहादुर गुरूङ, तमलोपाका ब्रिजेशकुमार गुप्ता, सद्भावना पार्टीका अनिल झा, राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपाली, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर, पनि सरकारको राजीनामा माग गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली