Nepal Republic Media Pvt. Ltd.

epaper
Thursday
Mar 11th

सं‍सदको अधिवेशन सकियो

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २५ (नागरिक)- व्यवस्थापिका संसद्को बजेट अधिवेशन समाप्त भएको छ। सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को छैठौं अधिवेशन सोमबार राति अन्त्य भएको जानकारी दिएका हुन्।

गत असार २४ गतेदेखि सरकारको नीति-कार्यक्रम र बजेट पारित गर्न बजेट अधिवेशन २१६ दिनपछि सोमबार राती ९ बजेदेखि अन्त्य भएको हो। सभामुख नेम्वाङले बैठकमा दिएको जानकारी अनुसार, २१६ दिन चालू रहेको अधिवेशन अवधिमा १०१ दिनमा १०३ पटक बैठक बसी जम्मा १२० घण्टा ५० मिनेट खास कार्यमा बिताएको थियो।

संसद्को यसै अधिवेशनमा असार २५ गते राष्ट्रपति रामवरण यादवले सरकारको नीति-कार्यक्रम प्रस्तुत गरेका थिए, जसलाई तीन दिन पछि पारित गरिएको थियो। असार २९ गते अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रस्तुत गरेको बजेट मंसीर १० गतेमात्र पारित भएको थियो। असार २३ गतेदेखि माओवादीले 'नागरिक सर्वोच्चता' को नारा अघि सार्दै मंसीर ९ सम्म लगातार सदन अवरुद्ध गरेका थिए।

अधिवेशन अवधिभरमा १९ वटा सरकारी र तीन वटा गैर सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयक पारित गरेको छ। यसअघि नै दर्ता भएका तीन वटा विधेयक पनि पारित गरेको छ।

आगामी जेठमा नै बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले विधेयक अधिवेशन चाँडै नै बोलाउनुपर्ने अवस्था छ। तर, सरकारले त्यो कहिले बोलाउने भन्ने तय भैसकेको छैन।

लामो समयसम्म अवरुद्ध भएपछि केही समय चलेर समापन भएको अधिवेशनको मूल्यांकन गर्दै सभामुख नेम्वाङले नागरिकसँग भने, 'सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ भन्ने स्थापित भएको छ। व्यवस्थापिका संसद्बाट मुलुक र जनताका सबै कुरा हल गर्न सकिन्छ भन्ने पनि यो अधिवेशनले स्थापित गरेको छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली