राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसद्को महासचिवमा मनोहरप्रसाद भट्टराईलाई नियुक्त गरेका छन्। दुई वर्षदेखि रिक्त महासचिव पदमा संसद् सचिवालयकै सचिव भट्टराई नियुक्त भएका हुन्।
संसद्को मुख्य प्रशासनिक पदाधिकारी सरकारको मुख्य सचिवसरह मानिन्छ। उनी 'कन्फर्म' महासचिव भएपछि संसद् सचिवालयमा सचिव पद पनि रिक्त भएको छ। रिक्त पदमा संसद्कै वरिष्ठ सहसचिव तोयानाथ भट्टराईलाई बढुवा गर्ने तयारी भैरहको सचिवालय स्रोतले जनाएको छ।
महासचिवले संसद्का सबै समिति, उपसमितिको बैठकमा प्रवेश गर्न र बैठकमा कार्यरत सचिव वा अधिकृतलाई निर्देशन दिन वा नियन्त्रण गनए वा बैठकले मागेको कार्यविधि सम्बन्धी सल्लाह दिने विशेष अधिकार व्यवस्थापिका संसद्को कार्यसञ्चालन नियमावलिले दिएको छ।
०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भट्टराई ०६३ पुस १७ गते संसद् सचिवालयको सचिव भएका थिए। राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक उनले जापानको 'इण्टरनेशनल युनिभर्सिटी अफ जापान उरासा, निगाताबाट 'अन्तर्राष्ट्रिय सम्बन्धमा' स्नातकोत्तर डिग्री हासिल गरेका थिए। नेदरल्याण्ड्सको 'इन्सटिच्युट अफ सोसल स्टडिज' बाट पोष्टग्र्याजुएट डिप्लोमा गरेका छन्।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





