Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

सभामुख र तीन मन्त्री हेलिकप्टर चढेर बिहे भोजमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
खिलानाथ ढकाल, माघ २५- सरकारी रकम खर्चेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित तीन मन्त्री हेलिकप्टर भाडामा लिएर आइतबार इलामको बाँझोस्थित एक बिहे भोजमा सरिक भएका छन्। बाँझो-९ लारुम्बाका लक्ष्मीनन्द लिङ्देनको बिहे भोजका लागि उनीहरु माउन्टेन एयरको हेलिकप्टर भाडामा लिएर आएका हुन्।

नेम्वाङसहित संस्कृति मन्त्री मिनेन्द्र रिजाल, पर्यटनमन्त्री शरतसिंह भण्डारी र शान्तिमन्त्री रकम चेम्जोङ सवार विमान बिहान ११२० बजे लारुम्बामा अवतरण भएको थियो।
बिहे भोजमा दुई घन्टा बसेर मन्त्रीहरु फर्केका थिए। लारुम्बाबाट ११० बजे ल्यान्ड भएको विमानले मन्त्रीहरुलाई इलामको माईपोखरीको हवाई निरीक्षण गराएको थियो।


हेलिकप्टर भाडामा लिएर इलाम पुगेर आउन झन्डै साढे तीन लाख रुपैयाँ खर्च हुन्छ। भोजमा सामेल संस्कृति मन्त्री रिजालले आफूहरु सरकारी खर्चमा नगएको बताए। 'यो यात्रामा एक रुपैयाँ पनि सरकारी खर्च भएको छैन,' उनले नागरिकसँग भने।


माउन्टेन एयर स्रोतका अनुसार उक्त हेलिकप्टर आइतबार बिहान नागरिक उडड्यन प्राधिकरणले भाडामा लिएको हो। 'प्राधिकरणले पैसाको ग्यारेन्टी बसेर हेलिकप्टर
लगेको हो,' स्रोतले भन्यो।

आयोजकले पनि यात्रा खर्चको प्रबन्ध मन्त्रीहरुले नै गरेको जानकारी दिए। 'खर्च आयोजकको थिएन, उहाँहरुले नै व्यवस्था मिलाउनुभएको होला,' आयोजक समितिका सदस्य नन्दकुमार नेम्वाङले भने।


'मन्त्रीज्यूहरु माईपोखरीको हवाई निरीक्षण गरेर फर्किनुभएको थियो,' लारुम्बामा सुरक्षाको प्रबन्ध मिलाएका मेची अञ्चल प्रहरी प्रमुख (एसएसपी) रवि श्रेष्ठले नागरिकसित भने। उनका अनुसार बिहे भोजका लागि आएका मन्त्रीहरुको सुरक्षाका लागि ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी खटाइएको थियो।


किरात गुरु लिङदेन आत्मानन्द सेइङका जेठा छोरा लक्ष्मीनन्दको शनिबार मोरङको उर्लाबारीकी सेन्दाङ रेनुका (सोनम)सँग बिहे भएको थियो।

प्रीतिभोजका लागि आइतबार सभाध्यक्ष नेम्वाङसहित मन्त्री, सरकारी निकायका प्रमुखलगायत इलामका पत्रकारलाई पनि डाकिएको थियो। आयोजक समितिका
अनुसार १५ दिन अगावै निमन्त्रणा पठाइए पनि मन्त्रीहरु आउने मिति
भने शुक्रबार मात्र तय भएको हो।

सुरक्षा स्रोतका अनुसार सभाध्यक्ष र मन्त्रीहरु आउने निश्चित भएपछि शनिबार अबेर सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिइएको थियो। बिहे भोजसँगै सभाध्यक्ष नेम्वाङले किरात वेदशालाकोउद्घाटन गरेका थिए। लारुम्बाको विकासमा सरकारी स्तरबाट सहयोगको अपेक्षा राखेर आयोजकले सभाध्यक्षसहित मन्त्रीहरुलाई डाकेको बताइएको छ। मन्त्रीहरुको भोज भने सामान्य किसिमको थियो।

लारुम्बामा पेय पदार्थ र माछामासु प्रतिबन्ध छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली